×

NMB BANK
NIC ASIA

एनएमबी बैंक र ओम डेभलपमेन्ट बैंकबीच मर्जरका लागि सम्झौता, अब १६३ शाखा हुने

जेठ २, २०७६

NTC
Premier Steels

काठमाडौं– एनएमबी बैंक लिमिटेड र ओम डेभलपमेन्ट बैंक लिमिटेड एक आपसमा मर्जरका लागि सम्झौता भएको छ । दुवै बैंकले बिहीवार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै सम्झौता गरेका हुन् ।

Muktinath Bank

मर्जरका लागि बिहीवार भएको सम्झौता पत्रमा एनएमबी बैंकका तर्फबाट सञ्चालक प्रदीपराज पाण्डे र ओम डेभलपमेन्ट बैंकका तर्फबाट सञ्चालक योगेन्द्रलाल प्रधानले हस्ताक्षर गरे ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

मर्जरपछि बैंकको नाम एनएमबी बैंक नै रहने गरी दुवै पक्षबीच सम्झौता भएको छ । दुवै बैंकले मर्जरपछि ग्राहकलाई सरल एवंम पहुँच योग्य वित्तीय सेवा प्रदान गर्ने कार्यमा थप टेवा पुग्ने विश्वास दुवै बैंकले लिएका छन् ।


Advertisment
Nabil box
Kumari

एनएमबी बैंकका सञ्चालक प्रदीपराज पाण्डले आवश्यकता अनुसार दुवै बैंकबीच मर्जर सम्झौता भएको र यसले बैंक तथा एटीएमका शाखा विस्तारमा सहयोग पुगेको भन्दै मर्जरपछि ग्राहकलाई सरल एवंम पहुँच योग्य वित्तीय सेवा प्रदान गर्ने कार्यमा थप टेवा पुग्ने बताए ।

Vianet communication

त्यस्तै ओम डेभलपमेन्ट बैंक लिमिटेडका सञ्चालक योगेन्द्रलाला प्रधानले दुवै बैंकको दुवै बैंकको पुँजी पर्याप्तता र व्यवस्थापनको चुस्तता रहेको भन्दै मर्जरपछि ग्राहक वर्गलाई वित्तीय सेवा तथा सुविधा प्रदान गर्ने कार्यमा थप टेवा पुग्ने विश्वास रहेको बताए ।

एनएमबी बैंक लिमिटेडका सञ्चालक समितिका अध्यक्ष पवन गोल्यानले अहिलेसम्म दुवै बैंकले ग्राहकलाई सेवा दिन सफल रहेका र मर्जरपछि पनि ग्राहक वर्गलाई सेवा दिन सफल बन्ने विश्वास व्यक्त गरे ।

मर्जरपछि दुवैको सेयर स्वामित्व सम्पत्ति तथा दायित्व मूल्याङ्कन (डीडीए)का आधारमा गरिने बैंकले जानकारी दिएको छ ।

बैंकको कुल पुँजी साढे २० अर्ब

मर्जरपश्चात बैंकको कुल पुँजी करीब साढे २० अर्ब रुपैयाँ पुग्ने बैंकले जानकारी दिएको छ । ‘मर्जरपश्चात बैंकको कुल पुँजी तथा जगेडा कोषमा वृद्धि भई २० अर्ब ४२ करोड रुपैयाँ हुनेछ,’ विज्ञप्तिमा उल्लेख गरिएको छ, ‘निक्षेप १ खर्ब १९ अर्ब र कर्जा १ खर्ब १३ अर्ब रुपैयाँ पुग्ने बैंकले जानकारी दिएको छ ।

मर्जरपछि १ सय ६३ शाखा

दुवै बैंकको मर्जरपछि १ सय ६३ शाखा पुग्ने बैंकले जानकारी दिएको छ । हाल एनएमबी बैंकका १ सय १० वटा शाखा र ओम डेभलपमेन्ट बैंकका ५३ वटा शाखा रहेका छन् । त्यस्तै एनएमबीको ४ वटा एक्सटेनसन काउन्टर र ओम डेभलपमेन्ट बैंकको एउटा एक्सटेन्सन काउन्टरबाट बैंकिङ सेवा उपलब्ध गराइरहेका छन् । मर्जरपछि एक्सटेन्सन काउन्टर पनि ५ पुग्ने बैंकले जानकारी दिएको छ । त्यस्तै मर्जरपछि १ सय २० वटा एटीएम पुग्ने छन् । हाल एनएमबीका १ सय १ एटीएम र ओम डेभलपमेन्टको १९ वटा एटीएम रहेका छन् । यो सँगै एक्सटेन्स काउन्टर, शाखा र एटीएमको विस्तार हुने र ग्राहक वर्गलाई सेवा सुविधा पुर्‍याउन सहज हुने बैंकले जिकिर गरेको छ । 

दुवै बैंक मर्जरपछि १५ सय कर्मचारी पुग्ने र त्यसले ग्राहकलाई छिटो र छरितो सेवा उपलब्ध गराउन सजिलो हुने बैंकले बताएको छ ।

दुई पटक वर्षकै उत्कृष्ट बैंक

दुवै बैंक मर्जरपछि बैंकको नाम एनएमबि बैंक लिमिटेड नै रहने छ । यसअघि एनएमबी बैंक दुई पटक ‘बैंक अफ दि इयर’ अर्थात नेपालमा वर्षकै उत्कृष्ट बैंक हुन सफल भएको छ । सन् २०१७ र २०१८ मा एनएमबी बैंक 'बैंक अफ दि इयर' प्राप्त गरेको थियो ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
बैशाख २५, २०८१

‘बैंक पनि साथी पनि, राम्रो पनि हाम्रो पनि’ भन्ने नाराका साथ उत्तरदायी बैंकिङ्गको अभ्यास गर्दै आइरहेको एनआईसी एशिया बैंकले राष्ट्रिय महिला फुटबल टोलीलाई सम्मान गरेको छ । केही समयअघि साउदी अर...

बैशाख १०, २०८१

नयाँ वर्ष २०८१ लागेयता लगातार घटेर आइतवार बल्ल सुधार देखिएको सेयर बजार कारोबार सोमवार पुनः घटेको छ ।  साताको दोस्रो दिन १५.४१ अंकले घट्दै नेप्से परिसूचक १९६९.०२ विन्दुमा रहँदा कारोबार रकम पनि घटे...

फागुन ४, २०८०

​​एनआईसी एशिया बैंक वाणिज्य बैंकहरूमध्यमा उत्कृष्ट बैंक बन्न सफल बनेको छ । चालू आर्थिक वर्षको पुस मसान्तसम्मको प्रमुख वित्तीय परिसूचकका अनुसार एनआईसी एशिया उत्कृष्ट बैंक बन्न सफल बनेको हो । उत्कृष्ट बन्न सफल ...

बैशाख २६, २०८१

लक्ष्मी सन्‌राइज बैंकले काठमाडौं उपत्यका भित्रका २ वटा शाखा स्थानान्तरण गरेको छ । काठमाडौं महानगरपालिकाको वडा नम्बर १७, खुसिबु अवस्थित २ शाखामध्ये १ शाखा अब काठमाडौंको नागार्जुन नगरपालिका वड...

कात्तिक ६, २०८०

ग्लोबल आइएमई बैंकले डिजिटल बैंकिङ सेवालाई प्रवर्द्धन गर्न आफ्ना ग्राहकहरूलाई ग्लोबल स्मार्ट प्लसमार्फत् हुने कारोबारमा क्यासब्याक दिने योजना सार्वजनिक गरेको छ । बैंकको ग्लोबल स्मार्ट प्लस ए्याप प्रयोगकर्ताहरूले विजया ...

पुस ८, २०८०

नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षामा उल्लेखित प्रावधानहरू कार्यान्वयन गर्न २० बुँदे सर्कुलर जारी गरेको छ । आइतवार अपराह्न सर्कुलर जारी गर्दै राष्ट्र बैंकले ५० लाखसम्मको आवास कर्जाको भुक्तानी अ...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x