×

धितोपत्र बोर्ड प्रकरण

सेबोन अध्यक्ष नियुक्तिमा पुनः जटिलता, प्रस्तुतीकरणमा ३ जनाको संगठित अनुपस्थिति !

काठमाडाैं | असार २, २०८१

पुँजीबजारको नियामक निकाय धितोपत्र बोर्ड (सेबोन)को अध्यक्षका लागि उम्मेदवार छनोट प्रक्रिया थप जटिल बनेको छ । 

अध्यक्षका लागि शर्टलिस्टमा परेका ५ उम्मेदवारलाई प्रस्तुतीकरणका लागि बोलाइए पनि ३ जना अनुपस्थित भएका हुन् । 


Advertisment

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष मीनबहादुर श्रेष्ठको नेतृत्वमा रहेको अध्यक्ष सिफारिश समितिले शर्टलिस्टमा परेका ५ जनालाई बोलाएको थियो । 


Advertisment

आइतबार बोलाइएकामध्ये ३ जना अध्यक्ष छनोट प्रक्रियालाई नै प्रभावित पार्नेगरी नियतवश अनुपस्थित भएको देखिन्छ । अचम्मको कुरा के भने ती तीनैजना बहालवाला सरकारी नै कर्मचारी हुन् । 

धितोपत्र बोर्डका वरिष्ठ कार्यकारी निर्देशक डा नवराज अधिकारी, नेपाल स्टक एक्सचेन्जका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर कार्की र बिमा समितिका पूर्वअध्यक्ष चिरञ्जीवी चापागाईं उपस्थित नभएपछि बोर्डको अध्यक्ष चयन प्रक्रिया जटिल बनेको हो । 

आइतबार धितोपत्र बोर्डका कार्यकारी निर्देशक मुक्ति श्रेष्ठ र अर्का प्रतिस्पर्धी सन्तोषनारायण श्रेष्ठ मात्रै उपस्थित भएका थिए । उनीहरूको प्रस्तुतीकरण हेरिएको समितिले जनाएको छ । 

३ जनाको संगठित अनुपस्थितिले सेबोनको अध्यक्ष नियुक्तिमा चलखेल भइरहेको आरोपलाई पनि बल पुर्याएको छ ।

निकै विवादित मानिएका नेपाल स्टक एक्सचेन्ज (नेप्से)का सीईओ कार्की सेबोनको अध्यक्ष बन्न दौडधूप गरिरहेका थिए । 

उनी अर्थमन्त्री वर्षमान पुन, अर्थसचिव मधु मरासिनी र छनोट समितिका अन्य सदस्यहरूलाई रिझाउन कम्मर कसेर लागेका थिए ।

बोर्डको अध्यक्षमा आवेदन हाल्न आउनेहरू प्रस्तुतीकरणमा उपस्थित नभएपछि अबको प्रक्रिया के हुने भन्नेमा पनि अन्योल थपिएको छ । ’अध्यक्ष चयनको प्रक्रियामा रहेको पूँजीबजारको नियामक निकायलाई नै अप्ठ्यारोमा पार्नेगरी उहाँहरू किन उपस्थित हुनुभएन, यसबारे हामी थप छानबिन गर्छौं,’ मन्त्रालयका एक उच्च अधिकारीले भने ।

मन्त्रालयको अर्को स्रोतले लोकान्तरलाई भन्यो, ’पहिल्यै सञ्चारमाध्यममा विवादित हुने गरी समाचार आएपछि आफ्नो सेलेक्सन सम्भव नहुने मानसिकताका कारण उहाँहरू उपस्थित नभएको हुन सक्छ ।’

कानूनअनुसार ५ मध्ये ३ जनाको नाम सिफारिश गर्नुपर्ने र त्यसमध्ये एकजानालाई सरकारले छान्नुपर्ने हुन्छ ।

आफू नभए अरूलाई पनि हुन नदिने नियतले ३ जना संगठित रूपमा उपस्थित नभएको हुन सक्ने मन्त्रालयको आंकलन छ । 

माथिल्लो तहमा प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ र प्रमुख सत्ता साझेदार दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच टसल भएका कारण पनि तीनजना आज उपस्थित नभएको हुन सक्ने अर्थ मन्त्रालयकै अर्का एक कर्मचारीले बताए ।

आइतवार प्रस्तुतीकरणका लागि उपस्थित नहुनेमध्ये कार्की नेप्सेका सीईओ हुन् । उनी अर्थमन्त्री वर्षमान पुननिकट मानिन्छन् । 

उनी नेप्सेको अनलाइन ट्रेडिङ सिस्टम (नट्स) बनाउने कम्पनी ’वाईको’को एजेन्ट बनेको आरोप समेत लाग्ने गरेको छ । अन्य दुईजना पनि विवादित व्यक्ति हुन् ।

मन्त्रालयका एक उच्च अधिकारीले राजनीतिक खिचातानीकै कारण समग्र प्रक्रियालाई असफल बनाउन खोजिएको आशंका गरे । लामो समयदेखि नेप्सेको अध्यक्ष पद रिक्त छ ।
 

जेठ १५, २०८१

सरकारले आगामी वर्षका लागि १८ खर्ब ६० अर्ब रुपैयाँको बजेट विनियोजन गरेको छ । मंगलबार संसदमा आर्थिक वर्ष २०८१–८२ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले बजेटको आकार १८ खर्ब ६० अर्ब ३० करोड रहेको ...

बैशाख २०, २०८१

काठमाडौंको चण्डोल घर भएका कामोद ढुंगाना २०८० असार ३१ गते वुलिङ एयरको विद्युतीय गाडी (ईभी) किन्न नयाँ बानेश्वरस्थित बज्र ग्रुपको इभी-नेपाल मोटर्स प्रालि पुगेका थिए । अंकित मूल्य (एमआरपी) ३० लाख ९९ हजार रुप...

फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

जेठ १, २०८१

निजी क्षेत्रका उद्योगी तथा व्यवसायीको छाता संस्था नेपाल चेम्बर अफ कमर्सले नेपालमा लगानी गर्न पोल्याण्डलाई आग्रह गरेको छ । नेपाल र पोल्याण्डबीचको कूटनीतिक सम्बन्ध ६५ वर्ष पुगेको अवसरमा नेपाल चेम्बर अफ कमर्स र नेपा...

चैत २७, २०८०

यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...

बैशाख ३, २०८१

नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले विश्व बैंकको लगानी रहेको ढल्केबर सबस्टेसन निर्माणका क्रममा आफ्नो स्वार्थ जोडिएको कम्पनीलाई कानूनविपरीत ठेक्का दिएको पाइएको छ । करिब ४ करोड बराबरको...

समाज सुधारका १२ सूत्र

समाज सुधारका १२ सूत्र

असार ११, २०८१

समाजमा बसेपछि सबैसँग सद्भाव, मित्रता, सहनशीलता, क्षमायाचना, त्याग, शालीनता, भद्रता आदि कुराको आवश्यकता पर्दछ । हरेक मानिस र उसको पारिवारिक अवस्था फरक–फरक हुन्छ। सानातिना कुरामा विवाद गर्ने, निहुँ खोज्ने...

किन बनेन हाम्रो देश ?

किन बनेन हाम्रो देश ?

असार १०, २०८१

'नेपाल अर्थात् यो हाम्रो देश बनेन, अहँ अब बन्दैन' भन्नेहरू देशभित्र मात्र होइन, विदेशमा पनि पाइला–पाइलामा भेटिन्छन् । यसो भन्नेहरूमा देश र यहाँका जनताप्रति चिन्ता र चासो स्वाभाविक रूपमा भेटिन्छ । ...

नेपाली राजनीतिका मूल प्रवृत्ति : सामन्ती सोच, छद्मभेषी चरित्रदेखि आदर्शको विस्थापनसम्म

नेपाली राजनीतिका मूल प्रवृत्ति : सामन्ती सोच, छद्मभेषी चरित्रदेखि आदर्शको विस्थापनसम्म

असार ९, २०८१

'राजनीतिज्ञको काम आफ्नो जीवनलाई सहज र सुखद् बनाउनु होइन, आफू जन्मेर हुर्केको र अवसर पाएको समाजका लागि राम्रो काम गर्नु र उन्नत बनाउनु हो'- अमेरिकी पूर्वराष्ट्रपति अब्राहम लिङ्कन । नेपालमा यस्तो सोच्ने ...

x