×

NMB BANK
NIC ASIA

सुर्खेत–कर्णालीको राजधानी खाल्डामय र धुलाम्मे भएको छ । विगतमा जाडो मौसमको कारण देखाउँदै विकास निर्माण गर्न नसकेको बताउँदै आएको प्रदेश सरकार तथा नगरपालिकाको अहिले बिस्तारै बोली फेरिन थालेको छ । नगरपालिका जाने बाटो, मुख्यमन्त्री कार्यालय जाने बाटो, प्रदेशसभा जाने बाटो, सामाजिक विकास मन्त्रालय जाने बाटो लगायतका सबै बाटोको हालत दयनीय बन्न पुगेको छ ।

Muktinath Bank

‘बाटोको अवस्था सुधार गर्छु भन्नेहरू अहिले कानमा तेल हालेर सुतेका छन् । सिंहहरुलाई निद्राबाट व्युँझाउन दमाहा नै बजाउनुपर्ला जस्तो छ,’ पत्रकार चिन्तामणि शर्मा भन्छन्, ‘यदि चाहेको भए दुवै सरकारको सहभागितामा फ्रिज हुने रकम प्रयोग गरेर राजधानीको सडक चिल्लो पार्न सकिन्थ्यो ।’ उनले स्थानीय तथा प्रदेशका जनप्रतिनिधिहरू कुरा गर्नकालागि मात्रै आएको जस्तो देखिएको बताए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

अर्का स्थानीय रामबहादुर थापाले प्रदेश  सरकारले खर्च नहुने बजेटलाई रकमान्तर गरेर भएपनि राजधानीका सडक कालोपत्रे गर्न अग्रसर हुनुपर्नेमा जोड दिन्छन् । ‘यो वर्षको बजेट अन्यत्र खर्च गर्न सकिने अवस्था कमै छ,’ उनले भने, ‘प्रदेश सरकारले सडक निर्माणमा ध्यान दिनसके र पर्याप्त बजेटको व्यवस्थापन गर्न सके राजधानीका सडक यहि वर्ष बन्न सक्छन् । बस नेतामा काम गर्ने दृढ इच्छाशक्ति आवश्यक छ ।’


Advertisment
Nabil box
Kumari

वीरेन्द्रनगर नगरपालिकाकी स्थानीय सरस्वती गिरी स्थानीय सरकारले दुई बजेट कार्यान्वयन गरिरहँदा केहि प्रगति देख्न नसकिएको बताइन् । ‘गत वर्षको बजेट खर्च हुँदा नगरपालिकाले केहि काम गरेको देखिएन । यो पाली प्रदेश सरकारको हालत पनि उस्तै छ,’ उनले भनिन्, ‘प्रदेश सरकारसँग फालाफाल बजेट भएता पनि त्यसको समुचित प्रयोगमा सरकारले ध्यान दिनुपर्छ । नगरपालिकामा बजेट अभाव भनिरहेका बेला प्रदेश सरकारले यो बारेमा चासो राख्न जरुरी छ ।’

Vianet communication

यता, वीरेन्द्रनगर नगरपालिकाले भने आफूसँग बजेट नै नभएको बताउँदै आएको छ । ‘नगरका सडक बनाउन हामीलाई ७८ करोड रुपैयाँ बजेटको आवश्यकता छ । कतैबाट त्यति बजेट पाए सडकको मुहार नै बदल्न सकिन्छ,’ नगरप्रमुख देवकुमार सुवेदी भन्छन्, ‘यसबारेमा विभिन्न निकायसँग कुराकानी भइरहेको छ । बजेट उपलब्ध गराउन प्रदेश सरकारसँग अनुरोध गरेका छौं । प्रदेश सरकार सकारात्मक देखिएको छ ।’

नगरपालिकाले साझेदारीमार्फत सडक निर्माणका लागि दुई करोड रुपैयाँ बजेट विनियोजन गरेको र केहि दिनमै प्रदेश सरकारसँगको साझेदारीमा मंगलगढीबाट काँक्रेविहार जाने बाटोको टेण्डर आव्हान गर्ने उनको भनाई छ । ‘सडक निर्माणमा हामीले बारम्बार चासो दिँदै आएका छौं,’ उनले भने, ‘फोर लेन सडक, टु लेन सडक निर्माण कार्यमा तीव्रता आएको छ ।’

प्रदेश  सरकार पनि रकमान्तर गरेर सडक निर्माण गर्ने कुरामा सकारात्मक छ । सरकारका प्रवक्ता तथा भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री विमला केसीले रकमान्तर गरेर भएपनि बजार क्षेत्रका सडकको अवस्था सुधार गर्ने बारेमा अनौपचारिक छलफलहरू भइरहेको बताइन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x