फागुन २८, २०७९
जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ। सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...
विराटनगर | जेठ १४, २०८१
कोशी प्रदेशमा संघीयता कार्यान्वयन तथा कानून निर्माणसम्बन्धी एकीकृत अध्ययन कार्यदल गठन भएको छ ।
उक्त कार्यदलले एकल अधिकार तथा साझा अधिकारका कार्यसूचीमा रहेका कानूनको संशोधन तथा परिमार्जनका विषयमा काम गर्नेछ ।
संघीयता कार्यान्वयनसँग सम्बन्धित विषयमा बनाउन बाँकी कानूनका बारेमा गृहकार्य हुने कार्यदलको सदस्य सचिवसमेत रहेका आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव लक्ष्मी पौडेलले बताए ।
'संघीय सरकारका कारण आवश्यक केही कानून अझै बन्न सकेका छैनन्,' उनले भने, 'एकल अधिकार, साझा अधिकारका कार्यसूचीमा रहेका कानूनको संशोधन तथा परिमार्जनका विषयमा समेत गृहकार्य हुन्छ ।’
हिक्मतकुमार कार्कीले आफू पछिल्लोपटक मुख्यमन्त्री बनेपछिको पहिलो मन्त्रिपरिषद् बैठकबाट कार्यदल गठन गरेका थिए ।गत वैशाख २७ गते मुख्यमन्त्रीमा नियुक्त भएका उनले सोही दिन कार्यदल गठन गरेका हुन् ।
मुलुकले संघीयताको अभ्यास गर्न थालेको ९ वर्षपछि कोशी सरकारले तलब-भत्ता दिने गरी कार्यदल गठन गरेको हो ।
कार्यदलको संयोजकमा अधिवक्ता चूडामणि आचार्य रहेका छन् ।
उनी यसअघि कार्की नेतृत्वको सरकारमा महान्यायाधिवक्ता थिए । सदस्यहरूमा पूर्व महान्यायाधिवक्ता गजेन्द्र आचार्यका साथै पूर्वप्रदेश सभा सदस्यहरू अर्जुन राई, कुलप्रसाद साम्बा र जसमाया गजमेर छन् ।
अर्जुन र गजमेर एमालेका हुन् भने साम्बा माओवादीका हुन् । साम्बा गत निर्वाचनमा मोरङ १ बाट पराजित भएका थिए ।
यस्तै, कोशी प्रदेश प्रमुखको कार्यालयबाट भर्खर अवकाश पाएका उपसचिव नरेन्द्र श्रेष्ठ पनि कार्यदलको सदस्य छन् ।
सदस्य सचिवमा आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव लक्ष्मी पौडेल रहेका छन् ।
संयोजकलाई अधिकृतस्तर १२ औं तहको सेवा-सुविधा दिने गरी मन्त्रीपरिषद्ले निर्णय गरेको छ । सरकारको निर्णयअनुसार संयोजक आचार्यले मासिक ७२ हजार ८२ रुपैयाँ पारिश्रमिक प्राप्त गर्नेछन् ।
यस्तै, सदस्यहरूलाई भने अधिकृत दशौंको तलब दिने गरी मन्त्रीपरिषद्ले निर्णय गरेको छ । उनीहरूले मासिक ५६ हजारभन्दा बढी पारिश्रमिक पाउनेछन् ।
उनीहरूले ५६ हजार ७८७ रुपैयाँ पाउने छन् । उनीहरूलाई मासिक तलब दिने गरी मन्त्रिपरिषद्को बैठकले निर्णय गरेको आन्तरिक मामिला मन्त्रालयका कर्मचारीहरू बताउँछन् ।
राजनीतिक रूपमा अस्थिर रहेको कोशीमा तलब-भत्ता दिएर कार्यदल बनाउँदा संघीयताप्रति नै प्रश्न उठेको जानकारहरू बताएका छन् ।
जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ। सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...
नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...
‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...
मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...
नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...
नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...
कानूनअनुसार असार १ प्रदेश सरकारले आ–आफ्नो सभामा बजेट प्रस्तुत गर्ने दिन हो । नेपालको संविधान र कानूनले बजेट प्रस्तुत गर्ने समय तोकिदिएको छ । यसरी बजेट प्रस्तुत गर्ने दिन नै तोक्नुका २ कारण छन् । पहिलो, तह...
अढाइ वर्षअघि नेपाली कांग्रेसको १४औं महाधिवेशन नेतृत्व मात्र चयन गरी ६ महिनाभित्र नीति महाधिवेशन आयोजना गर्ने र आवश्यक निर्णय लिने निष्कर्षमा पुगेको थियो । तत्पश्चात् निकै लामो समय पार्टीभित्र र बाहिर नीति महाधिवे...
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सोमबार विश्वासको मत प्राप्त गरेका छन् । नेकपा (माओवादी केन्द्र)को चिह्न ‘गोलाकारभित्र हँसिया हथौडा’बाट चुनाव जितेका फणीन्द्र देवकोटाले 'फ्लोर क्रस'...