×

NMB BANK
NIC ASIA

अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणको सद्भावना दूतमा पारस र सन्दीप

बैशाख २६, २०७६

NTC
Premier Steels

काठमाडौं- धुर्मुस–सुन्तली फाउण्डेशनको संयोजनमा जनस्तरबाट निर्माण हुने ‘गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला’ निर्माण अभियानका लागि खेलकुद समिति गठन गरिएको छ । 

Muktinath Bank

तेक्वान्दो खेलाडी दिपक बिष्टको संयोजनमा फाउण्डेशनको कार्यालयमा १३ सदस्य समिति गठन गरिएको हो भने ४ सदस्य सल्लाहकार समिति र सम्पूर्ण खेलकुदसंग सम्बन्धित संघसंस्थाका अध्यक्षहरु पदेन सल्लाहकार रहने गरी समिति गठन भएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सल्लाहकारहरुमा किर्तिमानी धावक बैकुण्ठ मानन्धर, नेपाली फुटवलका पूर्व कप्तान राजु शाक्य, नेपाल क्रिकेट संघका पूर्व सि.ई.ओ. भावना घिमिरे र राष्ट्रिय क्रिकेट टीमका प्रशिक्षक समेत रहेका जगत टमाटा समितिमा रहेका छन् । त्यसका साथै यो अभियानको सद्भावना दुतका रुपमा राष्ट्रिय क्रिकेट टिमका कप्तान पारस खड्का र राष्ट्रिय खेलाडी सन्दिप लामिछाने रहेका छन् ।


Advertisment
Nabil box
Kumari

देशैभरी रङ्गशाला निर्माणको अभियान चलिरहेका बेला खेलाडीहरुको समेत उपस्थिती रहने गरी उक्त समिति गठन गरिएको बताईएको छ । समितिमा देशका चर्चित तथा अनुभवी खेलाडीहरु र संघसंस्था समावेश गरिएको संयोजक बिष्टले जानकारी दिएका छन् ।

Vianet communication

खेलकुद समितिमा हरि खड्का (फुटवल), संगिना बैद्य (तेक्वान्दो), भरत शाह (भलिवल), बिनोद दास (क्रिकेट), गौरिका सिंह (पौडी), दिपक श्रेष्ठ (कराँते), रुबिना क्षेत्री (क्रिकेट), सरस्वती चौधरी (भलिवल), दिपक महर्जन (बक्सिङ), महेश्वर महर्जन (वडि विल्डिङ), सावित्री भण्डारी ‘साम्बा’ (फुटवल), अनिल गुरुङ (फुटवल) र छुम्बी लामा लगायतको समिति रहेको संयोजक बिष्टले बताएका छन् ।

समितिले रंगशाला निर्माणका लागि देश विदेशमा बिभिन्न आर्थिक संकलनका अभियानहरु संचालन गर्ने र सबै खेलाडीहरुलाई अपनत्व ग्रहण हुने गरी सहयोग गर्ने छ । ‘धुर्मुस सुन्तली आफ्नो कार्यक्षेत्र छोडेर हाम्रा लागी स्टेडियम र खेलकुद हव बनाउँन लाग्नुभएको छ, हामीले पनि हाम्रो तर्फबाट केही गर्न सकिन्छ र गरौं भन्ने हेतुले समिति गठन गरेका हौं’ संयोजक बिष्टले भने –‘यो समिति सक्रिय रुपमा बिभिन्न अभियान चलाउँदै अघि बढ्नेछ, विभिन्न ठाउँबाट सबैले सहयोग र साथ दिनुहुनेछ भन्ने कुरामा आशावादी छौं ।’

रङ्गशाला निर्माण अभियानका लागि फाउण्डेशनले नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान पारस खड्का र राष्ट्रिय खेलाडी सन्दीप लामिछानेलाई सद्भावना दुतका रुपमा समेत नियुक्त गरेको छ । यो अभियानले रङ्गशाला निर्माणको लागी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरबाटै आर्थिक संकलन गर्नुपर्ने र एउटा राम्रो सन्देश विश्वभर पुर्याउने कप्तान पारस खड्काले बताए । ‘हाम्रै लागी चलिरहेको यो अभियानमा जोडिन पाउँदा निकै खुसी छु’ उनले भने ‘मैले सुरुवातदेखी नै फाउण्डेशनलाई सहयोग गरिरहेको छु, अझै यो जिम्मेवारीले थप सहयोग गर्न र नेपाललाई विश्वमा चिनाउन मैले र हाम्रो पुरा टिमले सक्ने सहयोग गर्नेछौं ।’

यो अभियानका लागि निर्माण समिति, व्यवस्थापन समिति, आर्थिक समिति, प्राबिधिक समिति लगायत अन्य समितिहरु पनि गठन भईसकेको अध्यक्ष सिताराम कट्टेलले जानकारी दिएका छन् । ‘खेलकुद समिति गठनले थप उर्जा मिलेको र सम्पुर्ण खेलाडीले अपनत्व ग्रहण गरी अभियानमा सक्रिय भएर लाग्नुहुनेछ भन्ने कुरामा हामी विश्वस्त छौं’ अध्यक्ष कट्टेलले भने ‘यो समितिमा भोलिका दिनमा अझै अरु अनुभवी तथा विज्ञ खेलाडी तथा संघसंस्थाहरुपनी जोडिदै जानुहुनेछ भन्ने कुरामा आशावादी छौं ।'

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

एकदिवसीय विश्वकपमा वर्षाले खेल रोकेपछि पाकिस्तानलाई फाइदा भएको । पाकिस्तानले डीएलएस मेथडमा न्युजिल्यान्डलाई २१ रनले पराजित गरेको हो । न्युजिल्यान्डले दिएको ४०२ रनको विशाल लक्ष्य पछ्याउने क्रममा पाकिस्तानले २५....

पुस १, २०८०

राष्ट्रिय खेलकुद परिषद्का पूर्व सदस्य सचिव युवराज लामाले खेलकुद मेडल जित्नको लागि मात्रै नभएर राष्ट्र र राष्ट्रियताको लागि पनि हुनुपर्ने बताएका छन् । जापान गोजुरियो कराँते डो. मिसन संघ नेपाल केन्द्रीय समितिले ...

मंसिर ३, २०८०

फाइनलअघि १० खेलमा १० जीत, व्यक्तिगततर्फ सर्वाधिक रन (विराट कोहली- ७६५), अनि सर्वाधिक विकेट (मोहम्मद शमी- २४) को बलमा तेस्रोपटक विश्वकप विजेता बन्ने भारतको सपना सपनामै सीमित रहन पुगेको छ । अहमदावादस्थित नर...

कात्तिक १७, २०८०

यूएईलाई ८ विकेटले पराजित गरेर नेपाल सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा हुने टी–ट्वान्टी विश्वकपमा छनोट हुँदै गर्दा एउटा दृश्यले सबैको ध्यान तान्यो ।  सामाजिक सञ्जालदेखि अन्तर्राष्ट्रिय स्तरसम्म चर्चा...

कात्तिक १७, २०८०

कम उमेरमै विश्व क्रिकेटमा प्रभाव छोडेका नेपालका लेग स्पीनर सन्दीप लामिछाने अर्को दुर्लभ विश्व कीर्तिमान निकट पुगेका छन् । यस अघि गत वैशाखमा कीर्तिपुरमा ओमानविरुद्ध एकदिवसीयमा सबैभन्दा छिटो ४२ खेलमा एक सय विक...

मंसिर ३, २०८०

आईसिसी एकदिवसीय क्रिकेट विश्वकप फेरि एक पटक अष्ट्रेलियाले जितेको छ । यससँगै घरेली मैदानमा उपाधि जित्ने भारतको सपना चकनाचुर बनेको छ ।   अष्ट्रेलियाले आज अहमदाबादमा भएको फाइनलमा भारतलाई छ विकेटले पर...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x