×

NMB BANK
NIC ASIA

छोरी उत्तर लेख्‍ने, बाबु मिलाइदिने !

असार २९, २०७७

NTC
तस्वीर सौजन्य : कान्तिपुर दैनिक
Premier Steels

कर्णाली शाही (परिवर्तिन नाम) नेपाल वायुसेवा निगमको सहायक चौथो तहको परीक्षा दिन २०७६ जेठ ११ मा परीक्षा केन्द्र पुगिन् । वस्तुगत परीक्षाको उत्तरपुस्तिकामा सबै प्रश्नको उत्तर अंग्रेजी ‘सी’ लेखिन् र बाहिर निस्किइन् । उनलाई सबै प्रश्नको उत्तर ‘सी’ लेख्न उनकै बुबा मिमबहादुर शाहीले सल्लाह दिएका थिए । पछि ती सबै उत्तर मिलेको भेटियो ।

Muktinath Bank

शाखा अधिकृत मिमबहादुर शाही लोक सेवा आयोगको सुरक्षा निकाय तथा संगठित महाशाखाअन्तर्गत लिखित नतिजा तयारी शाखामा कार्यरत थिए । उनी त्यहाँ कार्यरत रहेकै अवस्थामा छोरी कर्णालीले नेपाल वायुसेवा निगमको सहायक चौथो (खरिदारसरह) को परीक्षा दिएकी थिइन् । उनले वस्तुगत प्रश्नका सबै ५० वटा प्रश्न मिलाएकी थिइन् । अन्तर्वार्ताका लागि छनोट सूचीको पहिलो नम्बरमा उनको नाम थियो । त्यही सूची बोकेर मिमबहादुर सूचना प्रकाशन गर्ने निर्णयको प्रस्ताव बोकेर सचिव आनन्दराज ढकालको कार्यकक्षमा पुगे ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नतिजा सार्वजनिक गर्नुअघि आयोगले धेरैपटक रुजु गर्छ । त्यसपछि मात्रै अन्तिम स्वीकृतिका लागि फाइल सचिवसमक्ष पुग्छ । त्यस क्रममा सचिव ढकालले कहिलेकाहीँ नतिजाको प्राप्तांक र शंका लागेका अन्य विवरणमाथि सोधखोज गर्थे । नेपाल वायुसेवा निगमको परीक्षामा सबै उत्तर मिलाएकी कर्णाली (सूचनामा उनको नाम नभई रोल नम्बर थियो) को प्राप्तांक देखेर ढकालले अचम्म माने । उनले कर्मचारीलाई त्यसबारे केरकार गरे । तर अधिकृत मिमबहादुरले कुनै गडबड नभएको दाबी गर्दै जसरी पनि त्यही दिन लिखित परीक्षाको नतिजा सार्वजनिक हुनुपर्ने अडान राखे । उनको अस्वाभाविक गतिविधिपछि त्यो दिन कुनै निर्णय भएन, बरु प्राप्तांक रुजु गर्ने र उत्तरपुस्तिकासमेत फेरि हेर्ने निर्देशन भयो ।


Advertisment
Nabil box
Kumari


त्यही क्रममा छानबिन हुँदा कर्णालीले वस्तुगत प्रश्नको सबै उत्तरमा अंग्रेजी ‘सी’ लेखिएको र पछि त्यसमा थपेर ए, बी र डी बनाइएको देखियो । ‘परीक्षार्थीले कुनै उत्तर नलेखेर खाली छाडे परीक्षा केन्द्रमा खटिने आयोगका कर्मचारीले खाली ठाउँमा रातो मसी लगाएर कोरिदिन्छन्,’ आयोग स्रोतले भन्यो, ‘त्यही भएर सबैमा ‘सी’ उत्तर लेख्न लगाएर पछि आफूअनुकूल हुने गरी ए, बी, डी बनाइदिएको फेला पर्‍यो ।’

Vianet communication

परीक्षा केन्द्रबाट उत्तरपुस्तिका संकलन भइसकेपछि कोडिङ गर्ने क्रममा मिमबहादुर स्वयं वा उनीसँग मिलेमतो गर्ने अरू कोही कर्मचारीले अक्षर थपिदिएको पाइएको हो । आयोगमा कार्यरत कर्मचारी आफंै वा आफ्नो नजिकका नातेदारले परीक्षा दिनुपरे आयोगमा निवेदन दिई सूचित गर्नुपर्ने व्यवस्था छ । अधिकृत मिमबहादुरले पनि त्यसैगरी निवेदन दिएको स्रोतले बतायो । स्रोतले भन्यो, ‘त्यति हुँदाहुँदै पनि उनी कसरी प्रत्यक्ष सामेल भए अनि उत्तरपुस्तिका फेरबदल गरे, आश्चर्यजनक छ ।’


सामान्य छानबिनमा गडबडी पाइएपछि आयोगले कानुन महाशाखाका प्रमुख एवं सहसचिव धर्मराज कुइँकेलको नेतृत्वमा कार्यदल बनायो । कार्यदलले उत्तरपुस्तिकामा वस्तुगत बहुउत्तरका रूपमा लेखिएको ए, बी, सी, डीमा कैफियत भए/नभएको परीक्षण गर्न राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा पठायो । आयोग स्रोतका अनुसार, प्रयोगशालाले समेत उत्तर लेख्ने क्रममा पछि केही थप गरिएको भनेर प्रतिवेदन दियो । स्रोतले भन्यो, ‘पहिले सी लेखेर पछि त्यही कलमले जे लेख्नुपर्ने हो, त्यही अक्षर लेखेको भेटियो । त्यसपछि कारबाही प्रक्रिया अघि बढेको हो ।’

यो घटनापछि आयोगले वस्तुगत उत्तर दिँदा ‘स्मल’ नभई ‘क्यापिटल’ ए, बी, सी, डीमा लेख्नुपर्ने भनी नियम बनाएको छ । क्यापिटलमा लेख्दा फेरबदल गर्न त्यत्ति सहज हुँदैन ।

आयोगले ती परीक्षार्थीको सबै प्रक्रिया रद्द गरेको छ । आयोगले गत माघ १ गते नै सूचना निकालेर कर्णाली (रोल नं. ३२९८) को उत्तरपुस्तिका रद्द गरिएको जनाएको थियो । सूचनामा भनिएको छ, ‘उम्मेदवारले उत्तरपुस्तिकामा आफूलाई चिनाउने संकेतहरूको प्रयोग गरी परीक्षाको मर्यादाविपरीत कार्य गरेकाले आयोगको निर्णयअनुसार उत्तरपुस्तिका रद्द गरिएको छ ।’ आयोगले उक्त उत्तरपुस्तिका परीक्षण गर्ने विज्ञलाई पनि कालोसूचीमा राखेको स्रोतले बतायो । आयोगकी प्रवक्ता गीताकुमारी हुमागाईंले यसबारेमा केही थाहा नभएको प्रतिक्रिया दिइन् । उनले भनिन्, ‘आज म बिदामा थिएँ, तपाईंलाई सूचना दिन मिल्ने गरी मलाई केही नै थाहा भएन ।’

छानबिनपछि आयोगले अधिकृत मिमबहादुरलाई ५ वर्ष ग्रेड र बढुवा पनि रोक्का गर्ने तयारी गरेको छ । घटनाकै कारण आयोगले फेरि लिखित परीक्षा लिएकाले गत मंसिरमा प्रकाशित हुनुपर्ने नतिजा माघमा मात्रै निकालेको थियो । त्यसपछिका ६ महिनासम्म पनि आयोगले किन विवरण गोप्य राख्यो ? आयोगका सहायक प्रवक्ता एवं सूचना अधिकारी देवीप्रसाद सुवेदीले बेलैमा घटनाबारे थाहा भएर अरू प्रतिस्पर्धीलाई असर नपरेकाले घटना सार्वजनिक नभएको बताए । ‘तहतहको छानबिन सकिएर निचोड निकालेर त्यसका आधारमा थप केही निर्णय हुन्छ होला,’ सुवेदीले कान्तिपुरसित भने, ‘निर्णय भएपछि आयोगले सार्वजनिक गर्छ । छानबिन नै नटुंगिँदै यसो भयो, उसो भयो भन्ने कुरा पनि त भएन ।’ उनले नतिजा आउनुअघि नै आन्तरिक निगरानीले गलत काम नियन्त्रण भइसकेकाले थप क्षति नभएको बताए ।

आयोगले ती शाखा अधिकृतलाई आयोग परिसरभित्रैको तर छुट्टै अस्तित्वमा रहेको दरखास्त संकलन कार्यालयमा सरुवा गरेको छ । आइतबार कार्यालयमा भेटिएका अधिकृत मिमबहादुरलाई छोरीको उत्तरपुस्तिका र उनीमाथिको कारबाहीका विषयमा जिज्ञासा राख्दा सुरुमा अकमकिए । ‘त्यस्तो हुँदै होइन, केही गडबड भएको छैन,’ उनले भने, ‘छानबिन हुनुपर्छ भनेपछि म नै सरुवा मागेर यता आएको हुँ । छानबिन चल्दै छ । तर मैले केही पनि गरेको छैन ।’

छोरीको प्राप्तांकमा जिज्ञासा राख्दा शाहीले ५० मा ५० नल्याएको दाबी गरे । उत्तरपुस्तिका फेरबदलमा पनि आफ्नो भूमिका नभएको बताए । ‘लोक सेवाको कर्मचारी आफ्नो मान्छेको जाँचमा कहाँ बस्छ र, बस्दैन नि,’ उनले भने । त्यसो भए किन छानबिन भइरहेको त भन्ने जिज्ञासामा उनले भने, ‘अब छानबिन नै गर्ने भनेपछि हुन्छ भनेर म यता आएको हो । त्यस्तो केही गडबड होइन, कसले तपार्इंलाई गलत सूचना दियो ।’

आयोग स्रोतका अनुसार, घटनापछि यस्ता क्रियाकलापमा संलग्न भएको आशंकामा अन्य केही व्यक्तिमाथिसमेत निगरानी भइरहेको छ । २०७२ सालमा नयाँ संविधान जारी भएपछि सबै सार्वजनिक निकायमा जनशक्ति छनोटको काम लोक सेवा आयोगको जिम्मेवारीमा पर्छ । त्यसैका लागि आयोगले सुरक्षा निकाय तथा संगठित संस्था महाशाखामार्फत परीक्षा सञ्चालन गर्दै आएको छ । कृष्ण ज्ञवाली र सुदीप कैनीले कान्तिपुर दैनिकमा खबर लेखेका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

मंसिर ४, २०८०

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग  एकता  गर्न  नेपाल  समाजवादी  पार्टीका  अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...

माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x