पक्राउ परेसँगै पूर्वराष्ट्रपतिले गरे आत्महत्या, हाने आफैंलाई गोली

बैशाख ४, २०७६

पेरुका पूर्वराष्ट्रपति अलान गार्सियाले गोली प्रहार गरी आत्महत्या गर्नुभएको छ । 

आफ्नै घरमा उहाँले बुधबार आफ्नै टाउकामा आफँैले गोली प्रहार गरेको अधिकारीहरुले जानकारी दिएका छन् ।
उहाँमाथि लगाइएको भ्रष्टाचारसम्बन्धी आरोपमा अनुसन्धानका लागि प्रहरीले पक्राउ गर्न लाग्दा उहाँले आत्महत्या गरेको उहाँका वकिल र अस्पतालका अधिकारीहरुले जनाएका छन् ।
घटनालगत्तै ६९ वर्षीय गार्सियालाई लिमास्थित कासिमिरो उल्लोआ आपत्कालीन अस्पतालमा लगिएको थियो । पोष्टमार्टम गर्दा उहाँको टाउकामा ठूलो घाउ देखिएको चिकित्सकहरुले जानकारी दिएका छन् । 
गार्सियाका वकिल इरास्मो रेयनाले अस्पताल परिसरमा पत्रकारहरुसँग भन्नुभयो, “यो बिहान एउटा नराम्रो घटना भयो, राष्ट्रपतिले आफँैले आफँैलाई गोली प्रहार गर्ने अनौठो र अति अप्रिय निर्णय लिनुभयो ।”


ADVERTISEMENT

बैशाख ४, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस