×

NMB BANK
NIC ASIA

'मनकामना केबुलकार पोखरा कप'मा पाहुना टोलीसँग च्यासल पराजित

माघ १६, २०७५

NTC
Premier Steels

पोखरा -पाहुना टोली क्यामरुनको डिफेन्स टिम 'फेमेली'ले राजुकाजी शाक्यको च्यासल क्लबलाई झिनो गोलअन्तरले पराजित गरेको छ । छैटौं संस्करणको मनकामना केबुलकार पोखरा कप फुटबल प्रतियोगिताको दोस्रो दिन बुधबारको खेलमा पाहुना टोलीले च्यासललाई १–० गोलअन्तरले पराजित गरेको हो ।

Muktinath Bank

यस सिजनमा नेपालका दुई प्रतियोगितामा पहिलो चरणमै पराजित व्यहोरेको क्यामरुनी टिमलाई पोखरा रंगशालामा भने यान्निकको एकमात्र गोल नै पर्याप्त हुँदा क्वार्टरफाइनल यात्रा सहज बन्यो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

खेलको १२ औं मिनेटमा यान्निकले करिब २० यार्ड नजिकबाट प्रहार गरेको बलले जाली चुम्दा च्यासल पछि परेको हो । खेल सुरुवातबाटै दबाबमा परेको च्यासलले अग्ला कदका खेलाडी सामु जित निकाल्न कठिन भयो ।


Advertisment
Nabil box
Kumari

२५ औं मिनेटमा इल्भासले डि–बक्स नजिकबाट प्रहार गरेको बल विपक्षी गोलरक्षक प्रिसोले पञ्च गरी उत्कृष्ट बचाउ गरे । पहिलो हाफको अन्त्यतिर इल्भासले डि–बक्सबाट प्रहार गरेको बल फष्ट बार हुँदै बाहिरिएको थियो ।

Vianet communication

खेलको ७८ औं मिनेटतिर लगातार २ वटा पोस्ट चार्ज गरेका बिक्रम लिम्बुको बल विपक्षी गोलरक्षक डफिन्सले उत्कृष्ट बचाउ गरे । सजिन थापामगरले खेलको अन्तिम समयमा डि–बक्स नजिकबाट पाएको बल सदुपयोग गर्न भने चुके ।

करिब २० यार्ड नजिकबाट यान्निकले पोष्ट चार्ज गर्दा विपक्षी गोलरक्षक दिनेश थापामगरले बचाउ गरे । टिना र अर्मिलले पाएका केही अवसर सदुपयोग हुन सकेनन् । खेलको ३३ औं मिनेटमा क्यामरुनी टोलीले गोलअन्तर दोब्बर पार्ने अवसर गुमायो ।

सायलो मार्टिनले हानेको फ्रिकिक पावर सट बल क्रसबारबाट बाहिरियो । च्यासलले खेल अवधिभर गोलका केही अवसर गुमाउँदा अन्ततः पहिलो चरणबाटै बाहिरिन पुगेको हो । खेलमा म्यान अफ दी म्याच डफिन्सका गोलरक्षक प्रिसो घोषित भए । जितपछि डफिन्सका व्यवस्थापक आशीष थापामगरले पोखरामा फुटबलमा प्रशिक्षण मैदान अभाव भएकोले च्यासलविरुद्ध खेल सोचे जस्तो प्रदर्शन गर्न नसकेको बताए ।

अर्को खेलमा उत्कृष्ट प्रदर्शन गर्ने जनाए । क्यामरुनी खेलाडी नेपालमा सञ्चालनको तयारीमा रहेको फ्रेन्चाईज लिगमा नेपाली क्लबहरुबाट खेल्ने अवसरको रुपमा नेपाल आएको हो । च्यासल प्रशिक्षक राजुकाजी शाक्यले भने पोस्ट म्याच कन्सरेन्समा उपस्थित हुन चाहेनन् ।

आयोजक कास्की जिल्ला फुटबल संघले प्रतियोगिताको टाइसिट अझै सार्वजनिक गरिसकेको छैन । लिगपछि मोफसलका विभिन्न सहरमा प्रतियोगिता भैरहेकोले एकबाट अर्को ठाउँमा खेलाडी जाने–आउने भइरहेको छ ।

अन्य प्रतियोगिता आधारमा टिम सहभागी हुने गरेका छन् । आयोजकले विहीवारको खेल भने स्थगित भएको जनाएको छ । शुक्रबार घरेलु टिम पोखरा–११ र ब्रिगेड व्याइजबीच हुनेछ । आयोजकले विहीवार थ्रिस्टार ल्याउने तयारी गरेकोमा सम्भव नभएको जनायो ।

यसअघि उद्घाटन खेलमा हिमालयन शेर्पा क्लबलाई पराजित गर्दै थ्रिस्टार अघिल्लो चरणमा प्रवेश गरिसकेको छ । १२ टिम सहभागी हुने प्रतियोगिता २६ माघमा सकिने आयोजक संघ अध्यक्ष मिलन गुरुङले बताए । विजेताले ७ लाख ५५ हजार र उपविजेताले ४ लाख ५ हजार रुपैयाँ पाउने छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x