×

NMB BANK
NIC ASIA

विद्यालयको खानेपानीमा विष : गाउँलेलाई सपनाजस्तै ! गम्भीर बिरामीको आईसीयूमा उपचार हुँदै

साउन २९, २०७५

NTC
Premier Steels

विराटनगर – मोरङको लेटाङ नगरपालिकाको जाँतेस्थित श्री माध्यमिक विद्यालयमा बिहान करीब १० बजे अघि नै विद्यार्थी विद्यालयमा पुगिसकेका थिए । १० बज्न ५ मिनेट बाँकी हुँदा विद्यालयका प्रधानाध्यापक खेमराज दुलाल पनि विद्यालयमा पुगे ।

Muktinath Bank

विद्यालयमा प्रधानाध्यापक पुग्दा चहलपहल थियो । विद्यालयमा ४ सय ९२ विद्यार्थी छन् । केहीबेरमा जब केही विद्यार्थी एकाएक पेट दुख्यो भन्न थाले, अनि खोजबिन शुरू भयो । त्यही बिचमा केही विद्यार्थी कार्यालयमा रहेको खानेपानी पिउन गएका थिए । शिक्षक तथा अन्य कर्मचारीले धाराको पानी खानुस् भन्दा विद्यार्थीले गन्ध आएको र खानै नहुने रहेको भनेपछि बल्ला विद्यालयले त्यता ध्यान दियो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

धारामा गएर पानीको अवस्था बुझ्दा विषादी भएको थाहा पाएपछि त्यसबारे प्रहरीलाई जानकारी गराएपछि प्रहरी आएको थियो । प्रधानाध्यापक दु्लालका अनुसार विद्यालयको खानेपानी ट्यांकीमा विषादी मिसिएको पाइएपछि विद्यालय विदा गरिएको थियो । त्यसपछि विद्यार्थी बिरामी पर्न थालेको खबर आएपछि विद्यालयले गाउँभरि माइकिङ नै गराउनु परेको प्रधानाध्यापक दुलालले बताए । 


Advertisment
Nabil box
Kumari

जब गाउँमा माइकिङ भयो, त्यो बेलासम्म धेरै विद्यार्थी घरमा बिरामी परिसकेका थिए । बिरामी परेका विद्यार्थीलाई विद्यालयले उपचारको लागि उपस्वास्थ्य चौकी उर्लावारी ल्याएको थियो । उर्लावारी ल्याएका बालबालिकामध्ये २१ जनाको उपस्वास्थ्य चौकीमा उपचार भएको थियो भने अन्य ४ जनालाई थप उपचारको लागि विराटनगरमा रहेको नोबेल मेडिकल कलेज ल्याइएको छ ।

Vianet communication

उपस्वास्थ्य चौकीमा भर्ना भएकामध्ये केही बालबालिका उपचारपछि घर फर्किएका छन् भने केही बालबालिकाको त्यही उपचार भइरहेको प्रधानाध्यापक दुलाले बताए । 

४ जना नोबेलमा

बढी बिरामी भएका सृष्टी निरौला, मनिष थापा, कविता लिम्बु र खुस्बु मिश्रको नोबेल मेडिकल कलेज विराटनगरमा उपचार भइरहेको छ । ४ जनामध्ये खुस्बु मिश्रलाई आईसीयूमा राखेर उपचार भइरहेको छ ।

कक्षा ९ मा पढ्ने छोरी विषको कारण बिरामी भएको थाहा पाएर आएका फौदराज लिम्बु पनि छोरीसँगै नोबेल अस्पतालमा भेटिए । पहिला कहिल्यै यस्तो नभएको बताएका फौदराजले आज विद्यालयमा भएको घटना सपनाजस्तो लागेको सुनाए । ‘खै आज त के भयो भयो ? अस्पतालमा २४ घण्टासम्म राख्नुपर्छ भनेर डाक्टरले भनेका छन्,’ उनले भने ।

बिरामी विद्यार्थीका अभिभावक सिता निरौलाको बयान :-

बिहान ९ बजे नै छोरीहरू विद्यालय हिँडेका थिए । विद्यालय गएको केही घण्टामै उनीहरू घर फर्किए । बिहान पौने ११ बजे घरमा फर्किएका थिए । बालबालिका भुँडी पोल्यो भन्दै घर आएपछि मलाई डर लाग्यो ।

कागती, मोही खुवाएँ, त्यसले पनि केही गरेन, साबुन घोलेर फिँज खुवाएँ, त्यसले पनि काम नगरेपछि स्कूलको सरलाई फोन गरेर बोलाएँ । सर आएर हेरेपछि सरहरूले मंगलवारे लग्नु भन्नुभयो । दुवै छोरी सृष्टी निरौला र सिर्जना निरौला दुबै बिरामी परेका थिए ।

कान्छी सिर्जनाको मंगलवारेमा उपचार भइरहेको छ भने ठूली सृष्टीलाई लिएर नोबेल अस्पतालमा बसेकी छु । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

x