×

NMB BANK
NIC ASIA

जेट एयरवेजका प्रमुख नरेश गोयल भारतबाट भाग्न तयार, परे पक्राउ

जेठ १२, २०७६

NTC
Premier Steels

काठमाडौं – मुम्बईबाट दुबई जाने एमिरेट्सको फ्लाइट ईके ५०७ उड्न ठिक्क परेको थियो । विमानलाई सेक्युरिटी क्लीयरेन्स पनि प्राप्त भइसकेको थियो । सबै यात्रुले सीट बेल्ट बाँधिसकेका थिए । केही मिनेटमै प्लेन उड्दै थियो ।

Muktinath Bank

तर अचानक एउटा संकेत आयो र उडान रद्द गरियो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

विमानका रहेका दुई यात्रुका कारण उडान रद्द गरिएको थियो । ती दुई यात्री कुनै बेलामा देशको सबभन्दा ठूलो एयरलाइन्स कम्पनीका मालिक थिए ।


Advertisment
Nabil box
Kumari

यहाँ नरेश गोगल र अनिता गोयलको कुरा हुँदैछ । 

Vianet communication

उनीहरू चढेको एमिरेट्सको विमान धावनमार्गमा हलुका गतिमा अघि बढिरहेको थियो । तर अत्यन्तै गोप्य सूचनाका आधारमा विमानलाई फेरि पार्किङ लटमा बोलाइयो । विमान रोकिएपछि केही मानिस त्यसमा चढे । उनीहरूले विनम्रतापूर्वक नरेश र अनितालाई तुरुन्तै विमानबाट ओर्लिन र आफूहरूसँग हिँड्न भने । 

ती मानिसहरू इम्मिग्रेसन डिपार्टमेन्टका अधिकारी थिए । उनीहरूको अनुरोधका कारण नरेश र अनिता त छक्क परे नै, अन्य यात्री पनि आश्चर्यचकित भए । 

केही समयपछि नरेश र अनिता विमानबाट ओर्लिए । उनीहरूलाई इम्मिग्रेसन डिपार्टमेन्टले तत्कालै हिरासतमा लिए । 

सूत्रहरूका अनुसार, नरेश र उनका परिवारविरुद्ध लूकआउट सर्कुलर जारी गरिएको थियो । उनीहरूले देश छोडेर नजाऊन् भनी बन्दोबस्त मिलाइएको थियो । तर चार ब्रीफकेस लिएर नरेश विमानमा चढ्न भ्याइसकेका थिए । 

नरेश लन्डन जान लागेका थिए । त्यसैले उनी पहिला दुबई जाने विमान चढेका थिए । सबै सुटकेस अनिताको नाममा थियो । ती सुटकेस पनि विमानबाट ओरालियो । यसले गर्दा विमान डेढ घन्टा ढिलो उड्यो ।

सूत्रहरूका अनुसार, नरेश बन्द भइसकेको जेट एयरवेजको बारेमा कुरा गर्न एतिहाद र हिन्दुजा समूहका कार्यकारीसँग बैठक गर्न लन्डन जाँदै थिए । 

जेट एयरवेज नगदी संकटका कारण अप्रिल १७ देखि बन्द छ । कम्पनीले निकै समयदेखि आफ्ना कर्मचारीलाई तलब खुवाउन सकेको छैन । कम्पनीमाथि ११ हजार करोड रुपैयाँ ऋण छ । 

गत साता हिन्दुजा समूहले जेट एयरवेजमा लगानी गर्ने अवसरको आकलन गरेको बताएको थियो । 

एजेन्सी
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २९, २०८०

हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...

मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

मंसिर ९, २०८०

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...

कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x