सगरमाथामा थप ३ पर्वतारोहीको मृत्यु

जेठ १०, २०७६

काठमाडौं – सगरमाथामा थप तीन पर्वतारोहीको मृत्यु भएको आरोहण संस्था र अधिकारीहरूले शुक्रवार जनाएका छन् । यो समेत गरी यही हप्ता मात्र सगरमाथामा सातजनाको मृत्यु भइसकेको छ ।

‘हिजो थप दुई भारतीय पर्वतारोहीको मृत्यु भएको छ,’ पर्यटन विभागकी प्रवक्ता मीरा आचार्यले बताइन् । आरोहण संस्थाहरूले तेस्रो मृत्युको पुष्टि गरेका छन् । 


ADVERTISEMENT

मारिने भारतीय आरोहीमा कल्पना दास र निहाल बागवान रहेका छन् । 

एक अस्ट्रियन पर्वतारोही चाहिँ तिब्बततर्फबाट सगरमाथा चढेर झर्ने क्रममा बितेका छन् । 

बुधवार एक भारतीय र एक अमेरिकीले सगरमाथामा मृत्युवरण गरेका थिए । गत साता एक भारतीय पर्वतारोहीको मृत्यु भएको थियो भने एक आइरिश पर्वतारोही चुचुरोनजिक चिप्लेर मरेका थिए । 

यस वर्ष सगरमाथामा निकै भीड छ । चुचुरोमा पुग्नका लागि पर्वतारोहीहरू पंक्तिबद्ध भएर उभिएका छन् ।


 

जेठ १०, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस