फागुन ३०, २०८०
अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...
धनगढी- सुदूरपश्चिम प्रदेश सरकारले आउँदो आर्थिक वर्ष २०७६/२०७७ को लागि २८ अर्ब १६ करोड २० लाख ३५ हजार रुपैया बराबरको बजेट प्रस्तुत गरेको छ ।
सरकारको आर्थिक मामिला तथा योजना मन्त्री झपट बहादुर बोहराले आइतबार प्रदेश सभा बैठकमा सो बजेट प्रस्तुत गरेका हुन् । जसको ४६ प्रतिशत पूँजीगत र ४४ प्रतिशत चालु तर्फ रहेको जनाइएको छ ।
बजेटमा कृषि क्षेत्रलाई मुख्य प्राथमिकतामा राखेर बजेट बिनियोजन गरेको मन्त्री बोहराले जनाए । जसको लागि शत प्रतिशत बजेट बृद्धि गरेको बताउँदै उनले “नमूना कृषि गाउँ आफै बनाऊ’ अभियान प्रदेशका ८८ वटै स्थानीय तहमा सञ्चालन गरिने बताए । जसको लागि वार्षिक ५० लाखको दरले बजेट दिइने जनाइएको छ । भने मुख्यमन्त्री एकीकृत कृषि तथा पशुपंक्ष विकास कार्यक्रम सञ्चालन गर्न ४४ करोड विनियोजन गरेको जनाइएको छ ।
त्यस्तै, ‘एक स्थानीय तह एक औधोगिक उत्पादन’ सम्बन्धी कार्यक्रम ल्याएको छ । भने बाल विवाह रोक्न ‘सानै छु मलाई बढन देऊ, बालविवाह होइन पढ्न देऊ’, भन्ने नाराका साथ बालविवाह अन्त्य गर्न प्रदेश सांसद, स्थानीय तहका पदाधिकारी, सामाजिक संघ संस्था, आमा समूह, बाल क्लब समेतको संलग्नतामा अभियान संचालन गरिने मन्त्री बोहराले आफ्नो बजेट वक्तव्यमा उल्लेख गरे । जसको सुरुवात नमूनाको रुपमा बाजुरा र दार्चुला जिल्लाबाट अभियान सुरुवात गरिने बताउँदै मन्त्री बोहराले जसकोले प्रयाप्त बजेट बिनियोजन गरेको जनाए ।
सरकारले आउँदो वर्षदेखि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पदक प्राप्त गरी खेलबाट सन्यास लिएका खेलाडीलाई लक्षित गरी निवृत खेलाडी कल्याण कोष पनि स्थापना गर्ने भएको छ ।
भने बजेट कार्यक्रममा पुराना कार्यक्रमलाई पनि निरन्तरता दिएको छ । जनताको गुुनासा सुन्न हेल्लो सिएमलाई निरन्तरता दिएको छ । भने आउँदो वर्षदेखि मुख्यमन्त्री रेडियो कार्यक्रम सञ्चालन गर्न बजेट बिनियोजन गरेको छ ।
भौतिक पूर्वाधार विकास, शिक्षा, खानेपानी, पर्यटनलाई पनि प्राथमिकतामा राखेको मन्त्री बोहराले बताए ।
हेर्नुहोस् बजेट -
अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...
कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...
महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले ढुक्क भएर लगानी गर्न आग्रह गरेकी छिन् । आजदेखि शुरू भएको लगानी सम्मेलन २०२४ का अवसरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले यस्तो बताएकी हुन् । ...
प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमा दिन मनाइँने बुद्धजयन्ती एवं लुम्बिनी दिवसको तयारी शुरू भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयअन्तर्गत रहेको लुम्बिनी विकास कोषले बुद्धजयन्ती एवं लुम्बिनी दिवसका रुपमा...
नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले विश्व बैंकको लगानी रहेको ढल्केबर सबस्टेसन निर्माणका क्रममा आफ्नो स्वार्थ जोडिएको कम्पनीलाई कानूनविपरीत ठेक्का दिएको पाइएको छ । करिब ४ करोड बराबरको...
एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...
नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...
निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...
जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...