×

NMB BANK
NIC ASIA

बर्माको रंगूनमा नेपाली साहित्यकारहरू सम्मानित

चैत २०, २०७५

NTC
Premier Steels

रंगून (बर्मा) - बर्मामा नेपालीहरूको बाहुल्य भएका शहर तथा बस्तीहरूमा शैक्षिक तथा साहित्यिक कार्यक्रम आयोजना गरिएको छ । 

Muktinath Bank

नेपाली भाषा, साहित्य तथा शिक्षा जागरण, नेपाली जातीय चेतना, नेपाली समाजको सामाजिक अध्ययन सहित म्यान्मा–नेपालबीचको साहित्यिक तथा सांस्कृतिक आदानप्रदानको उद्देश्यले अखिल म्यान्मा देशीय हिन्दू धार्मिक संघको तत्त्वावधानमा गोर्खाली गाथाको ऐतिहासिक विरासत कायम राखी नेपाली जातीय पहिचान र अस्तित्व बोकेकाहरूले उक्त कार्यक्रम आयोजना गरेका हुन् ।  


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नेपालबाट म्यन्माको भ्रमणमा सहभागी नियात्राकार युवराज नयाँघरे, भानु प्रतिष्ठानका महासचिव ऋषभदेव घिमिरे तथा पत्रकार अश्विनी कोइरालाको टोलीलाई टमू शाखाले पहिलो स्वागत गरेको थियो । 


Advertisment
Nabil box
Kumari

टमूमा आयोजित कार्यक्रममा टमूका साहित्यकार रुद्र गजुरेल, अमित घिमिरे तथा शिक्षा विभाग प्रमुख कुसुम गौतमले म्यान्मामा नेपाली भाषा, साहित्य तथा शैक्षिक अवस्थितिका बारेमा विभिन्न विचार राखेका थिए । 

Vianet communication

सोही अवसरमा नेपालबाट म्यान्मा पुगेका तीनैजना सर्जकले नेपाली भाषा र साहित्य समृद्ध पार्न सिर्जनात्मक र रचनात्मक भूमिका खेल्ने धारणा व्यक्त गरेका थिए । 

सद्भावना यात्रालाई अखिल म्यान्मा देशीय हिन्दू धार्मिक संघ केन्द्रीय समितिसँग संयोजन गर्दै नेपाली साहित्यिक परिवार टमूका अमित घिमिरेले माण्डले, यकसक, टाउँजी, मिचिना लयागतका क्षेत्रमा नेपाली जनजीवनको सामाजिक अध्ययन, साहित्यिक तथा शैक्षिक कार्यक्रम, अन्तर्क्रिया, कविगोष्ठी समेतको संयोजन गरेका थिए । 

माण्डलेमा आयोजित कार्यक्रममा नेपालबाट आएका स्रष्टालाई हिन्दू संघका केन्द्रीय अध्यक्ष सागर घिमिरे लगायतका केन्द्रीय समितिका पदाधिकारीले सम्मान रेका थिए । 

म्यान्माको राजधानी यांगौं (रंगून) मा आयोजित विशेष कार्यक्रममा म्यान्माको साहित्यिक तथा शैक्षिक स्तरोन्नति, साहित्यिक एवं सांस्कृतिक आदानप्रदान, अनुवाद संग्रह प्रकाशन आदिका बारे अन्तर्क्रिया कार्यक्रम सम्पन्न भयो ।

उक्त कार्यक्रममा साहित्यकारहरू ठाकुर गुरागाईं, विष्णु पन्थी, टेकनारायण रिमाल, धनी गौतम, प्रवीणहरि प्रधान, लक्ष्मण न्यौपाने, मोती गुरागाईं, अमित घिमिरे, चतुर्वेदी खनाल आदिले आआफ्नो विचार, धारणा र रचना प्रस्तुत गरेका थिए । 

सोही अवसरमा नेपालबाट म्यान्मा आउनुभएका साहित्यकारहरूलाई यांगौं शाखाद्वारा सम्मान गरिएको थियो । 

कार्यक्रम शाखा अध्यक्ष चित्र जीसीको सभापतित्वमा सम्पन्न भएको थियो ।

hAMROPATRO BELOW NEWS
TATA Below
बैशाख ७, २०८१

दिवंगत साहित्यकार प्रकट पङ्गेनी (शिव) का प्रकाशन हुन बाँकी कृति गण्डकी प्रज्ञा–प्रतिष्ठानले प्रकाशन गरिदिने भएको छ ।  प्रतिष्ठानका कुलपति सूर्य खड्का विखर्चीको अध्यक्षतामा बिहीबार बसेको बैठकले गजलकार ...

मंसिर २, २०८०

गोपाललाई सानैदेखि धूमपानको लत बसेको थियो, शायद संगतको प्रभाव भनेको यही हुनुपर्छ । घरमा बाबुदाजुहरू हुक्का तान्थे । त्यति बेलाको चलन के भने सबैभन्दा सानोले तमाखु भर्नुपर्ने । त्यतिसम्म त ठीकै थियो, सल्काएर समे...

चैत ३०, २०८०

लोकान्तर डट्कमका स्तम्भकार कमल रिजालसहित २२ जना साहित्यकार तथा प्रतिभालाई नइ पुरस्कार प्रदान गरिएको छ । गोरखापत्रका पूर्वप्रधान सम्पादकसमेत रहेका साहित्यकार रिजाललाई संस्कृतिमा प्राज्ञिक योगदानका लागि ’नइ...

चैत ३०, २०८०

लेखक एवं पत्रकार अखण्ड भण्डारीको उपन्यास ‘बोरा’ विमोचन भएको छ ।  अन्नपूर्ण पोस्ट दैनिकका प्रधान सम्पादक भण्डारीको ‘बोरा’ उपन्यास शुक्रवार काठमाडौंमा आयोजित कार्यक्रममा विमोचन गरिए...

कात्तिक ८, २०८०

पहाडमा उखु पेलेर खुदो पकाउने समय पारेर मधेशको गर्मी छल्न राजेन्द्र काका (ठूलो भुँडी लागेकाले हामीले मोटे अंकल भन्थ्यौं) गुल्मीको पहाड घरमा आउँथे । चैत–वैशाखको समयमा कोलबाट पेल्दै गरेको उखुको रस, रसेट...

कात्तिक ८, २०८०

असोज तेस्रो साता बिहीबार, बुकीबाट गोठ औल झर्ने दिन । लाहुरेहरू आउनु र बुकीबाट गोठालाहरूको हुल गाउँमा झर्नु दशैंको रौनक हो । ‘भोलि साँझ डाँफे चराउन जाने’, सुत्ने बेला गोठमा सल्लाह भयो । घर...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

x