×

NMB BANK
NIC ASIA

बुटवल- आर्थिक लेनदेनको विषयलाई लिएर अर्घाखाँचीका एक युवामाथि हत्या प्रयास भएको छ । अर्घाखाँची छत्रदेव गाउँपालिका वडा नम्बर ४ का कैलाश भुसाललाई गाउँकै सुवास भुसालले हत्या प्रयास गरेका हुन् । 

Muktinath Bank

दुई दाजुभाई अर्घाखाँचीबाट बुटवल झर्न भनेर आइतवार पाल्पा हुँदै आउने भनेर मोटरसाइकलमा हिँडे । साँझ पाल्पाको खुसार्ने भन्ने ठाउँमा बास बसे । सोमवार बिहान खुसार्नेबाट हिँडे । पाल्पाको बल्ढेङगढी भन्ने ठाउँमा आएपछि सुवासले थकाइ लाग्यो भनेर बाइक रोक्न लगाए । सडकको डिलका बसेका कैलाशको घाँटीमा खुकुरी हाने । घाटीमा उनको चोट लागेको छ । हातले छेक्न खोज्दा उनको हात काटिएको छ । चुँडिने अवस्थामा हात छ ।  


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सुवासले कैलाशलाई भने, 'तँलाई मार्छु ।' तर कैलाशले भने, 'मलाई नमार, मलाई तिर्नपर्ने पैसा तिर्न पर्दैन । मलाई पैसा चाहिँदैन, म बाँच्न चाहन्छु। त्यसपछि सुवासको मोबाइलबाट बुटवलको पार्क प्लाजाका होटल सञ्चालक माधव खनाललाई फोन आयो । फोनमा 'मलाई एक जनाले हानेर गम्भीर चोट लागेको छ । मलाई एम्बुलेन्स पठाइदेउ' भनेपछि माधवले एक जना साथीलाई भनेर एम्बुलेन्स पठाए ।  उनलाई बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार गरिएको छ । कैलाश बुटवलमा पार्क प्लाजा होटलमा काम गर्दै आएका बताइएको छ । एम्बुलेन्समा सुवास पनि आएका थिए । 


Advertisment
Nabil box
Kumari

गम्भीर घाइते कैलाश होसमा छैनन् । उनको बुटवलको लुम्बिनी प्रादेशीक अस्पतालमा अप्रेशन शुरू भएको छ’ इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डिलबहादुर मल्लले भने । आर्थिक लेनदेवको विषयलाई लिएर हत्या प्रयास भएको देखिएको मल्लले जानकारी दिए । 

Vianet communication

सुवासले कैलाशलाई ८ लाख रुपैयाँ तिनुपर्ने रहेको बताइएको छ । त्यही पैसा नर्तिन उनले नै घरबाट योजना बनाएर हत्या प्रयास गरेको देखिन्छ । 

कैलाशको बायाँ हात र गर्दनमा गहिरो चोट लागेको छ । हात चुँडिने अवस्थामा छ । उनलाई काठमाडौं लैजाने प्रयास भएको खनालले जानकारी दिए । हत्या प्रयास गर्ने आरोपित सुवास भुसालले नै एम्बुलेन्समा अस्पताल ल्याएको प्रहरीको भनाइ छ । प्रहरीले सुवासलाई नियन्त्रणमा लिएर थप अनुसन्धान शुरू गरेको जनाएको छ । सुवास तिलोत्तमामा बिजुली पसलका सञ्चालक रहेको खुलेको छ । प्रहरी नियन्त्रणमा दोभाव प्रहरी चौकीमा राखिएको छ । सुवास रुपन्देहीमा बिजुली पसल रहेको बताइएको छ । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x