×

NMB BANK
NIC ASIA

सरकारी संरचनालाई पंगु बनाइँदै, जनस्वास्थ्यमाथि गम्भीर खेलवाड

कात्तिक २७, २०७५

NTC
Premier Steels

बुटवल – भौतिक र प्राविधिक संरचना र पूर्वाधारको अभावमा सरकारी निकायले प्रभावकारी काम गर्न नसकेको बताइन्छ । बजारमा हुने कालोबजारी र अखाद्य वस्तुको बिक्रीवितरणमा सरकारले कडाइ गर्न सकेको छैन ।

Muktinath Bank

बजारमा बिक्री हुने उपभोग्य वस्तुको गुणस्तर जाँच गर्न स्थापना भएका संरचनालाई नै सरकारी निकायले प्रयोगविहीन बनाउने गरेको पाइएको छ । सञ्चालनमा आएको १ वर्षमै बुटवलको हरियो तरकारी र फलफूलमा प्रयोग गरिएको विषादी परीक्षण गर्ने ‘विषादी अवशेष दु्रत विश्लेषण इकाई प्रयोगशाला’ बन्द भएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

बुटवल कृषि उपज तथा थोक बजार केन्द्रमा रहेको प्रयोगशाला कर्मचारी अभावले गएको असोज २० गतेदेखि बन्द भएको हो । प्रयोशाला बन्द हुँदा मानव स्वास्थ्यमा गम्भीर असर गर्ने विषादी परीक्षणमा बाधा पुगेको छ । 


Advertisment
Nabil box
Kumari

प्रयोगशालामा गत वर्ष भदौदेखि तरकारी तथा फलफूलमा हुने विषादीको ल्याब परीक्षण गरिँदै आइएको थियो । विषादी अवशेष दु्रत विश्लेषण इकाई बुटवलका कार्यालय प्रमुख रामबहादुर खत्रीले सरकारले प्रयोगशालाका लागि आवश्यक कर्मचारी खटाउन नसक्दा सञ्चालनमा आएको छोटो समयमै प्रयोगशाला अलपत्रजस्तै बनेको बताए ।

Vianet communication

‘प्रयोगशालाका लागि मसहित ३ जना कर्मचारी थियौं,’ बाली संरक्षण अधिकृत समेत रहेका प्रमुख खत्रीले भने, ‘१ जना कर्मचारीको करार सकिएपछि जानुभयो । करार थप भएन । अर्को १ जना ल्याब परीक्षण गर्ने प्राविधिकको काजसरूवा भएपछि म १ जनाले कार्यालयले खोलेर मात्र बसेको छु । परीक्षण गर्ने सबै कार्य विगत डेढ महिनादेखि पूर्ण रूपमा बन्द भएको छ ।’ 

प्रयोगशालाले १ वर्षको अवधिमा ११ प्रकारका तरकारी र फलफूलमा  मानव स्वास्थ्यका लागि ‘घातक’ (खान अयोग्य) रासायनिक विषादीको बढी प्रयोग गरिएको परीक्षणमा देखिएको थियो । भन्टा, सिम्ला र बोडी, मालभोग केरा, करेला काउली लगायतका ११ प्रकारका तरकारीमा खान अयोग्य ४५ प्रतिशतभन्दा बढी स्फ्याक्टोमिटर देखिएको थियो ।

पछिल्लो समय व्यावसायिक तरकारी खेती बढ्दै गएको छ । त्यसमा लाग्ने किरा नष्ट गर्न र छिटो प्रतिफल प्राप्त गर्ने उद्देश्यले तरकारीमा विषादी प्रयोग गरी तत्काल बजारमा ल्याउँदा मानव स्वास्थ्यमा गम्भीर असर पुर्याउँदै आएको छ । उपभोक्तालाई विषादीरहित तरकारी र फलफूल खुवाउने उद्देश्यले स्थापना गरिएको प्रयोगशाला बन्द भएपछि तरकारीमा जथाभावी विषादी प्रयोग गरेर उपभोक्ताको स्वास्थ्यमाथि गम्भीर खेलवाड गर्नेहरू पुनः सलबलाउन थालेका छन् । 

५ नम्बर प्रदेशमा बुटवल र नेपालगञ्जमा प्रयोगशाला थिए । नेपालगञ्जको प्रयोगशाला पनि कर्मचारी अभावले बन्द भएको खत्रीले जानकारी दिए । बाली संरक्षण निर्देशनालय अन्तर्गत करीब १ करोड रूपैयाँ लगानीमा स्थापना भएको प्रयोगशाला स्थापना गरिएको थियो । 

अहिले कार्यालय प्रमुखले कार्यालय खोल्ने र बन्द गर्ने काम मात्र गर्दै आएका छन् । गत वर्ष सरकारले बुटवलसहित मुख्य ७ सहरमा द्रुत प्रयोगशाला स्थापना गरिएको थियो । 

कार्यालयले प्रयोगशालासहित बजारमा छड्के अनुगमन, बिहानै बजार आएको तरकारी तथा किसानको खेत बारीमा पुगेरसमेत अनुगमन गर्दै समेत आएको थियो । तरकारीमा विषादीको मात्रा जथाभावी प्रयोग भइरहेको र विषादीको अवशेष नसकिँदै बजारमा बिक्री वितरण गरिँदा जनस्वास्थ्यमा प्रत्यक्ष असर परेकाले त्यसलाई नियन्त्रण गर्न प्रयोगशाला प्रभावकारी भएको थियो ।

‘प्रयोगशाला बन्द भएपछि अब छड्के अनुगमन पनि गर्न नसक्ने अवस्था भयो,’ प्रमुख खत्रीले भने, ‘हामी गएपछि किसानहरू तरकारीमा बढी विषादी प्रयोग गर्न केही हच्किएका थिए । अब फेरि बढी प्रयोग गर्न सक्ने छ । जसको रोकथाम गर्न कुनै सरकारको योजना छैन ।’ देशभर तरकारीमा विषादीको मात्रा बढेपछि सरकारले बुटवलसहित ७ प्रदेशमा द्रुत प्रयोगशाला स्थापना गरेको हो । 

काठमाडौंको कालीमाटीसहित बुटवल, नेपालगञ्ज झापाको विर्तामोड, सर्लाही, पोखरा र कैलालीमा स्थापना भएका प्रयोगशाला एकैसाथ सञ्चालनमा आएका थिए । बाली संरक्षण निर्देशनालयअन्तर्गत करीब १ करोड रूपैयाँको लगानीमा स्थापना भएको प्रयोगशाला सञ्चालनमा आएको हो । कृषि उपजमा दैनिक ३ सय मेट्रिक टनसम्म तरकारी आउने गर्छ । यहाँ आउने ३० प्रतिशत तरकारी र ७० प्रतिशत फलफूल भारतीय हुन्छन् । 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १५, २०८०

धनुषाको शहीदनगर नगरपालिकाका तत्कालीन शिक्षा संयोजक धनेश्वर यादवले झण्डै २ करोड पेस्की लिएर विभिन्न कार्यक्रमका नाममा नक्कली बिल भर्पाइ पेस गरि अनियमितता गरेको पाइएको छ । धनुषाको लक्ष्मीनियाँ गाउँपालिका...

पुस २६, २०८०

यातायात व्यवस्था विभागका महानिर्देशक उद्धवप्रसाद रिजालसहितको टोली सवारी चालक अनुमति पत्र (लाइसेन्स)मा प्रयोग हुँदै आएको स्मार्ट कार्डको गुणस्तर अनुगमनका लागि भन्दै जर्मनी जान लागेका छन् । टोलीमा विभा...

माघ २४, २०८०

काठमाडौं महानगरपालिका वडा नम्बर– ३ बाँसबारीमा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रनजिकै सञ्चालनमा छ, द चाँदबाग स्कूल । विनोद चौधरी नेतृत्वको सीजी ग्रुपअन्तर्गत सीजी एजुकेसनले सञ्चालन गरेको उक्त स्कू...

पुस २, २०८०

कार्यक्रम : राष्ट्रपति, उपराष्ट्रपतिसहित भीभीआईपीहरूको लर्को लागेको एउटा भव्य विवाह समारोह । ​ मिति : २०८० साल, मंसिर २९ गते, शुक्रवार​ स्थान : गोकर्ण रिसोर्ट, काठमाडौं । (पाँच तारे स्तरको डिलक्स रिसोर्ट) ...

पुस २०, २०८०

मकवानपुरको साबिक हर्नामाडी गाविसका रुद्रप्रसाद खतिवडाले २०८० साल कात्तिक २३ गते यातायात कार्यालय चितवनबाट 'ए' र 'बी' वर्ग (मोटरसाइकल, स्कूटर कार, जीप, भ्यान)को लाइसेन्स नवीकरण गराएका छन्...

मंसिर १८, २०८०

प्रत्येक भाषणमा पारदर्शिता र सुशासनको गफ लगाउने प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो सचिवालयलाई निकै जम्बो बनाएको पाइएको छ । परिवारका सदस्यदेखि आफूनिकटका व्यक्ति समेत झन्डै ३ दर्जन बढीलाई निय...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

x