×

फ्रान्स र नेदरल्याण्ड्सलाई पछि पार्दै अष्ट्रिया समूह विजेता

काठमाडाैं | असार १२, २०८१

फ्रान्स र नेदरल्याण्ड्सभन्दा अघि रहँदै अष्ट्रियाले युरो कप-२०२४ अन्तर्गत समूह डी मा शीर्ष स्थान हासिल गरेको छ ।

समूह चरणको अन्तिम खेलमा नेदरल्याण्ड्सलाई ३-२ ले हराउँदै समूह विजेताका रूपमा अष्ट्रिया अन्तिम १६ मा प्रवेश गरेको हो ।


Advertisment

छैठौं मिनेटमा नै डोनयेल मालेनको आत्मघाती गोलको मद्दतले अष्ट्रियाले खेलमा अग्रता लिएको थियो । तर ४७औं मिनेटमा नेदरल्याण्ड्सका लागि कोडी गाक्पोले बराबरी गोल गरे ।


Advertisment

५९औं मिनेटमा रोमानो स्मिडले गोल गर्दै अष्ट्रियालाई पुनः अग्रता दिलाए । ७५औं मिनेटमा वाउट वेगहोर्स्टको क्रसमा गोल गर्दै मेम्फिस डिपायले पुनः बराबरी गोल गरे ।

तर ५ मिनेटपछि मार्सल साबिट्जरले पुनः अष्ट्रियालाई अग्रता दिलाए । अन्त्यमा सोही गोल जितका लागि पर्याप्त रह्यो ।

३ खेलमा २ जीत हासिल गरेको अष्ट्रियाको ६ अंक रह्यो । अन्तिम खेलमा पोल्याण्डसँग बराबरीमा रोकिएको फ्रान्सको ३ खेलमा ५ अंक मात्रै छ । 

नेदरल्याण्ड्स भने ४ अंकसहित तेस्रो स्थानमा छ । 

तेस्रो स्थान हासिल गर्दैअन्तिम १६ मा पुग्ने नेदरल्याण्ड्सको सम्भावना बलियो छ । पोल्याण्ड १ अंकसहित समूहको पुछारमा रहँदै बाहिरिएको छ ।
 

जेठ २, २०८१

इंडियन प्रिमियर लिग (आईपीएल)क्रिकेटमा लखनऊ सुपर जाएन्ट्स दिल्ली क्यापिटल्ससँग पराजित भएको छ । दिल्लीको घरेलु मैदानमा सोमबार राति सम्पन्न खेलमा दिल्ली १९ रनले विजयी भएको हो । दिल्लीले दिएको २०९ रनको लक्ष्य पछ्य...

जेठ १६, २०८१

क्रिकेटर सन्दीप लामिछानेलाई टी–२० विश्वकप खेल्न जानका लागि भिसा (प्रवेशाज्ञा) दिन माग गर्दै युवाहरूले काठमाडौंमा प्रदर्शन गरेका छन् । अमेरिकाले भिसा नदिएको भन्दै उनका समर्थक बुधवार आन्दोलनमा उत्रिएक...

जेठ १५, २०८१

सरकारले विराटनगरको गिरिजाप्रसाद कोइराला क्रिकेट रंगशालालाई राष्ट्रिय गौरवको आयोजनाका रुपमा विकास गर्ने भएको छ ।  मंगलवार संसदमा आर्थिक वर्ष २०८१–८२ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले ...

कात्तिक १७, २०८०

कम उमेरमै विश्व क्रिकेटमा प्रभाव छोडेका नेपालका लेग स्पीनर सन्दीप लामिछाने अर्को दुर्लभ विश्व कीर्तिमान निकट पुगेका छन् । यस अघि गत वैशाखमा कीर्तिपुरमा ओमानविरुद्ध एकदिवसीयमा सबैभन्दा छिटो ४२ खेलमा एक सय विक...

जेठ १३, २०८१

शहरी प्रतिद्वन्द्वी म्यानचेस्टर सिटीलाई हराउँदै म्यानचेस्टर युनाइटेडले एफए‌ कपको उपाधि जितेको छ । शनिबार राति भएको फाइनलमा सिटीलाई २–१ गोल अन्तरले हराउँदै युनाइटेडले उपाधि जितेको हो । युनाइटेड...

बैशाख २७, २०८१

खेल र पर्यटन क्षेत्रलाई सँगसँगै अगाडि बढाउन सोलुखुम्बुको माप्य दूधकोशी गाउँपालिका–५ स्थित महभिरमा अन्तर्राष्ट्रियस्तरको ‘रक क्लाइम्बिङ’ प्रतियोगिता हुने भएको छ ।   साहसिक खेल ‘रक क्...

शासन प्रणालीलाई व्यवस्थित बनाउने ४ सूत्र

शासन प्रणालीलाई व्यवस्थित बनाउने ४ सूत्र

असार १४, २०८१

नागरिक र राज्यको असल सम्बन्ध नै सुशासनको विम्ब हो । शान्ति सुरक्षा, व्यावसायिक वातावरण र जनजीविकाका सवालमा राज्यले प्रतिफलमुखी काम गर्नुपर्ने हुन्छ । नागरिकको सन्तुष्टिबाट लोकतन्त्रको लाभांश प्राप्त भएको अनुभूति हुन...

संसदीय छानबिन समितिले फर्काउला सहकारीप्रति नागरिकको खण्डित विश्वास ?

संसदीय छानबिन समितिले फर्काउला सहकारीप्रति नागरिकको खण्डित विश्वास ?

असार १२, २०८१

समाजवादको आधारभूत स्तम्भका रूपमा रहेको सहकारी अभियान यतिखेर संकटमा छ । जो कोहीले ‘सहकारी’ शब्द नै उच्चारण गर्न नसक्ने अवस्था बनेको छ । सहज वातावरण हुँदा सर्वसाधारण सहकारीबाट अ‍ैँचोपैँचो, सर...

समाज सुधारका १२ सूत्र

समाज सुधारका १२ सूत्र

असार ११, २०८१

समाजमा बसेपछि सबैसँग सद्भाव, मित्रता, सहनशीलता, क्षमायाचना, त्याग, शालीनता, भद्रता आदि कुराको आवश्यकता पर्दछ । हरेक मानिस र उसको पारिवारिक अवस्था फरक–फरक हुन्छ। सानातिना कुरामा विवाद गर्ने, निहुँ खोज्ने...

x