×

NMB BANK
NIC ASIA

संसदमा सांसदको प्रश्न : पश्चिम सेती सुदूरपश्चिममै भएकाले काम नभएको हो ?

जेठ २७, २०७६

NTC
Premier Steels

काठमाडौं – राष्ट्रिय सभाको बैठकमा बहुप्रतिक्षित पश्चिम सेती परियोजनालाई सरकारले प्राथमिकतामा नराखेको भन्दै सांसदले आक्रोश व्यक्त गरेका छन् ।

Muktinath Bank

आर्थिक वर्ष २०७६/०७७ को बजेट बजेट वक्तव्यमाथिको छलफलका क्रममा सांसद महेशकुमार महरा ‘सुधीर’ले वर्षाैदेखि सुदूरपश्चिमका जनताले बोकेको पश्चिम सेती परियोजनालाई बजेटले सम्बोधन गर्न नसकेको बताए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘पश्चिम सेती धेरै पूरानो हो । किन काम शुरू हुन सकेन ? सुदूरपश्चिममै परेकाले हुन नसकेको हो ?’ उनले प्रश्न गरे, ‘अहिले थ्री गर्जजसँगको सम्झौता के भइरहेको छ ? सम्बन्धित मन्त्रीज्यूले जवाफ दिनुपर्छ ।’


Advertisment
Nabil box
Kumari

सांसद महराले निर्माणाधीन महाकाली कोरिडोरमा समेत सरकारले थोरै बजेट छुट्याएको बताए । ‘महाकाली कोरिडोरमा ३२ करोड रुपैयाँ विनियोजन गरिएको छ, त्यो करीब १८ अर्बको परियोजना हो, ४ सय २५ किलोमिटर छ,’ उनले भने, ‘यसमा बढी बजेट विनियोजन गरियो भने छिटो सम्पन्न हुन्छ ।’

Vianet communication

सरकारले सुदूरपश्चिमलाई अँध्यारोमुक्त प्रदेश घोषणा गर्ने कुरा सकारात्मक भएपनि मूर्त योजना नआएको उनले बताए । ‘यति समयभित्र अँध्यारोमुक्त बनाउने भन्नुपर्थ्यो,’ उनले भने ।

सुदूर तराईमा जेठ २३ गते राति आएको आँधीहुरीबारे संघीय सरकारले कुनै निर्णय र वक्तव्य जारी नगरेकोप्रति असन्तुष्टि व्यक्त गरिएको छ । ‘संघीय सरकारले कुनै निर्णय, वक्तव्य दिएन । सुदूरपश्चिमका जनता दुःखित भएका छन्,’ उनले भने, ‘हावाहुरी आँधीले क्षति गरेका ठाउँमा क्षतिपूर्ति र राहतका लागि ध्यानाकर्षण गराउन चाहन्छु ।’

बजेटले पूर्वाधार क्षेत्रमा सन्तुलित विकासको अवधारणा ओगट्नु राम्रो भएको सांसद महराले बताए । ‘बजेटले शिक्षा, स्वास्थ्य र मौलिक हकका कुरा बढी सम्बोधन गरेको छ । गर्भावस्थादेखि वृद्धावस्थासम्म जनतालाई हेरेको छ । भूमि बैंकको व्यवस्था गरेको छ, उद्यम गर्न जग्गा लीजमा लिन सकिने छ, यो राम्रो कुरा हो,’ उनले भने । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x