×

NMB BANK
NIC ASIA

विश्वकप क्रिकेट : पाकिस्तानविरुद्ध अस्ट्रेलियाको खेलमा फास्ट बलिङ निर्णायक

जेठ २९, २०७६

NTC
Premier Steels

काठमाडौं – विश्वकप क्रिकेटमा बुधवार अस्ट्रेलिया र पाकिस्तानबीच भिडन्त हुँदैछ । यी दुवै टोलीले यस प्रतियोगितामा एक जीत र एक हार बेहोरेका छन् । सेमिफाइनल पुग्ने आशा राखेका दुवै टोलीले आजको खेल जित्नैपर्ने अवस्था छ । 

Muktinath Bank

अस्ट्रेलियाले भारतसँग हार्दा उसका कमीकमजोरीहरू उजागर भएका थिए । उता पाकिस्तानले इंग्ल्यान्डविरुद्धको खेल जितेर आत्मविश्वास उच्च बनाएको छ भने श्रीलंकाविरुद्धको उसको खेल वर्षाका कारण रद्द भयो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यी दुई टोलीको निकट इतिहास हेर्ने हो भने आजको खेलमा पाकिस्तानले जित्ने सम्भावना न्यून छ । तर पाकिस्तानी टोलीको पूर्वानुमान गर्नै सकिँदैन । इंग्ल्यान्डविरुद्धको खेलमा जस्तो प्रदर्शन दोहोर्‍याएमा पाकिस्तानले अस्ट्रेलियालाई हराउन सक्छ । आजको खेल जितेमा पाकिस्तानलाई भारतविरुद्धको अर्को खेलमा उच्च आत्मविश्वासका साथ ओर्लन सहज हुन्छ । 


Advertisment
Nabil box
Kumari

अस्ट्रेलियाले चाहिँ आफू उपाधिको दाबेदार हुँ प्रमाणित गर्नका लागि आजको खेलमा उच्चस्तरीय प्रदर्शन गर्न जरूरी छ । उनीहरूले आज कस्तो गेमप्लान बनाउँछन् भनी हेर्न रोचक हुनेछ । मार्कस स्टोइनिस घाइते भएकाले अस्ट्रेलियाको ब्याटिङ अर्डरको सन्तुलन गडबडाएको छ । 

Vianet communication

टाउनटनको मैदानमा बाउन्ड्रीहरू छोटा छन् अनि मौसम पनि सफा नहोला जस्तो छ । यो सबैको अर्थ हुन्छ, टस जितेमा बलिङ गर्नु नै उपयुक्त हुन्छ । 

डेभिड वार्नरले रन बनाइरहेका छन् तर उनले तीव्र गतिमा भने रन बनाउन आवश्यक छ । भारतविरुद्ध ३५३ रन बनाउनुपर्ने अवस्थामा वार्नरले ढिलो गतिमा रन बनाइदिँदा अस्ट्रेलियालाई गाह्रो भइदियो । 

पाकिस्तानको कुरा गर्दा वहाब रियाजको बलिङले आजको म्याचको परिणाम निर्धारित गर्न सक्छ । इंग्ल्यान्डविरुद्ध उनले ८२ रन लुटाएको भए पनि तीन विकेट लिएर उनले आफ्नो टोलीलाई विजयी बनाए । वेस्ट इन्डीजका बलरहरूका बाउन्सरले अस्ट्रेलियाको टप अर्डरलाई तर्साएको देखिएकाले वहाबले उनीहरूबाट प्रेरणा लिन सक्छन् ।

स्टोइनिस घाइते भएकाले उनको ठाउँमा शन मार्शलाई ल्याइने सम्भावना छ । 

अस्ट्रेलियालाई स्पिनले अत्याउने रणनीति पाकिस्तानले बनाउन सक्छ । त्यसो हो भने इमाद वसिमले अवसर पाउन सक्छन् । वहाबको पेस र शाहीन अफ्रिदीको स्विङमध्ये एकलाई छान्न चाहिँ पाकिस्तानलाई दुविधा छ । ब्याटिङ अर्डर भने इंग्ल्यान्डविरुद्धकै खेलमा जस्तो हुने सम्भावना छ । 

त्यसो त टाउन्टनमा टन्नै रन बन्ने गर्छ तर बादल लाग्ने र हल्का बर्सात पनि हुने सम्भावना रहेकाले फास्ट बलरले खेलको परिणाम निर्धारित गर्ने देखिन्छ ।

एजेन्सी 

hAMROPATRO BELOW NEWS
TATA Below
बैशाख २०, २०८१

नेपालले वेस्ट इन्डिज ‘ए’सँगको टी–२० क्रिकेट श्रृंखला एक खेलअगावै गुमाएको छ । पाँच खेलको श्रृंखलाअन्तर्गत चौथो खेलमा पराजित भएसँगै नेपालले अन्तिम खेल नखेली वेस्ट इन्डिजलाई नतिजा सुम्प...

कात्तिक २१, २०८०

चितवनको भरतपुरस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बागमती प्रदेश सरकार र भरतपुर महानगरपालिकाले मिलेर बनाउने सहमति गरेका छन् । प्रदेशको ७० प्रतिशत र महानगरको ३० प्रतिशत लगानीमा बनाउने सहमति भएको हो ।...

कात्तिक १७, २०८०

यूएईलाई ८ विकेटले पराजित गरेर नेपाल सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा हुने टी–ट्वान्टी विश्वकपमा छनोट हुँदै गर्दा एउटा दृश्यले सबैको ध्यान तान्यो ।  सामाजिक सञ्जालदेखि अन्तर्राष्ट्रिय स्तरसम्म चर्चा...

बैशाख २४, २०८१

इन्डियन प्रिमियर लिग (आईपीएल)मा कोलकाता नाइट राइडर्सले लखनउ सुपर जायन्ट्सविरुद्ध शानदार जीत हासिल गरेको छ । आइतबार राति सम्पन्न खेलमा केकेआरले लखनउलाई ९८ रनले हराएको हो ।  जितसँगै केकेआर अंक तालिका...

कात्तिक १७, २०८०

कम उमेरमै विश्व क्रिकेटमा प्रभाव छोडेका नेपालका लेग स्पीनर सन्दीप लामिछाने अर्को दुर्लभ विश्व कीर्तिमान निकट पुगेका छन् । यस अघि गत वैशाखमा कीर्तिपुरमा ओमानविरुद्ध एकदिवसीयमा सबैभन्दा छिटो ४२ खेलमा एक सय विक...

बैशाख १८, २०८१

भारतमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा कोलकाता नाइट राइडर्सले दिल्ली क्यापिटल्समाथि जीत दर्ता गरेको छ ।  सोमबार राति घरेलु मैदान इडेन गार्डेनमा भएको खेलमा उत्कृष्ट फर्ममा रहेको कोलकाताले द...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x