×

NMB BANK
NIC ASIA

साताको शेयर बजार : चार अर्ब माथिको कारोवार

जेठ १८, २०७६

NTC
Premier Steels

काठमाडौँ-धितोपत्र बजारमा यस साता  रु चार अर्ब ३३ करोड १६ लाख सात हजार ८२४ बराबरको शेयर कारोवार भएको छ । कारोवार मापक नेप्से परिसूचक १६. ८६ बिन्दुले बढेको छ ।

Muktinath Bank

    साताको पहिलो दिन एक हजार ३०२.६१ बिन्दुमा रहेको नेप्से साताको अन्तिम दिन एक हजार ३१९.४७ बिन्दुमा पुग्यो । साताभर कूल १७४ कम्पनीको एक करोड ३६ लाख ६३ हजार २७१ कित्ता शेयर कारोवार भए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

    सरकारले आगामी आर्थिक वर्षको बजेट यसै साता सार्वजनिक ग¥यो । बजेट सार्वजनिक हुनुभन्दा अघिल्लो दिन अर्थात् मङ्गलबार आठ अङ्कले बढेको बजार बजेट आएको दिन र त्यसको भोलिपल्ट अर्थात् बिहीबार भने सामान्य अङ्कले मात्रै वृद्धि भयो । 


Advertisment
Nabil box
Kumari

    नेपाल स्टक एक्सचेञ्जका अनसार साताको पहिलो दिन शेयर कारोवार मापक नेप्से परिसूचक दोहोरो अङ्कले घटेको छ । सो दिन  कारोवार मापक नेप्से परिसूचक ११.९३ बिन्दुले घटेर एक हजार ३०२.६१ अङ्कमा झरेको थियो । 

Vianet communication

    यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचकसमेत २.८२ अङ्कले घटेर २७७.५६ मा ओर्लिएको थियो । रु एक अर्बमाथिको कारोवार हुँदै आएको बजारमा त्यस दिन  कूल १६५ कम्पनीको २० लाख ५४ हजार २८६ कित्ता शेयर रु ६२ करोड ६२ लाख एक हजार ६६६ मूल्यमा खरीद बिक्री भए । 

    यस्तै साताको दोस्रो सदन अर्थात् सोमबार शेयर बजारमा झिनो अङ्कले सुधार आयो । कारोवार मापक नेप्से परिसूचक ०.३४ बिन्दुले बढेर एक हजार ३०२.९६ अङ्कमा पुग्यो । नेप्से झिनो अङ्कले बढेपनि कारोवार रकम भने सामान्य रह्यो । कूल १७० कम्पनीको १७ लाख एक हजार ६४ कित्ता शेयर रु ५१ करोड ९५ लाख ५६ हजार ७९३ मूल्यमा खरीद बिक्री भए । 

    यस्तै साताको तेस्रो दिन शेयर बजारमा कारोवार मापक नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो । उक्त दिन  कारोवार मापक नेप्से परिसूचक २.५३ बिन्दुले बढेर एक हजार ३०५.४९ अङ्कमा पग्यो ।  स्टकका अनुसार कूल १६४ कम्पनीको २४ लाख १२ हजार ९६२ कित्ता शेयर रु ७५ करोड ६८ लाख ९१ हजार ६१३ मूल्यमा खरीद बिक्री भए । 

    बुधबार शेयर बजारमा कारोवार मापक नेप्से परिसूचक ८.३९ अङ्कले बढ्यो । कूल १७३ कम्पनीको २६ लाख २७८ हजार ४२० कित्ता शेयर रु ९० करोड आठ लाख पाँच हजार ९६० मूल्यमा खरीद बिक्री भए । 

    साताको अन्तिम दिन अर्थात् बिहीबार रु एक अर्ब ५२ करोड ८१ लाख ५१ हजार ७९२ बराबरको कारोवार भए पनि कारोवार मापक नेप्से परिसूचक ५ दशमलव ५८ बिन्दुले मात्रै उकालो लाग्यो ।  अर्थमन्त्री डा युवराज खतिवडाले बुधबार आगामी आर्थिक वर्षको बजेटमा शेयर बजारलाई सम्बोधन गर्ने केही नीतिगत व्यवस्था गरे पनि शेयर बजारमा भने त्यसको सामान्य प्रभाव मात्रै प¥यो । 

    सो दिन  कारोवार मापक नेप्से परिसूचक ५ दशमलव ५८ बिन्दुले बढेर एक हजार ३१९ दशमलव ४७ अङ्कमा पुगेको छ । यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक एक दशमलव २३ बिन्दुले मात्रै बढेको थियो । सो दिन कूल १७४ कम्पनीको ४८ लाख ९४ हजार ६८१ कित्ता शेयर कारोवार भए । 

    यस साता स्टकमा विभिन्न तीन कम्पनीका शेयर सूचीकृत भए । त्यसमा गुराँस लघुवित्त वित्तीय संस्थाको सात लाख ७५ हजार कित्ता साधारण शेयर सूचीकृत भयो । यस्तै विजय लघुवित्त वित्तीय संस्थाको एक लाख ७७ हजार १०० कित्ता शेयर लाभांश र रिलायन्स फाइनान्सको तीन लाख एक हजार २७४ कित्ता शेयर लाभांश सूचीकृत भएको स्टकले जनाएको छ । 

    कारोवारका आधारमा यस साता पनि वाणिज्य बैंककै बोलवाला रह्यो । प्रभु बैंक शीर्ष स्थानमा रहदा शिवम् सिमेन्ट, नेपाल बैंक, माथिल्लो तामाकोशी, जनता बैंक, एनसिसि बैंक, मेघा बैंक, सिभिल बैंक, ज्योति विकास बैंक र कृषि विकास बैंकको शेयर क्रमशः बढी कारोवार भए ।

hAMROPATRO BELOW NEWS
TATA Below
पुस ८, २०८०

नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षामा उल्लेखित प्रावधानहरू कार्यान्वयन गर्न २० बुँदे सर्कुलर जारी गरेको छ । आइतवार अपराह्न सर्कुलर जारी गर्दै राष्ट्र बैंकले ५० लाखसम्मको आवास कर्जाको भुक्तानी अ...

मंसिर ४, २०८०

एनएमबि बैंक लिमिटेडले 'प्रिमियम सुपर तलब खाता'मा आकर्षक सुविधा उपलब्ध गराउँदै आएको छ, सोही कारण उक्त खाता एनएमबि बैंकको लोकप्रिय 'प्रोडक्ट'का रूपमा चर्चित छ । निक्षेपमा उच्च ब्याजदर, कर्पोरे...

फागुन ४, २०८०

​​एनआईसी एशिया बैंक वाणिज्य बैंकहरूमध्यमा उत्कृष्ट बैंक बन्न सफल बनेको छ । चालू आर्थिक वर्षको पुस मसान्तसम्मको प्रमुख वित्तीय परिसूचकका अनुसार एनआईसी एशिया उत्कृष्ट बैंक बन्न सफल बनेको हो । उत्कृष्ट बन्न सफल ...

कात्तिक ६, २०८०

ग्लोबल आइएमई बैंकले डिजिटल बैंकिङ सेवालाई प्रवर्द्धन गर्न आफ्ना ग्राहकहरूलाई ग्लोबल स्मार्ट प्लसमार्फत् हुने कारोबारमा क्यासब्याक दिने योजना सार्वजनिक गरेको छ । बैंकको ग्लोबल स्मार्ट प्लस ए्याप प्रयोगकर्ताहरूले विजया ...

बैशाख २५, २०८१

‘बैंक पनि साथी पनि, राम्रो पनि हाम्रो पनि’ भन्ने नाराका साथ उत्तरदायी बैंकिङ्गको अभ्यास गर्दै आइरहेको एनआईसी एशिया बैंकले राष्ट्रिय महिला फुटबल टोलीलाई सम्मान गरेको छ । केही समयअघि साउदी अर...

बैशाख १०, २०८१

नयाँ वर्ष २०८१ लागेयता लगातार घटेर आइतवार बल्ल सुधार देखिएको सेयर बजार कारोबार सोमवार पुनः घटेको छ ।  साताको दोस्रो दिन १५.४१ अंकले घट्दै नेप्से परिसूचक १९६९.०२ विन्दुमा रहँदा कारोबार रकम पनि घटे...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x