पुस १०, २०८०
मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...
विराटनगर | बैशाख २३, २०८१
कोशी प्रदेशमा नेपाली कांग्रेसले आफ्नै दलबाट मुख्यमन्त्री केदार कार्की नेतृत्वको सरकार टिकाउन प्रयास गर्ने भएको छ ।
संविधानले दिएको बाटोलाई अवलम्बन गरेर कांग्रेस सरकार टिकाउन लाग्ने प्रमुख सचेतक गोपाल तामाङले बताए ।
‘वैशाख २५ गतेसम्म संविधानले समय दिएको छ,’ उनले भने, ‘संविधानले दिएको अधिकारलाई प्रयोग गरेर या राजनीतिक निर्णय गरेर भएपनि हामी उहाँ (मुख्यमन्त्री कार्की)लाई सहयोग गर्छाैं ।’
वैशाख २६ गतेपछि भने नयाँ निर्णय गरिने उनले बताए ।
यसअघि बसेको संसदीय दलको बैठकमा बहुमत सदस्यले मुख्यमन्त्रीले मार्गप्रस्त गर्नुपर्छ भन्ने धारणा राखेका थिए । यद्यपि दलको बैठकले सरकार बचाउनु पर्छ भनेर निर्णय गरिने तामाङले बताए ।
मुख्यमन्त्री कार्की र संसदीय दलका नेताबीच कोशीमा टसल छ । यसअघि संसदीय दलको नेतृत्वको उनले राजीनामा दिएर मार्गप्रशस्त गर्नुपर्ने पक्षमा थियो । अहिले केही लचक देखिएको छ ।
संसदीय दलका नेता उद्धव थापा कांग्रेसमा संस्थापक पक्षधर हुन् भने मुख्यमन्त्री कार्की डा शेखर कोइराला पक्षका हुन् ।
कार्की नेकपा (एमाले)को सहयोगमा मुख्यमन्त्री बनेका थिए ।
मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...
नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् । विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...
नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...
नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...
दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...
नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...
सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...
नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...
नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...