फागुन २८, २०७९
जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ। सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...
काठमाडाैं | जेठ १४, २०८१
पार्टीमा पदाधिकारी र पूर्व पदाधिकारीको छलफलपछि नेपाली कांग्रेसका शीर्ष नेताहरू छलफलका लागि प्रधानमन्त्री निवास बालुवाटार जाँदैछन् ।
सहकारीमा भएको आर्थिक अपचलनको छानबिन गर्न संसदीय समिति गठनको सकस भइरहेका बेला आन्तरिक छलफल गरेपछि कांग्रेसका शीर्ष नेताहरू बालुवाटार लागेका हुन् ।
आन्तरिक छलफलपछि उपसभापति पूर्णबहादुर खड्का, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, महामन्त्री गगन थापा, सहमहामन्त्री जीवन परियार, रमेश लेखक र ज्ञानेन्द्र कार्की प्रधानमन्त्रीसँग छलफल गर्न बालुवाटार लागेका हुन् ।
कांग्रेसले सहकारी प्रकरणमा यस अघिदेखि उठाउँदै आएका गृहमन्त्री रवि लामिछाने केन्द्रित छानबिन समिति गठनलाई अझै पनि बटमलाइन बनाएको छ । आफूहरू नरम हुँदै रवि लामिछाने जोडिएको गोर्खा मिडिया, यसमा संलग्न पदाधिकारी केन्द्रित छानबिन समिति गठनमा तयार हुने संकेत कांग्रेसले दिएको थियो । रविको नाम उल्लेख नगरे उनी जोडिएको संस्था, यसका पदाधिकारी र संलग्नमाथि छानबिन गर्नुपर्नेमा कांग्रेस प्रष्ट रहेको नेताहरू बताउँछन् ।
सोमवार बिहान पनि कांग्रेसका नेताहरूले प्रधानमन्त्रीसँग छलफल गरेका थिए । तर मध्यमार्गी प्रस्ताव गरे पनि सत्ता पक्षले पेल्ने नीति लिएकाले पुरानै अडान राख्ने गरी अगाडि बढ्ने तयारीमा कांग्रेस पुगेको नेताहरू बताउँछन् ।
सहमहामन्त्री जीवन परियारले आफूहरूले लचकता देखाए पनि सत्तापक्षले कुनै मिल्ने प्रस्ताव नै नल्याएको बताए ।
जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ। सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...
मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...
दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...
नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् । विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...
नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...
कानूनअनुसार असार १ प्रदेश सरकारले आ–आफ्नो सभामा बजेट प्रस्तुत गर्ने दिन हो । नेपालको संविधान र कानूनले बजेट प्रस्तुत गर्ने समय तोकिदिएको छ । यसरी बजेट प्रस्तुत गर्ने दिन नै तोक्नुका २ कारण छन् । पहिलो, तह...
अढाइ वर्षअघि नेपाली कांग्रेसको १४औं महाधिवेशन नेतृत्व मात्र चयन गरी ६ महिनाभित्र नीति महाधिवेशन आयोजना गर्ने र आवश्यक निर्णय लिने निष्कर्षमा पुगेको थियो । तत्पश्चात् निकै लामो समय पार्टीभित्र र बाहिर नीति महाधिवे...
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सोमबार विश्वासको मत प्राप्त गरेका छन् । नेकपा (माओवादी केन्द्र)को चिह्न ‘गोलाकारभित्र हँसिया हथौडा’बाट चुनाव जितेका फणीन्द्र देवकोटाले 'फ्लोर क्रस'...