माघ १३, २०८०
रोल्पाका देवराज बुढामगर गाउँकै साधारण किसान हुन् । परिवर्तन गाउँपालिका–४ पाथावाङ निवासी देवराजका ६ छोरी र एक छोरा सरकारी जागिरे छन् । छोराको आसमा ६ छोरी जन्माए देवराज र उनकी श्रीमती नन्दाले । हुन पन...
माघ ८, २०७४
काठमाडौं, ८ माघ– अमेरिकाको जर्जिया राज्यस्थित इन्स्टिच्युट फर बायोमेडिकल साइन्स विश्वविद्यालयमा कार्यरत नेपाली डाक्टर सुदीप खड्का यतिबेला चर्चामा रहेका छन् । विश्वमै खतरनाक मानिएको इबोला भाइरसको औषधि पत्ता लगाएर उनी चर्चामा आएका हुन् ।
जर्जिया राज्यस्थित इन्स्टिच्युट फर बायोमेडिकल साइन्स विश्वयविद्यालयमा नेपाली डा. खड्कासहित कार्यरत ११ जनाको वैज्ञानिक टोलीले हालसालै विश्वमै खतरनाक मानिएको इबोला भइसरको औषधि पत्ता लगाएका छन् ।
नेपाली डा.सुदिपसहित अन्य देशका १० जना वैज्ञानिकहरुको टोलीले तीन वर्ष लगाएर इबोला भाइरसको औषधि पत्ता लगाउन सफल भए । तीन वर्षमा दुई लाख वटा औषधिको अनुसन्धानबाट ५६ सम्भावित औषधि पत्ता लागाउन सफल भएको डा.खड्काले लोकान्तरलाई बताए ।
‘हामीले दुई लाख ओटा औषधिको परीक्षणबाट इबोला भाइरसको औषधि पत्ता लगाउन सफल भयौं’ डा. खड्काले लोकान्तरसँगको टेलिफोन कुराकानीमा भने, ‘हामीले पत्ता लगाएको औषधिले जीका भाइरस विरुद्धमा पनि काम गर्छ । हाम्रो अनुसन्धानले इबोला र जीकाको उपचार हुन सक्ने सम्भावना बढेको छ ।’
औषधिको प्रयोग विधि, मात्रा र साइड इफेक्टबारे थप अनुसन्धान शुरु गरिएको भन्दै उनले इबोलाको औषधि प्रयोगमा आउँन केही वर्ष लाग्न सक्ने बताए ।
संसारकै खतरनाक रोग मानिने इबोलाको कुनै औषधि छैन । अत्यन्तै चाँडो सर्ने भएकाले यो रोगले छिटै माहामारीको रुप लिने गरेको छ ।
इबोलाको संक्रमण नफैलियोस् भनेर अन्तराष्ट्रिय विमानस्थलहरुमा विदेश यात्राबाट फर्किने यात्रुलाई इन्फ्रारेड क्यामेराको प्रयोगबाट सम्भावित संक्रमित यात्रुको पहिचान गरिन्छ ।
सुरक्षाको दृष्टिले अत्यन्तै संवेदनशील मानिने अमेरिकाको चौथो तहको प्रयोगशालामा इबोला भाइरसको औषधि पत्ता लगाउनु सफल भएको डा. खड्काले बताए ।
लामो स्वास्थ्य सुरक्षा पाँच र तालिम पछि मात्रै प्रयोगशालामा काम गर्ने अनुमति अमेरिकी सरकारले दिन्छ ।
को हुन् डाक्टर सुदीप ?
डा.सुदीप खड्का बागलुङका पूर्वसांसद स्वर्गीय हरिबहादुर खड्का र गरिवी निवारण तथा सहकारी राज्यमन्त्री चम्पादेवी खड्काका जेठा छोरा हुन् । शिक्षित परिवारमा जन्मिएका खड्का सानैदेखि अन्तरमुखी स्वभावका थिए । आधारभूत शिक्षाको सुरुवातमा नै उनी अन्य पुस्तकहरु पढ्न रुची राख्थे ।
‘मलाई अहिले पनि संझना छ, म प्राथमिक तहमा पढ्दा देखि नै कोर्ष भन्दा पनि बाहिरी पुस्तकहरु पढ्न रुचाउँथें । मेरो घर नजिकै फुपुको घरमा त्यतिबेला साझा प्रकाशन भाडामा बस्थ्यो । त्यहि गएर म पुस्तकहरु पढ्ने गर्थें’ खड्काले लोकान्तरसँग भने ।
वैज्ञानिक बन्ने सपना लिएका सुदीपले घरमा रहेको घडी, रेडियो टिभी फुकालेर फेरी बनाउने प्रयास गरीरहन्थें ।
उनले बाल्यकालको घटना सम्ंझर्दै लोकान्तरसँगको कुराकानीमा भने, ‘मलाई साइन्टिस्टहरुको बारेमा लेखिएको पुस्तक पढ्न रमाइलो लाग्थ्यो । एकदिन पत्रिकामा एकजना २६ वर्षमै पीएचडी गरेका वैज्ञानिकको बारेमा समाचार पढें । त्यो समाचारले मलाई प्रभावित बनायो । समाचार पढेपछि मलाई पनि वैज्ञानिक बन्नुपर्छ भन्ने लाग्यो । मैले ठूलो भएपछि साइन्टिस्ट बन्छु भन्थे ।’
बागलुङमा कक्षा सातसम्म पढेका खड्काले आठ कक्षाबाट काठमाडौंको ग्यालेक्सी स्कुलमा अध्ययन गरे । उनले सोही स्कुलबाट एसएलसी दिएका हुन् । एसएलसी पछि काठमाडौं विश्वविद्यालयबाट खड्काले आइएस्सी गरे ।
आइएस्सीमा राम्रो अंक आएपछि घरपरिवारले सुदीपलाई डाक्टर बनाउने सपना लिए । तर सुदीपले सानैमा वैज्ञानिक बन्ने सपना बनाइसकेका थिए ।
एमबिबिएस पढाएर छोरालाई डाक्टर बनाउने सुदीपको बुवाआमाको सपना थियोे । एमबिबिएस पढाउने बुवाको निर्णयलाई सुदीपले अस्वीकार गरीदिए । डाक्टरले बिरामीको स्वास्थ्य परीक्षण गरेर अरुले पत्ता लगाएर तयार भएको औषधि खानु भन्ने सल्लाह दिन्छन् । तर सुदीपलाई आफैले नयाँ औषधि पत्ता लगाउने चाहना थियो ।
‘बुवाले मलाई नाम निकाल्न सक्दैनस् अनि डाक्टर पढ्दिन भन्छस् भनेर गाली गरेपछि मेरो मनमा इगो भयो । मैले एमबिबिएसमा नाम निकाल्छु तर पढ्दिन भन्ने सोचेर काडमाडौं विश्वविद्यालयमा इन्ट्रान्स दिए । नाम निकालेर भर्ना भए तर एकवर्ष पनि पढिन ।’
साइन्टिस्ट बन्ने सपना लिएका सुदीप बुबाको डाक्टर बनाउने सपनालाई त्यागेर सन् २००३ मा अमेरीका गए । नेपालमा एमबिबिएस भर्ना भएको वर्ष दिन नपुग्दै साइन्टिस्ट बन्न अमेरिका पुगेका सुदीपले अमेरिकामै पीएचडी गरे ।
त्यसपछि उनलाई अमेरीकामा धेरै अवसरहरु पाप्त भयो । उनले आफ्नो वैज्ञानिक बन्ने सपनालाई पुरा गर्न सफल भए । तीन वर्ष अगाडि अमेरिकाको जर्जिया राज्यस्थित इन्स्टिच्युट फर बायोमेडिकल साइन्स विश्वविद्यालयमा भाइरसको विषयमा अनुसन्धान गर्ने अवसर पाए । उनीले त्यो अवसरलाई निकै महत्त्वपूर्ण रुपमा लिए ।
२०७१ सालमा बाग्लुङमा सुदीपका बुवा सभासद हरिबहादुर खड्काको जीप दुर्घटनामा मृत्यु भयो । बावुको मृत्युको खबर पाएपछि उनी नेपाल फर्किए ।
बावुको मृत्युपछि राजनीति गर्ने निर्णय पुगे सुदीप
२०७० सालको संविधानसभाको चुनावमा बाग्लुङ क्षेत्र नम्बर १ बाट विजयी भएका खड्काको मृत्युपछि बाग्लुङमा उप–निर्वाचन हुने भयो । निर्वाचन हुनेभएपछि उनले आफ्नो साइन्टिस्ट बन्ने सपनालाई त्यागेर बुबाको राजनीतिक सपना पुरा गर्ने निर्णय लिए । सुदीपले केन्द्रबाट टिकट पनि पाए ।
तर सुदीप राजनीतिमा आएको त्यहाका स्थानीय नेताहरुलाई मन परेन । सुदीप राजनीतिमा आए आफ्नो राजनीतिक यात्रा संकटमा पर्ने सोचेर जिल्लाका नेताहरुले विरोध जनाए । सुदीपले टिकट पाएको स्थानीयले नेताले नै विरोध गरेका थिए ।
सुदीपको विरोध भएपछि पार्टीले उनकी आमा चम्पादेवीलाई टिकट दियो । सुदीपले आमालाई राजनीतिक यात्रामा सहयोग गरेर दुई वर्ष नेपालमै रहे । राजनीतिमा आफ्नो चाहना भएपनि अवसर नपाएपछि उनी रिसर्च र अध्ययन अघि बढाउन फेरि अमेरिका फर्किए ।
सुदीपकी आमा अहिले सहकारी तथा गरिवी निवारण राज्य मन्त्री छिन् ।
१६ वर्ष अमेरीका बसेका डा. सुदीपले लिएनन् ग्रिन कार्ड
अमेरिका भनेपछि नेपालीहरु हुरुक्क हुन्छन् । अमेरिका जाने नेपालीहरु त्यहा पुगेर ग्रिन कार्ड प्राप्त गरी उतै ‘सेटल’ हुने सपना बनाउछन् । तर अमेरिकामा १६ वर्ष विताएका डा. सुदीपलाई भने अमेरीकाको ग्रिन कार्ड प्रति कुनै मोह छैन । सन् २००३ देखी नै नेपाली राहदानीमा नै अमेरीकामा बस्दै आएका छन् ।
‘मैले बुबाको सपनालाई पनि जितेर १९ वर्षको उमेरमा अमेरिका आए । यहाँ आएपछि लाग्यो, यहाँ पढेपछि अब यतै बस्नुपर्छ । यतै विवाह हुन्छ बच्चा पनि यतै हुर्किन्छन्’ साइन्टिस्ट बन्ने सपना लिएर अमेरीका पुगेको दिन संझदै खड्काले भने, ‘मैले नेपाल र मेरा बुबाआमालाई संझिए । र अमेरीका टेकेको ५ मिनेटमा अठोट गरे, मेरो अध्ययन सकिएपछि म नेपाल नै फर्किने छु ।’
उनले अमेरीका पुगेको दिन आफैसँग गरेको अठोटलाई कायमै राखेका छन् । उनी अहिले पनि नेपाली राहदानीमा अनुसन्धान वैज्ञानिक भिषामा अमेरीकामा कार्यरत छन् ।
शहर केन्द्रीत नेपालको विकासक्रम डा. सुदीपलाई चित्त बुझेको छैन । ग्रामिण क्षेत्रमा सुविधा र शिक्षा पु¥याउने उनको चाहना छ । ‘नेपालमा राजधानी केन्द्रीत विकास छ । मलाई बाग्लुङमा नै केही गर्ने चाहना छ । नेपाल फर्किएर दुर्गम ठाउँमा विद्यालय खोलेर क्षमता भएकालाई पढ्ने अवसर दिनुछ ।’ उनले आफ्नो योजना सुनाए ।
‘मसंगै पढेका अरु साथीहरु पनि म जस्तै क्षमता भएकाहरु पनि थिए । तर नेपालमा पढाउने सिस्टम राम्रो नहुँदा र अवसर समेत नपाउँदा उनीहरुको क्षमता खेर गएको छ’ आफू नेपालको राजनीतिमा फर्किनु पर्नाको कारण खुलाउँदै उनले लोकान्तरसँग भने, ‘अवसर र शिक्षा पाउन सके क्षमतावान् विद्यार्थीले नेपालको नाम विश्वमा राख्न सक्छन् । नेपालमा शिक्षा प्रणालीलाई सुधार गर्न सके ने कयौं साइन्टिस्ट जन्मन्छन् । उनीहरुले नेपालको नाम विश्वमा चिनाउन सक्छन् ।’
नेपाल फर्किए पछि उनको अर्को महत्वपूर्ण योजना छ । राजनीतिमा लागेर आफ्नो बुवाको सपनाहरुलाई पूरा गर्ने ।
‘मेरो योजना नेपाल नै फर्कने हो । अबको ५ देखि १० वर्ष भित्रमा म नेपाल फर्किन्छु । नेपाल फर्किएर राजनीति र अर्थव्यावस्थामा काम गर्ने चाहना छ ।’ उनले भने, ‘बुबाको मृत्यु पछि नै राजनीतिमा सक्रिय हुने मन थियो त्यतिबेला वातावरण नै मिलेन । अब नेपाल आएपछि राजनीतिमा सक्रिय हुनेछु ।’
रोल्पाका देवराज बुढामगर गाउँकै साधारण किसान हुन् । परिवर्तन गाउँपालिका–४ पाथावाङ निवासी देवराजका ६ छोरी र एक छोरा सरकारी जागिरे छन् । छोराको आसमा ६ छोरी जन्माए देवराज र उनकी श्रीमती नन्दाले । हुन पन...
बुटवलका कुलचन्द्र पाण्डे सफल पर्यटन व्यवसायी हुन् । कुनै समय भारतको एउटा कम्पनीमा काम गरेका पाण्डे अहिले रूपन्देहीमा ‘एसियन ब्राण्ड’ चम्काउने ‘टुरिजम’ उद्यमीका रूपमा चिनिन्छन् । तीन दशकअघि...
भनिन्छ– मरिसकेपछि पुगिने स्वर्ग कस्तो हुन्छ थाह छैन तर जिउँदै स्वर्ग हेर्न मन लागे रारा जानु । कर्णाली प्रदेशको मुगु जिल्लामा अवस्थित रारा ताललाई धर्तीको भूस्वर्गका रुपमा चित्रण गरिन्छ । राराको सुन्दरता, हावाप...
बुधवार काभ्रेको धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयका १ हजार ८३८ जना विद्यार्थीमाझ सनम ढकाल दृश्यमा आए । एमबीबीएसमा सर्वोत्कृष्ट भएर गोल्ड मेडल ल्याउँदै सनम दीक्षित भएसँगै सबैमाझ परिचित भएका हुन् । काठम...
मनीषा जीसीको वास्तविक नाम विष्णु घर्ती क्षेत्री हो । गुल्मीको धुर्कोट गाउँपालिका– ३ हाडहाडेकी विष्णुलाई धेरैले मनीषा भनेर चिन्छन् । उनै मनीषा लोक सेवा आयोगले लिएका पाँचवटा परीक्षामा एकसाथ नाम निकालेर अह...
समय : आइतवार बिहान ७ बजे स्थान : नलगाड नगरपालिका, १ चिउरी, जाजरकोट (भूकम्पले सबैभन्दा धेरै क्षति पुर्याएको ठाउँ) ‘मेरी आमालाई किन यस्तो भयो ? मलाई पनि बाँच्न मन छैन,...
नेपालमा भएका जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलन लगायतका आन्दोलनहरूको मूल आशय एकल जातीय एकात्मक राज्य संरचनालाई पुनर्संरचना गरी बहुलतामा आधारित समावेशी राज्य निर्माण गर्ने रहेको थियो । अर्थात्, जातीय उत्पीडन र आन्त...
एक दिन प्रातः भ्रमणमा गएको बेला कुनै एक सज्जनले सोधे– ‘कागहरू किन स्वतन्त्र हुन्छन् र सुगाहरू किन बन्धनमा पर्छन् थाहा छ ?’ मैले भनेँ– अहँ, थाहा छैन, भन्नुस् न किन त्यस्तो हुन्छ ?’ उत्त...
आगामी वर्ष २०८१/०८२ को बजेट तथा वार्षिक विकास कार्यक्रम प्रस्तुत हुने संवैधानिक समयसीमा एकदमै नजिक छ । अर्थशास्त्री, सर्वसाधारण, राजनैतिक कार्यकर्ता, विकास साझेदार, उद्यमी, लगानीकर्ता र बेतनभोगीहरू आ–आफ्नै ...