×

NMB BANK
NIC ASIA

विश्वकप : 'रोहित-शिखर' विश्वकै सफल 'ओपनिङ जोडी', भारतले ट्रफी उचाल्ला ?

जेठ ५, २०७६

NTC
Premier Steels

एजेन्सी- ३० मेदेखि इंग्ल्याण्डको वेल्समा क्रिकेटको १२ संस्करणको महाकुम्भ अर्थात् विश्वकप हुँदैछ । भारतीय टीमले आफ्नो पहिलो खेल जुन ५ मा दक्षिण अफ्रिकाविरुद्ध साउथेम्प्टनमा खेल्नेछ । यसअघि भारतीय टीमले न्यूजील्याण्ड र बंगलादेशविरुद्ध एक-एक वार्म अप म्याच खेल्नेछ ।  

Muktinath Bank

सचिन तेन्दुलकर र वीरेन्द्र सहवागले सन्यास लिएपछि रोहित शर्मा र शिखर धवनले भारतीय टीममा शीर्षक्रममा ब्याटिङ (ओपनिङ) गर्ने जिम्मेवारी पाए । उनीहरू ओपनिङमा सफल पनि भएका छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

रोहित-शिखरको जोडीलाई संसारकै सफल ओपनिङ जोडी भन्न थालिएको छ । रोहित र धवनले मिलेर हालसम्म १०१ वान-डे म्याच खेलेका छन्, जसमा उनीहरूले ४ हजार ५ सय ४१ रन साझेदारी गरेका छन् । यो पछिल्लो १० वर्षकै 'ओपनिङ जोडी'को सर्वश्रेष्ठ रेकर्ड हो । यी दुईले हालसम्म १५ शतकीय र १३ अर्धशतकीय साझेदारी गरेका छन् । 


Advertisment
Nabil box
Kumari

अस्ट्रेलिया र न्यूजील्याण्डमा खेलाइएको पछिल्लो विश्वकपपछिको आँकडालाई मध्यनगर गर्ने हो भने रोहित र धवन विश्वभरका ओपनिङ जोडीभन्दा अब्बल सावित भएका छन् । भारतीय जोडीले यो चार वर्षमा ६० म्याच खेले, जसमा २ हजार ६ सय ९ रन साझेदारीमा बनाए । त्यसमा ८ शतकीय र ७ अर्धशतकीय साझेदारी समावेश छ । 

Vianet communication

यी चार वर्षमा ओपनरमध्ये रोहित शर्माको ब्याटबाट बढी रन बन्यो । उनले ७१ म्याचमा ६१.१२ को औसतमा ३ हजार ७ सय ९० रन बनाए, जसमा १५ शतक र १६ अर्धशतक समावेश थियो । धवन यस सूचीमा ६७ म्याचमा २ हजार ८ सय ४८ रन बनाएर चौथो स्थानमा रहे । 

विश्वकपमा भाग लिएका सबै ओपनरको प्रदर्शनलाई नियाल्दा वेस्ट इन्डिजका क्रिस गेलले ९ हजार ८ सय ५०, दक्षिण अफ्रिकाका हशिम अमलाले ७ हजार ८ सय ८०, बंगलादेशका तमीम इकबालले ६ हजार ६ सय ३६ रन बनाएका छन् । त्यस्तै ओपनरको हिसाबमा रोहित शर्माले ६ हजार ४३ रन बनाएका छन् । रोहितले ओपनिङ गर्नुअघि मध्यक्रमबाट खेल्थे । रोहितले हालसम्म २०६ वान-डे खेलेका छन्, जसमा १०३ खेल मध्यक्रममै खेले । 

एक दिवसीय क्रिकेटमा जमेका रोहित शर्मा र शिखर धवनको जोडीले यस पटकको विश्वकपमा उत्कृष्ट प्रदर्शन गर्ने र त्यसैको बलमा भारतले ट्रफी उचाल्न सक्ने क्रिकेट पण्डितहरूले बताएका छन् । 

 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

कम उमेरमै विश्व क्रिकेटमा प्रभाव छोडेका नेपालका लेग स्पीनर सन्दीप लामिछाने अर्को दुर्लभ विश्व कीर्तिमान निकट पुगेका छन् । यस अघि गत वैशाखमा कीर्तिपुरमा ओमानविरुद्ध एकदिवसीयमा सबैभन्दा छिटो ४२ खेलमा एक सय विक...

मंसिर ३, २०८०

अष्ट्रेलियाले छैटौँ पटक आईसीसी एक दिवसीय विश्वकप क्रिकेटको उपाधि जितेको छ । आइतबार घरेलु टोली भारतलाई ६ विकेटले पराजित गर्दै अष्ट्रेलियाले उपाधिमाथि कब्जा जमाएको हो । हमादाबादस्थित नरेन्द्र मोदी स्टे...

कात्तिक १७, २०८०

यूएईलाई ८ विकेटले पराजित गरेर नेपाल सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा हुने टी–ट्वान्टी विश्वकपमा छनोट हुँदै गर्दा एउटा दृश्यले सबैको ध्यान तान्यो ।  सामाजिक सञ्जालदेखि अन्तर्राष्ट्रिय स्तरसम्म चर्चा...

कात्तिक २१, २०८०

चितवनको भरतपुरस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बागमती प्रदेश सरकार र भरतपुर महानगरपालिकाले मिलेर बनाउने सहमति गरेका छन् । प्रदेशको ७० प्रतिशत र महानगरको ३० प्रतिशत लगानीमा बनाउने सहमति भएको हो ।...

कात्तिक २०, २०८०

इंग्ल्यान्ड राष्ट्रिय फूटबल टोलीले ब्राजिललाई आफ्नो घरेलु मैदान वेम्बलीमा खेल्न निम्तो गरेको छ ।  यो खेल आगामी वर्षको मार्च २३ मा हुने ईएसपीएन एफसीले जनाएको छ । यसअघि यी दुई टोलीबीच सन् २०१७ मा लण्डनस्...

कात्तिक २२, २०८०

नेपालले एसीसी यू–१९ एसिया कपमा बलिया टोली भारत, पाकिस्तान र अफगानिस्तानजस्ता बलिया प्रतिद्वन्द्वी पाएको छ । एसियन क्रिकेट परिषद् (एसीसी)ले बुधवार सार्वजनिक गरेको तालिकाअनुसार समूह ‘ए’म...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x