×

NIC ASIA

सार्वजनिक जग्गा निजीकरण : टिकापुर मालपोतका तत्कालीन प्रमुखसहित ८ जनाविरुद्ध मुद्दा

काठमाडाैं | जेठ ६, २०८१

Prabhu Bank
NTC
Premier Steels
Marvel

सार्वजनिक सम्पत्ति व्यक्तिका नाममा दर्ता गरेर सरकारलाई गैरकानूनी हानिनोक्सानी पुर्‍याएको आरोपमा कैलालीको टिकापुरस्थित जिल्ला मालपोत कार्यालयका प्रमुख मोहन स्नेही रसाइलीसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीहरूविरुद्ध आइतबार विशेष अदालतमा मुद्दा दर्ता गरेको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कैलालीको साबिक नारायणपुर–८ अन्तर्गत रहेको कित्ता नम्बर ९०८ का १५ बिगाहा जग्गालाई व्यक्तिको नाममा दर्ता गरेको आयोगको छानबिनबाट देखिएको छ । आयोगका प्रवक्ता नरहरि घिमिरेका अनुसार रसाइलीसहित तत्कालीन नायब सुब्बा अग्निबहादुर शाही, नापी कार्यालय टीकापुरका तत्कालीन कार्यालय प्रमुख मानबहादुर चन्द, सर्वेक्षक दशरथ मण्डल, जग्गाधनी प्रमाणपूर्जा बनाउने विन्द्रा रावल, कमलबहादुर रावल, सुशीलबहादुर रावल र विमलबहादुर रावलविरुद्ध आयोगले २४ करोड ६ लाख ६९ हजार बराबरको बिगो बमोजिमको जरिवाना र कैद सजायको मागदाबी लिएको छ । 


Advertisment
Rupse Holidays
Nabil box

मालपोत र नापीका कर्मचारीको मिलेमतोमा स्थानीय व्यक्तिहरूले जग्गाधनीको प्रमाणपत्रसमेत लिइसकेको आयोगको छानबिनबाट खुलेको छ ।

Vianet communication

आयोगका अनुसार साबिक नारायणपुर गाविस–८ को फिल्ड बुकमा २०२१ सालमा जंगल जनाइसकेको जग्गालाई कित्ताकाट गरी श्रेस्ता पुर्जा कायम गराउने उद्देश्यका साथ फिल्ड प्रतिवेदन तयार गरेको देखिएको छ ।

आयोगले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) बमोजिम कैद तथा बिगो बमोजिमको जरिवाना गरी उक्त बिगो असुल उपर हुन र कैद सजायको मागदाबी लिइएको आयोगका प्रवक्ता नरहरि घिमिरेले बताए ।

नापी कार्यालयका तत्कालीन प्रमुख चन्द र सर्वेक्षक मण्डलले जग्गा व्यक्तिको नाममा कायम गर्ने उद्देश्यले कार्यालयको अभिलेखलाई अनदेखा गरी ‘हक भोगको हो’ भन्ने ब्यहोराको प्रतिवेदन पेश गरी सोही प्रतिवेदनको आधारमा कित्ताकाट भएको आयोगले जनाएको छ ।

‘नापी कार्यालयबाट प्राप्त कित्ताकाट पत्र, नक्सा, प्लट रजिस्टरलाई आधार बनाई मालपोत कार्यालय, टीकापुरले उक्त जग्गा गैरकानूनी तवरबाट विन्द्रा रावल, कमलबहादुर रावल, सुशीलबहादुर रावल, विमलबहादुर रावलको संयुक्त नाममा जग्गाधनी दर्ता प्रमाण पुर्जा बनाई हक हस्तान्तरण गरेको पुष्टि भएको छ', घिमिरेले भने, ‘जग्गा आफ्नो नाममा दर्ता गर्नेविरुद्ध पनि एउटै मागदाबी लिएर भ्रष्टाचार मुद्दा दर्ता गरेका छौं ।’

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २४, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले क्षेत्रीय शिक्षा निर्देशनालय हेटौंडाका तत्कालीन कामु निर्देशक दिनेशकुमार श्रेष्ठसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । सार्वजनिक सम्पत्तिको हानिनोक्सानी गरी भ्रष्टाचार...

बैशाख ३०, २०८१

नक्कली भुटानी शरणार्थी प्रकरणमा उच्च अदालत पाटनबाट धरौटीमा रिहा भएका पूर्व गृहमन्त्री बालकृष्ण खाणविरुद्ध महान्यायाधिवक्ता कार्यालयले अझैसम्म सर्वोच्च अदालतमा निवेदन दिएको छैन । काठमाडौं जिल्ला अदालतले खाणलाई थ...

कात्तिक २२, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टेलिकम्युनिकेसन ट्राफिक मनिटरिङ एण्ड फ्रड कन्ट्रोल सिस्टम (टेराम्क्स) प्रविधि खरिद प्रकरणमा नेपाल दुरसञ्चार प्राधिकरणका २० जना पदाधिकारी तथा कर्मचारीसँग बयान लिएको छ ।  ट...

बैशाख १३, २०८१

स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवका छोरा अमरेन्द्र यादवले मन्त्रालयमा 'छायाँ मन्त्री'को झल्को दिनेगरी काम गरिरहेको चर्चा हुन थालेको छ । मन्त्री यादवले गर्नुपर्ने कामसमेत स्वकीय सचिवको रूपमा रहेका ...

बैशाख १९, २०८१

महेन्द्रनगर– दुईतिर भारतको सीमा जोडिएको कञ्चनपुरमा सशस्त्र प्रहरी बलले अवैध ढङ्गले ल्याइएका रु ८८ लाख बराबरका सामान नियन्त्रणमा लिएको छ । महेन्द्रनगरस्थित सशस्त्र प्रहरी बल नंं ३५ गणका अनुसार गत फागुनपछि ...

चैत २७, २०८०

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठ सिंहदरबारका कर्मचारीबीच 'गसिप'को विषय बनेकी छन् । छिनछिनमा मिटिङ गर्नुपर्ने, सर्वसाधारणले भेट्ने समय मिलाउन क्यूआर कोड स्क्यान गर्नुपर्ने, रिपोर्...

संघीयताकै औचित्यमा प्रश्न उठेका बेला प्रदेशले कस्तो ल्याउनुपर्छ बजेट ?

संघीयताकै औचित्यमा प्रश्न उठेका बेला प्रदेशले कस्तो ल्याउनुपर्छ बजेट ?

जेठ ३२, २०८१

कानूनअनुसार असार १ प्रदेश सरकारले आ–आफ्नो सभामा बजेट प्रस्तुत गर्ने दिन हो । नेपालको संविधान र कानूनले बजेट प्रस्तुत गर्ने समय तोकिदिएको छ । यसरी बजेट प्रस्तुत गर्ने दिन नै तोक्नुका २ कारण छन् । पहिलो, तह...

कहाँ हरायो कांग्रेस महासमितिको निर्णय ?

कहाँ हरायो कांग्रेस महासमितिको निर्णय ?

जेठ ३१, २०८१

अढाइ वर्षअघि नेपाली कांग्रेसको १४औं महाधिवेशन नेतृत्व मात्र चयन गरी ६ महिनाभित्र नीति महाधिवेशन आयोजना गर्ने र आवश्यक निर्णय लिने निष्कर्षमा पुगेको थियो । तत्पश्चात् निकै लामो समय पार्टीभित्र र बाहिर नीति महाधिवे...

बाबुरामका एक्ला बृहस्पति ‘फणीन्द्र’– २१ वर्षअघिको त्यो क्षण र गण्डकीको ‘फ्लोर क्रस’

बाबुरामका एक्ला बृहस्पति ‘फणीन्द्र’– २१ वर्षअघिको त्यो क्षण र गण्डकीको ‘फ्लोर क्रस’

जेठ २९, २०८१

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सोमबार विश्वासको मत प्राप्त गरेका छन् । नेकपा (माओवादी केन्द्र)को चिह्न ‘गोलाकारभित्र हँसिया हथौडा’बाट चुनाव जितेका फणीन्द्र देवकोटाले 'फ्लोर क्रस'...

x