संघीयताको सवालमा सरकारले लापरवाही गरिरहेको छ : नेता पौडेल

फाइल फोटो
जेठ ९, २०७६

कञ्चनपुर- नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सङ्घीयताको सवालमा सरकारले लापरवाही गरिरहेको आरोप लगाएका छन् ।

कञ्चनपुरको भीमदत्तनगरमा बिहीवार आयोजित कार्यक्रममा उनले भने, 'सरकारमा केन्द्रीकरणको प्रवृत्ति देखापरेको छ । शासकहरू केन्द्रीकृत मानसिकतामा देखिएकाले सङ्घीयतामा आँच आउने  स्थिति आएको हो ।' आफ्नो पार्टीलाई जात, क्षेत्र भूगोलको आधारमा नभई सिद्धान्तको राजनीतिमा ल्याउन आफू प्रयासरत रहेको उनको भनाइ थियो । 


ADVERTISEMENT

सोही कार्यक्रममा नेता पौडेलले एघार महिनाअघि कञ्चनपुरको भीमदत्तनगरपालिका–२ का १३ वर्षीया बालिका निर्मला पन्तको हत्यारा पत्ता लगाउन सरकारले सोही ठाउँबाट अनुसन्धान गर्न माग गरे ।

'हत्यारा पत्ता नलाग्नु गम्भीर विषय हो,' उनले भने, 'अपराधी जोसुकै भए पनि कठघरामा उभ्याउनुपर्छ ।' नेता पौडेलले बिहीवार बिहानै पन्तको घर पुगेर उनकी आमा दुर्गादेवीसँग भेट गरेका थिए । 

जेठ ९, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस