पुस २५, २०८०
आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...
काठमाडाैं | बैशाख १४, २०८१
काठमाडौंमा बसेर अवैध सुन कारोबार गर्ने गिरोहलाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले उनीहरूको साथबाट १ करोड ४३ लाख नगद र डेढ किलोभन्दा बढी सुन बरामद गरेको छ ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले अवैध सुन कारोबार गरिरहेका ७ जनाको गिरोहलाई पक्राउ गरेर शुक्रबार सार्वजनिक गरेको हो । गोप्य सूचनाका आधारमा दुईवटा अप्रेशन चलाएको प्रहरीले काठमाडौं महानगरपालिका– २४ दुछेंननी टोलमा अफिस नै खडा गरेर अवैध सुन कारोबार हुँदै आएको फेला पारेको थियो ।
इन्द्रचोकनजिकै रहेको दुछेंननी टोलमा उनीहरूले गोप्य कोठामा सुन बेच्दै गरेको भेटिएको थियो । यस गिरोहका नाइके हुन्, दार्चुला टाटेका गणेश दत्त बडु । बडु तिनै व्यक्ति हुन्, जो ७ वर्षअघि ८८ किलो सुन प्रकरणमा पनि पक्राउ परेका थिए ।
उनीसहित अन्य व्यापारीले सो अवैध सुनमा लगानी गरेको खुलेको थियो । बडु काठमाडौंको रञ्जना ट्रेड सेन्टरस्थित कार्यविनायक सुनचाँदी पसलका साहु थिए । रसुवागढी नाकाबाट तस्करी भएर आउने सुनमा उनीहरूले लगानी गरेर बिक्री समेत गर्ने गरेको अभियोगमा काठमाडौं जिल्ला अदालतमा मुद्दा चलेको थियो ।
तत्कालीन अवस्थामा ४३ करोड मूल्य बराबरको ८८ किलो सुन अवैधरूपमा काठमाडौं ल्याएको मुद्दामा सफाइ पाएर बडु फुत्किन सफल भएका थिए । काठमाडौं जिल्ला अदालतका न्यायाधीश कमलप्रसाद पोखरेलको इजलासले उक्त प्रकरणमा फरार रहेका चिनियाँ दम्पती र एक भरियालाई मात्र दोषी ठहर गर्दै अन्य १० जनालाई सफाइ दिएको थियो ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एक अधिकृतका अनुसार बडुले आफू सो समयमा ३ लाख धरौटीमा छुटेको बयान दिएका छन् ।
बडु त्यस्ता बाबु हुन्, जसले पढ्ने उमेरमा आफ्नो २१ वर्षीय छोरालाई समेत अवैध धन्दामा संलग्न गराएका छन् । उनका छोरा आयुष बडु पनि सक्रिय रूपमा अवैध सुनको कारोबारमा संलग्न भएको प्रहरीले जनाएको छ ।
यस गिरोहमा हालसम्म ३ भारतीय र ४ नेपाली नागरिकको संलग्नता खुलेको छ । पहिलो अपरेसनमा प्रहरी टोलीले नाइके ४७ वर्षीय गणेशदत्त बडुसहित झापा बिर्तामोडका दिनेश खरेल, सुन खरिद गर्न भारतबाट नेपाल छिरेका ३७ वर्षीय अमोल विभुते, १८ वर्षीय ऋषिकेश प्रकाश विभुते र गणेश सतिश बाल्टेलाई पक्राउ गरेको थियो ।
उनीहरूको साथबाट करिब एक केजी सुन र एक करोड २६ लाख नगद बरामद भएको छ । दोस्रो अपरेसनमा ७६६.२५ ग्राम सुन र १७ लाख ६० हजार नगदसहित झापाका भट्टराज खरेल र बडुका पुत्र आयुष बडुलाई पक्राउ गर्न सफल भएको प्रहरीले जनाएको छ ।
गणेश दत्त बडुको ससुराली झापा हो । खरेल दाजुभाइ गणेश बडुका साडुभाइका छोराहरू भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार उनीहरूले उक्त सुन रसुवागढी नाका हुँदै चीनबाट नेपाल भित्र्याएको खुलेको छ । प्रहरीले यस प्रकरणमा बडुको वीच्याटको कुराकानी अनुसन्धान गर्दा यो गिरोह अझ ठूलो हुनसक्ने प्रहरीको आशंका छ । त्यस्तै, भारतलाई गन्तव्य बनाएर चलाएको यस अवैध धन्दामा पक्राउ परेका तीन भारतीय सुनको खास लगानीकर्ता हुन् कि परिचालित हुन् भन्ने कुराको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
हेरौं भिडियोः
आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...
नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...
मोरङमा २२ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ग्रामथान गाउँपालिका १ लखनतरी टावर चोकका १८ वर्षीय किशोर रहेका छन् । उनलाई शुक्रवार दिउँसो पक्राउ गरिएको प्र...
तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...
नेपाल प्रहरीको साइबर ब्युरोले सामाजिक सञ्जाल (टिकटक र फेसबूक)को दुरुपयोग गरी चरित्रहत्या गर्ने एक जनालाई बिहीव्ँरु पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिराहा, लहान नगरपालिका स्थायी घर भइ हाल काठमाडौं बस्ने ३६ व...
उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...
मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...
२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...