मंसिर १४, २०८०
नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...
सडक निर्माणमा संलग्न ग्रेडरको ठक्करबाट एक किशोरीको मृत्यु भएपछि उत्पन्न तनाव नियन्त्रणमा लिन स्थानीय प्रशासनले अहिले साँझ ७ः०० बजेदेखि अर्को आदेश नभएसम्मका लागि धनगढीमा निषेधाज्ञा जारी गरेको छ ।
जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले पूर्वमा धनगढी उपमहानगरपालिका–१ को फूलबारी बस बिसौनी, पश्चिममा वडा नं ४ को रातोपुल, दक्षिणमा वडा नं १ र २ को हुलाकी राजमार्ग र उत्तरको वडा नं ५ को सामुदायिक प्रहरी सेवा केन्द्रभित्रको क्षेत्रमा निषेधाज्ञा जारी गरिएको बताए ।
पञ्चोदय मावि धनगढीमा कक्षा ८ मा अध्ययनरत चेतना साउदको ग्रेडरको ठक्करबाट बिहान मृत्यु भएको थियो । घटनापछि उत्पन्न परिस्थितिलाई मध्यनजर गरी हुनसक्ने अराजक गतिविधिलाई नियन्त्रण गर्न र सर्वसाधारणको जनधनको सुरक्षा र सरकारी सम्पत्तिको संरक्षण गरी शान्ति सुव्यवस्था कायम गर्न स्थानीय प्रशासन ऐनबमोजिम आवतजावत गर्न, भेला, प्रदर्शन गर्न, घुमफिर गर्न सवारीसाधन चलाउन निषेध गरिएको जिल्ला प्रशासनद्वारा साँझ जारी सूचनामा उल्लेख गरिएको छ ।
निषेधाज्ञाको आदेश उल्लङ्घन गर्नेलाई कानूनबमोजिम कारबाही हुने व्यहोरा पनि सूचनामा उल्लेख गरिएको छ । साइकलमा पञ्चोदय माध्यमिक विद्यालयतर्फ गइरहेकी १५ वर्षीया चेतना साउदको कालिका कन्स्ट्रक्शनको ना१ख ८७५ नंको ग्रेडरले ठक्कर दिएको थियो । रासस
घटनापछि आक्रोशित विद्यार्थीले दिनभरि धनगढी बजारको मुख्य सडकमा टायर बालेर प्रदर्शन गरेका थिए । प्रदर्शनसँगै बजार क्षेत्रको आवामगन प्रभावित भएको थियो । प्रहरीले ग्रेडरसहित चालकलाई नियन्त्रणमा लिएको छ । मृतकको शव साँझ सेती प्रादेशिक अस्पतालमा पु¥याइएको छ ।
–––
नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...
बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...
काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...
पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...
काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...
नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...
निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...
जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...