×

NMB BANK
NIC ASIA

असारबाट आर्क ब्रिज सञ्चालनमा आउने

जेठ १३, २०७६

NTC
फाइल फोटो
Premier Steels

चितवन- पृथ्वी राजमार्गको मुग्लिनस्थित इच्छाकामना र तनहुँको आँबुखैरहनी गाउँपालिका जोड्ने पुल (आर्क ब्रिज) यही असार पहिलो साताबाट सञ्चालनमा आउने भएको छ । 

Muktinath Bank

पुलको रङगरोगनको काम र तनहुँतर्फ राजमार्गसँग जोड्नका लागि बाटो बनाउने काम बाँकी रहेको छ । सडक विभागको पुल योजना सेक्टर नम्बर २ का प्रमुख अङ्गलाल रोकायाका अनुसार रङ्गरोगनको काम केही दिनमा शुरू हुँदैछ । तनहुँतर्फ पुल भन्दा सडक दुई मिटर अग्लो भएकाले सडक गहिरो पारेर पुलमा जोड्नुपर्ने हुन्छ । जसका लागि यही जेठ १६ गतेबाट २५ गतेसम्म रातिमा सडक रोकेर काम गर्ने तयारी गरिएको उनले जानकारी दिए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

करीब एक सय मिटर परसम्म सडक गहिरो बनाएर पुलसँग जोड्ने तयारी गरिएको छ । प्रमुख रोकायाले यी सबै काम सकेर असार पहिलो साताबाट पुल सञ्चालनमा ल्याउने तयारी गरिएको बताए । हाल सञ्चालनमा रहेको पुल जीर्ण बनेपछि विसं २०६९ फागुन २३ गते सो पुलको निर्माण थालिएको थियो । 


Advertisment
Nabil box
Kumari

एलाइट एड्भेञ्चर लोहनी जेभिले १२ करोड रुपैयाँमा बोलपत्र सकार गरी निर्माणको काम शुरू गरेको थियो । विसं २०७५ को मसान्तमा काम सम्पन्न गर्नुपर्नेमा ठेकेदार कम्पनीले नक्साङ्कन लगायतका विविध कारण देखाउँदै समय थप मागेको थियो । थपिएको समय यही जेठ मसान्तमा सकिँदै छ । १६० मिटर लामो सो पुलको आर्कको भाग १२० मिटर रहेको छ । सात दशमलब पाँच मिटरमा गाडी गुड्ने गरि बनाइएको पुल फुटपाथसहित ११ मिटर चौडा रहेको छ । 

Vianet communication

पुल सम्पन्न भएपछि चिनियाँ प्राविधिक झिकाएर पुरानो पुल मर्मत गरी दुवै पुललाई प्रयोगमा ल्याइने योजना बनाइएको रोकायाले बताए । 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x