×

NMB BANK
NIC ASIA

पश्चिमी साम्राज्यवादको पतन : वाशिङ्टन, लन्डन र पेरिसमा अव्यवस्था

माघ २, २०७५

NTC
Photo : rt
Premier Steels

नाटोले प्रवाह गर्ने गलत सूचनाले जेसुकै भनोस्, साम्राज्यवादको केन्द्रमा चरम अव्यवस्थाको स्थिति छ । 

Muktinath Bank

पश्चिमी साम्राज्यका तीन राजधानीहरू वाशिङटन, लन्डन र पेरिसमा शासन व्यवस्था धर्मराएको छ, सरकारी कामकाज ठप्प छ अनि पतनको संघारमा छ वा आफ्नै जनताको विरोधको चपेटामा छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उनीहरूले शत्रु ठानेका मस्को र बेइजिङमा बरू नववर्ष आशावाद र आत्मविश्वासका साथ आएको छ । यो तथ्य हो, यो समाचार हो । 


Advertisment
Nabil box
Kumari

हामी साम्राज्यको शीर्ष स्थानबाटै शुरू गरौं । अमेरिकी सरकार अहिले ठप्प छ अनि सरकारी निकायहरूबीच रडाको छ । 

Vianet communication

रक्षामन्त्री जिम म्याट्टिसले राजीनामा दिएका छन् अनि राष्ट्रपति डोनल्ड ट्रम्पले विदेशमा गरिँदै आएका महंगा र पराजयोन्मुख युद्धबाट अमेरिकालाई संलग्न नगराउने भनी गरेको निर्णयका कारण रिसाएका युद्धपिपासुहरूले धमाधम राजीनामा दिन थालेका छन् । राष्ट्रिय सुरक्षा सल्लाहकार जोन बोल्टनले सिरियाको विषयमा ट्रम्पलाई खुला चुनौती दिएका छन् र तल्लो सदनमा बहुमत ल्याएको डेमोक्रेटिक पार्टीले उनलाई महाअभियोग लगाउनका लागि कम्मर कसिरहेको छ । 

राष्ट्रपति ट्रम्प कति समय टिक्लान् भन्ने विषयमा कसैलाई थाहा छैन र उनका उत्तराधिकारीका रूपमा रहेका उपराष्ट्रपति माइक पेन्सका विचारलाई सर्सर्ती हेर्दा मात्र थाहा हुन्छ, ट्रम्पको ठाउँमा पेन्सलाई ल्याउने इच्छा कसैले पनि राखेको छैन । 

उता लन्डनमा बेलायती प्रधानमन्त्री टेरिजा मे मृत्युदण्डको सजाय पाएको व्यक्ति जस्तो गरी हिँडिरहेकी छन् । युरोपेली संघबाट बेलायतको बहिर्गमन अझै पनि अनिश्चितताको भुमरीमा छ जबकि ब्रेक्जिटका लागि अब जम्मा ७३ दिन बाँकी छ । संसदबाहिर हिंसा चर्किन थालेको छ, कुनै पनि खेमाले बहुमत पाउन सकेको छैन । अनि आमनिर्वाचन पनि तत्कालै गर्न मिल्ने अवस्था छैन किनकि चुनाव भयो भने साम्राज्यवादविरोधी नेता जेरेमी कोर्बीनले जित्ने सम्भावना रहन्छ र युद्धपिपासुलाई त्यो पच्ने कुरै भएन । 

नाम मात्रको ब्रेक्जिट जसलाई टेरिजा मेको डील भनेर पनि चिनिन्छ हाउस अफ कमन्समा प्रचण्ड बहुमतका साथ अस्वीकृत भइसकेको छ ।

तेस्रो विकल्प भनेको नयाँ जनमतसंग्रह हो । यस्तै जनमतसंग्रहको माग पेरिस तथा फ्रान्सका अन्य शहरहरूमा पनि उठ्ने सम्भावना छ । दोस्रो जनमतसंग्रहले इंग्ल्यान्डमा सामाजिक शान्तिमाथि जोखिम पार्ने सम्भावना छ । ब्रेक्जिटको पक्षमा मतदान गर्ने लाखौं मतदातासँग अब गुमाउनुपर्ने केही कुरा पनि बाँकी छैन । 

उता फ्रान्समा राष्ट्रपति इम्मानुएल म्याक्रोंको स्थिति फ्रान्सेली क्रान्तिपछि गिँडिएका लुई १७औंको जस्तो भएको छ । कुन बेला उनको कार्यालयमा विरोधीहरू पसेर ध्वस्त गर्ने हुन्, पत्तो छैन । 

केही दिनअघि म्याक्रोंका प्रवक्तालाई पछाडिको ढोकाबाट भगाउनुपरेको थियो किनकि विरोधकर्ताहरूले हाइज्याक गरेको एक ट्रक प्रवक्ताको सरकारी कार्यालयको ढोका फोरेर भित्र पसेको थियो । म्याक्रोंले डामास्कसमा अस्थिरता मच्चाउनका लागि गरेको प्रयास र किएभमा गरेको उत्पात अहिले फर्किएर फ्रान्सेली गणतन्त्रको आधारलाई नै हल्लाउन थालेको छ । 

म्याक्रोंले जतिसुकै बेवास्ता गरेपनि विगत दश हप्तादेखि सबै राजनीतिक विचारधाराका फ्रान्सेलीहरूले राष्ट्रपतिको राजीनामा माग्दै चर्को र क्रमशः हिंस्रक हुँदै गएको प्रदर्शन गरिरहेका छन् । म्याक्रोंले विरोध साम्य पार्न गरेका जुनसुकै कामले पनि विरोधकर्ताहरूलाई शान्त बनाउन सकेको छैन । 

इटलीका उपप्रधान तथा गृहमन्त्री म्यात्तियो साल्भिनीले व्यक्तिगत रूपमा फ्रान्सेली राष्ट्रपतिलाई निन्दा गर्दै उनी ‘आफ्नो जनताविरुद्ध रहेको’ बयान दिएका छन् । यसरी उनले विरोधकर्ता पहेंलो ज्याकेटहरूको पक्ष लिएका छन् । 
शनिवार लन्डनमा मानिसहरूले पहेंलो ज्याकेट आन्दोलनकै तरिका अपनाउँदै बेलायती सरकारको सेवा कटौतीसम्बन्धी निर्णयको भव्य विरोध गरे । केन्द्रले थाम्न नसक्ने स्थिति आएको छ । 

पुरानो व्यवस्था मरिरहेको छ र नयाँ जन्मिन सकेको छैन । पश्चिमले बेलैमा ध्यान नपुर्‍याउने हो भने राक्षसहरूको समय आउने देखिएको छ ।

(पश्चिमको यो अस्तव्यस्तताका पछाडि नवउदारवाद कारणका रूपमा रहेको कुरा प्रस्ट छ । आरटीमा प्रकाशित अर्को लेखमा केन लिभिङस्टोनको निष्कर्ष यहाँ सान्दर्भिक ठहर्छ । उनी भन्छन्, ‘संसारभरि हामीले महाधनी र ठूला कर्पोरेट हाउसहरूका झूटलाई चुनौती दिने अनि त्यस्ता कर्पोरेटका कठपुतलीका रूपमा रहेका राजनीतिकर्मीहरूको भण्डाफोर गर्ने काममा लाग्नुपर्छ । युरोप र अमेरिका दुवैमा ४० वर्षदेखि राज गरिरहेको नवउदारवादलाई अन्त्य नगरेसम्म स्थिति झनझनै खराब हुँदै जानेछ ।)

आरटीमा प्रकाशित जर्ज ग्यालोवेको विश्लेषणको भावानुवाद

hAMROPATRO BELOW NEWS
TATA Below
माघ १५, २०८०

अन्तिम समयमा आएर कुनै फेरबदल नभएको खण्डमा सम्भवत: आज एनसेलको शेयर खरिद बिक्री सम्बन्धमा छानबिन गर्न सरकारले गठन गरेको समितिले आफ्नो अध्ययन प्रतिवेदन बुझाउने छ । बहस चरम उत्कर्षमा पुगेका कारण एक निजी कम्पनीको अप्...

मंसिर २६, २०८०

दुई–दुईपटक मिर्गौला फेरेको शरीर । मध्यजाडो नजिकिँदै गरेका मंसिरका चिसा दिन । त्यसमाथि वृद्धावस्था । यस्तो बेला ७० नाघेकाहरूको अधिकांश समय ओछ्यानमै बित्छ । नभए पनि घरको चार दिबारभित्र आराम गरेर अनि तात...

बैशाख ११, २०८१

फागुन २१ मा नाटकीय ढंगले सत्ता समीकरण बदलिएको दुई महिना पनि नबित्दै नयाँ समीकरणका लागि कसरत भइरहेको संकेत देखिएको छ । नेपाली राजनीति तथा सत्ताका खेलाडीसँग निकट विश्वसनीय स्रोतले भित्रभित्रै अर्को नयाँ स...

पुस ६, २०८०

एकाधबाहेक अधिकांश मन्त्रीले प्रभावकारी कार्यसम्पादन गर्न नसकेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वयंले मन्त्रीहरूलाई प्रस्ट चेतावनी दिएका छन् । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका ला...

माघ १८, २०८०

चरम आर्थिक संकटबाट गुज्रिएको श्रीलंकाले सन् २०२२ को अन्त्यतिर औषधि किन्ने क्षमता पनि गुमाएको थियो । ५० अर्ब डलरभन्दा बढीको विदेशी ऋण 'डिफल्ट' भएको थियो भने लाखौंले रोजगारी गुमाएका थिए । दशौं लाख मान्छे...

माघ १८, २०८०

सत्ता र शक्तिको आडमा गैरकानूनी ढंगले सरकारी जग्गा हडप्ने नेपालको शक्तिशाली व्यापारिक घराना चौधरी ग्रुपमाथि राज्यको निकायले पहिलोपटक छानबिन थालेको छ । काठमाडौंको बाँसबारीमा ठूलो परिमाणमा सरकारी जग्गा...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x