मंसिर ६, २०८०
मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् । नेपाल प्रहरीले प्...
काठमाडाैं | बैशाख २०, २०८१
नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले काठमाडौं उपत्यकामा रहेका सुकुम्बासीलाई एउटा–एउटा फ्लाट दिएर समस्या समाधान गर्नुपर्ने बताएका छन् । सुकुम्बासीका प्लास्टिकका छाप्रोमा डोजर चलाएर बहादुरी देखाउन नमिल्ने उनले बताए ।
भूमि अधिकार तथा श्रमिक संगठन नेपालले बिहीवार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीले सक्कली सुकुम्बासी पहिचान गरी उनीहरूलाई बस्तीको व्यवस्था गर्नुपर्ने बताएका हुन् ।
‘सुकुम्बासी बस्ती हटाउनु मात्र समाधान होइन, जे गर्न पनि मिल्देन । व्यवस्थापन गर्नुर्छ, समस्या समाधान गर्नुपर्छ । मैले परारको साल भनेको थिए, सुकुम्बासीका प्लासिक्टका छाप्रा भत्काउन डोजर चलाउनु भनेको कर्कलो फाड्न बञ्चरो जलाए जस्तो हो । गरिबका बस्ती भत्काउन गरिबकै छोरालाई डोजर चलाउन नलगाउँ,’ उनले भने, ‘सुकुम्बासीलाई व्यवस्थापन गर्न पुग्ने जमिन छ । उपत्यकामा ४८ सय परिवार छ । सुकुम्बासी बस्तीको एउटा छेउमा १० तले घर बनाइदिउँ । एउटा किचन, बाथरुम, २–३ वटा कोठा सहितको सानो फ्लाट भए पुग्छ । त्यतिका दरले बनाउन नसकिने कुरा होइन । भत्काउने होइन बनाउने अभियान चलाऔं, फोहोर ठाउँलाई सफा गरौं ।’
ओलीले समस्या समाधानका नाममा सुकुम्बासीमाथि ज्यादती गरियो भने प्रतिरोधमा उत्रिने बताए । ‘हेप्ने मान्छे भेटिएन भनेर गरिब हेप्ने ? छाप्रामा गएर सुकुम्बासीका लालाबालालाई अन्याय गर्ने हुँदैन । नक्कली सुकुम्बासीलाई मान्य छैन, तर छोराछोरी डाक्टर– इन्जिनियर भए भन्दैमा आमा–बाबा सुकुम्बासी नहुने भन्ने हुँदैन । बरु दुख गरेर उनीहरूले छोराछोरीलाई डाक्टर बनाए भनेर प्रसंशा गर्नुपर्छ,’ उनले भने ।
देशभरका भूमिहिनका समस्या समाधानका लागि पार्टीले सरकारमार्फत पहल गर्ने ओलीले बताए ।
मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् । नेपाल प्रहरीले प्...
नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...
‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...
नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् । विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...
मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...
सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...
नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...
नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...