विराटनगरमा महिला साफ च्याम्पियनसिप शुरू, प्रचण्डले गरे उद्घाटन

फागुन २८, २०७५

विराटनगर- विराटनगरमा महिला साफ च्याम्पियनसिपको मंगलवार उद्घाटन गरिएको छ । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले  साफ च्याम्पियनसिपको उद्घाटन गर्दै खेलको माध्यामबाट दक्षिण एशियामा साफले सद्भावना र एकताको लागि नयाँ सन्देश दिने बताएका छन् । 

अध्यक्ष प्रचण्डले काठमाडौंमा मात्र नगरे विराटनगरमा आयोजना हुनु विचित्र ऐतिहासिकता रहेकोले आयोजकप्रति धन्यवाद दिए । खेलकुद मन्त्रालय, खेलकुद परिषद, प्रदेश सरकार, विराटनगर महानगरपालिकाको तर्फबाट भएको सहयोगको प्रशंसा गरे ।   


ADVERTISEMENT

देश सामाजिक विकासको नयाँ मोडमा अगाडि रहेको बताउँदै उनले मुलुक विकासको नयाँ युगको चरणमा पुग्न लागेको बताए । फुटबलमा महिला सहभागिता र पहल कदमी प्रेरणाको विषय भएको बताउँदै यो नेपालको लागि खुशीको कुरा भएको बताए । यस्ता प्रतियोगिताबाट नेपाल र नेपाली महिलाहरूले रेकर्ड बनाउँदै जाने र अन्तर्राष्ट्रिय स्तरमा आफूलाई स्थापित गर्दै जाने कुरामा सफलता प्राप्त भएकोमा उनले खुशी व्यक्त गरे ।

सामाजिक सद्भाव र संवेदनशील समाज निर्माणको लागि खेलकुदका् महत्व रहेकाले नेपाल सरकारको ध्यान खेलकुदलाई संस्थागत विकास गर्नेमा केन्द्रित रहेको उनले सुनाए । उनले शिक्षा र खेलकुदलाई ठोस रूपमा अगाडि बढाउने काम भइरहेको बताए । 

फागुन २८, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस