‘रातो टीका निधारमा’को शुभ साइत

बैशाख २५, २०७६

काठमाडौं- निर्माता तथा निर्देशक अशोक शर्माले आफ्नो नयाँ चलचित्र ‘रातो टीका निधारमा’को शुभ साइत गरेका छन् ।

अशोकले यस चलचित्रमार्फत आफ्नो छोरा अंकितलाई डेब्यू गराउँदैछन् । केही दिनपछि छायांकन हुने चलचित्रमा साम्राज्ञी राज्यलक्ष्मी शाह, अंकित शर्मा, नीता ढुंगाना, खुश्बु खड्का लगायतको अभिनय रहनेछ । त्यस्तै रबिन्द्र झा, बुद्धि तामाङ लगायतको पनि चलचित्रमा अभिनय रहने बुझिएको छ ।


ADVERTISEMENT

आउँदो दशैंको अवसरमा चलचित्र प्रदर्शनमा ल्याईने निर्माण यूनिटले जनाएको छ । दशक अगाडी प्रदर्शनमा आएको शर्मा निर्देशित ‘अल्लारे’ चलचित्रमा समावेश गीत ‘रातो टीका निधारमा’बाट उनले चलचित्र बनाउन लागेका हुन् ।

अशोक गतवर्ष प्रदर्शनमा आएको ‘जय भोले’मार्फत १२ वर्षपछि चलचित्र निर्माण, निर्देशनमा फर्किएका हुन् ।

बैशाख २५, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा समाचार