×

NMB BANK
NIC ASIA

सुर्खेत- उपप्रधानमन्त्री तथा समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले कर्णाली प्रदेशलाई उपेक्षामा पारिएको बताएका छन् । यादवले कर्णालीका नेताहरु कर्णालीकै जनताबाट मत पाएर जित्ने अनि काठमाडौं गएपछि हराउने, आफ्नो जमिनलाई बिर्सने प्रवृत्ति रहेको समेत आरोप लगाए ।

Muktinath Bank

सुर्खेतको वीरेन्द्रनगरमा आयोजित समाजवादी पार्टीको अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै यादवले नेताका यही प्रवृत्तिकै कारण यो क्षेत्र अत्यन्त पिछडिएको बताए । यादवले नयाँ शक्ति पार्टी र संघीय समाजवादी फोरमबीचको एकता सबै समुदाय र भूगोललाई समेट्ने कार्य भएको बताएका छन् । विगतका पार्टी एकताभन्दा नयाँशक्ति र संघीय समाजवादी फोरमबीचको एकता उदाहरणीय भएको भन्दै उनले अब राष्ट्रिय एकता बलियो बनाउन एकिकृत पार्टीले संघर्ष गर्ने बताए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘अहिलेको हामी पार्टीबीचको एकता समावेशिताको उदाहरण हो,’ अध्यक्ष यादवले भने, ‘देशमा अन्याय र असमानता अन्त्य गर्न समाजवादी पार्टीले संघर्ष गर्छ ।’ उपप्रधानमन्त्री यादवले संघीय सरकारले प्रदेशलाई अधिकार नदिएको बताएका छन् । ‘आफ्नै स्रोतसाधन परिचालन गर्ने अधिकार संघीय सरकारले नदिनु यसैको परिणाम हो बजेट खर्च हुन नसक्नु,’ उनले भने, ‘प्रदेशको काम गर्ने आफ्नै इकाई नहुँदा प्रदेशले काम गर्न सकेन ।’


Advertisment
Nabil box
Kumari

अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै समाजवादी पार्टीका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले भौगोलिक, सामुदायिक र लैङ्गिक समावेशितका दृष्टिकोणले नयाँशक्ति र संघीय समाजवादी फोरमबीचको एकता फरक चित्रका रुपमा उजागर भएको बताएका छन् । ‘यसअघिका कुनैपनि पार्टीले भूगोल, समुदाय, लैङ्गिक समावेशितालाई ख्याल गरेनन्,’ उनले भने, ‘अहिलेको आफूहरूको एकता यसको उदाहरण हो ।’ भ्रष्टाचार अन्त्य गरेर देशमा सुशासन कायम गर्ने समाजवादी पार्टीको अभियान हुने उनले बताए । उनले वर्तमान सरकारबाट पनि विकास र समृद्धिको कुनै सम्भावना नरहेको टिप्पणी गरेका छन् ।

Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x