×

NMB BANK
NIC ASIA

राम्रो व्यवस्थापन भएको विद्यालय पुरस्कृत, विद्यार्थी आफैंले गर्छन् आफ्नो हाजिर

असार २, २०७६

NTC
सन्दर्भ तस्वीर
Premier Steels

सिञ्जा- हिमा गाउँपालिकामा रहेका २० विद्यालयमध्ये कालिका आधाभूत विद्यालयलाई शिक्षा क्षेत्रमा नमुना र उत्कृष्ट काम गरेको भन्दै नगद पुस्कारसहित पुरस्कृत गरिएको छ ।

Muktinath Bank

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत टोपबहादुर बुढाले राम्रो गर्ने विद्यालयलाई पुरस्कार र नराम्रो गर्ने विद्यालयलाई कारवाही गर्ने नीति लिइएको बताए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

विद्यालयले दिने शिक्षा र व्यवस्थापन हेरेर सरोकार निकायको बैठकले कालिका आधारभूत विद्यालयलाई पुरस्कृत गरिएको गाउँपालिका अध्यक्ष रजबहादुर शाहीले जानकारी दिए । 'गाउँपालिकाका २० विद्यालय र एक आवासीय विद्यालयलाई व्यवस्थित र चुस्त बनाउन गाउँपालिकाले अभियान थालेको छ,' उनले भने । 


Advertisment
Nabil box
Kumari

कालिका विद्यालयमा कम जनशक्ति भए पनि विद्यालय प्रशासन व्यवस्थित भएका कारण शैक्षिक अवस्था राम्रो देखिएको गाउँपालिकाले जनाएको छ । विद्यालयको चिटिक्क कक्षाकोठा, भित्तामा विभिन्न शैक्षिक सूचनामूलक सन्देश, बालमैत्री कक्षाकोठा, बालमैत्री तथा अपाङ्गमैत्री शौचालयदेखि अन्य क्षेत्रमा राम्रो व्यवस्थापन भएको छ । यसैगरी विद्यालयले गरीब, विपन्न र अनाथ बालबालिकाका लागि आवासीय विद्यालयसमेत शुरू गरिएको बताइएको छ । 

Vianet communication

विद्यार्थी आफैंले आफ्नो हाजिर गर्छन् 

बिहान विद्यार्थीहरू आउनेबित्तिकै कक्षाकोठामा आफैं हाजिर गर्छन् ।  प्रधानाध्यापक दीपबहादुर शाही भन्छन्, 'हामीले सानो स्रोतमा पनि शिक्षामा गुणस्तर कायम गर्ने प्रयास गरेका छौं । हाम्रो कामको मूल्याङ्कन गरेर स्थानीय सरकारले प्रोत्साहन गरेकामा विद्यालय परिवार खुशी छ । आगामी दिनमा झन् सक्रिय हुनेछौं । अहिले कक्षा १ देखि ५ र र ईसीडी (पूर्व बाल विकास कार्यक्रम)का विद्यार्थी गरी १५२ जना विद्यार्थीहरू छन् ।'  तीन शिक्षक दरबन्दीमा, एक करारमा र एक निजी स्रोतबाट राखिएको प्रधानाध्यापक शाहीले जानकारी दिए । 

कक्षा कोठा भने पाँच वटा मात्रै भएकाले दुई वटा कक्षा एउटै कोठामा राख्नुपर्ने बाध्यता छ । यसैगरी घेरबार गर्न बाँकी रहेको र यसका लागि बजेट नभएको प्रधानाध्यापक शाहीले बताए । 'विभिन्न भित्ते लेखन, गोटी प्रणाली हाजिरी, सफा कक्षाकोठाले पढ्ने वातावरण राम्रो भएको छ,' कक्षा ५ मा अध्ययनरत विद्यार्थी प्रमिला रोकायाले भने ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x