×

NMB BANK
NIC ASIA

संसदमा हंगामा

प्रधानमन्त्री बोल्न नपाएको ‘दुर्लभ’ घटना, सभामुखको प्रस्ताव किन स्वीकारेन कांग्रेसले ?

असार ३, २०७६

NTC
Premier Steels

काठमाडौं – मंगलवार ११ बजे बस्ने प्रतिनिधिसभा बैठकका लागि संसद सचिवालयले कार्यसूची तय गरिसकेको थियो । 

Muktinath Bank

विनियोजन विधेयकमाथिको छलफल प्रारम्भ गर्नुअघि बैठकको शुरूमै प्रधानमन्त्रीले सार्वजनिक महत्त्वको विषयमा वक्तव्य दिने कार्यसूचीको पहिलो बुँदामा थियो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

बिहान ११ बजेका लागि बोलाइएको बैठक १ घण्टा ढिलो शुरू भयो । राजनीतिक दलका शीर्ष नेता र सांसद संसद भवनमा उपस्थित भइसकेका थिए । बैठक शुरू हुनुअघि सभामुख कृष्णबहादुर महराले सत्तारुढ नेकपा र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रमुख सचेतक र सचेतकसँग छलफल शुरू गरे । 


Advertisment
Nabil box
Kumari

सभामुखको कार्यकक्षमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्रीले सम्बोधन गर्नुभन्दा पहिले आफ्नो दलका नेता शेरबहादुर देउवाले बोल्न पाउनुपर्ने प्रस्ताव राख्यो । यसमा नेकपाका सचेतकले असहमति जनाए ।

Vianet communication

‘यो संसदीय परम्परा विपरीत हुन्छ, प्रधानमन्त्रीले सम्बोधन गर्न समय माग गरेपछि त्यसभन्दा पहिला अरु बोल्ने कुरा हुँदैन,’ नेकपा सचेतकले भने ।

प्रधानमन्त्रीभन्दा पहिला आफ्नो नेता बोल्न पाउनुपर्ने मागमा अड्डी कस्दै कांग्रेसले सदन चल्न नदिने चेतावनी दियो । त्यसपछि सभामुख महराले कांग्रेससँग मध्यमार्गी प्रस्ताव राखे – पहिलो बैठकमा प्रधानमन्त्रीले सम्वोधन गर्ने र दोस्रो बैठकको शुरूमा प्रतिपक्षी दलको नेताले बोल्ने । 

तर सभामुखको प्रस्तावमा कांग्रेस सचेतक सहमत भएनन् । ‘तपाईहरू बैठक चलाउनुस् हामीले मान्दैनौ विरोध गर्छाै,’ कांग्रेस प्रमुख सचेतक बालकृष्ण खाणले भने । 

कांग्रेस सहमत नभएपनि सभामुख महराले बैठक चलाउने अडान लिए । बैठक शुरू हुनुपूर्व महराले पूर्व सभामुख एवं नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङसँग पनि परामर्श गरे । १ घण्टा ढिलो गरी सभामुख महराले संसदको बैठक शुरू गर्न घण्टी बजाउन आदेश दिए । संसदको बैठक शुरू भयो । बैठक शुरू भएको घोषणा गर्नसाथ प्रतिपक्षी दल कांग्रेसका सांसद उठेर विरोध जनाए ।

कांग्रेस सांसदको विरोधका बाबजुद महराले प्रधानमन्त्री ओलीलाई सम्बोधनका लागि समय दिए । कांग्रेसले विरोध गर्ने पूर्व जानकारी पाएका महरा प्रधानमन्त्रीलाई समय दिने क्रममा हड्बडाएका थिए । 

सभामुखको अनुमतिपछि प्रधानमन्त्री ओली रोस्टममा पुगे तर सम्बोधन गर्न पाएनन् । प्रधानमन्त्री रोस्टममा पुगेपछि कांग्रेस सांसद चर्को स्वरले नाराबाजी लगाउन थाले – ‘संसदीय मर्यादा कायम गर, प्रतिपक्षी दलको नेताले बोल्न पाउनुपर्छ ।’

आन्दोलन चर्काउने रणनीति ?

सदनमा प्रधानमन्त्री ओलीलाई सम्बोधन गर्न रोकेर कांग्रेसले गुठी विधेयकको विरोधमा चलेको आन्दोलन चर्काउने रणनीति लिएको नेकपाको आरोप छ । गुठी विधेयकको विरोधमा विभिन्न संघसंस्थाले बुधवार काठमाडौंमा विशाल प्रदर्शन गर्ने तयारी गरेका छन् ।

सोमवार काठमाडौं उपत्यकाका सांसद र जनप्रतिनिधिसँगको परामर्शका क्रममा ओलीले विधेयक सच्चाउने प्रतिवद्धता जनाएका थिए । गुठी विधेयकबारे ओलीले सरकारको धारणा संसदमा सम्बोधनमार्फत राख्ने तयारी गरेका थिए । 

‘प्रधानमन्त्री बोल्नको लागि रोस्टममा पुगेसकेपछि बोल्न नदिनु संसदीय परम्परा विपरीतको काम हो, प्रतिपक्षको नियतमा खोट छ,’ नेकपा सचेतक शान्ता चौधरीले लोकान्तरसँग भनिन् ।

संसद सचिवालयका पूर्व सचिव मुकुन्द शर्मा संसदमा प्रधानमन्त्री उभिएर सम्बोधन नगरी फर्किएको घटना आफ्नो स्मरणमा नभएको बताउँछन् । ‘प्रधानमन्त्री सम्बोधनका लागि रोस्टममा पुगिसकेको अवस्थामा उहाँको कुरा सुन्नु प्रतिपक्षको दायित्व हो । प्रधानमन्त्रीको कुरा चित्तबुझ्दो नभए पछि बोल्न पाइन्छ । ध्यानाकर्षण प्रस्ताव पनि ल्याउन सकिन्छ । प्रधानमन्त्री बोल्दाबोल्दै अप्रिय कुरा बोलेमा विचमै पनि कुरा राख्न सकिन्छ तर रोस्टममा पुगेका प्रधानमन्त्रीलाई बोल्न नदिनु शोभनीय कुरा होइन,’ शर्माले लोकान्तरसँग भने । यसअघि सरकारका नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा ओलीले निम्छरो प्रश्नको जवाफ नदिने भनेपछि सदनमा हंगामा भएको थियो ।

बैठक स्थगित भएपछि पत्रकारसँग कुरा गर्दै कांग्रेस सभापति शेरबहादुर देउवाले संसारभर जवाफ दिने कुरामा प्रधानमन्त्रीले पछि बोल्ने गरेको जिकीर गरे ।

संसदमा सम्बोधन गर्न नपाएपछि प्रधानमन्त्री ओलीले मंगलवार पत्रकार सम्मेलनमार्फत आफ्ना कुरा राख्दैछन् । मंगलवार संसदमा भएको घटनाले सत्ता–प्रतिपक्षको दूरी झन् बढाएको देखिएको छ । संसदीय मूल्य, मान्यता र अभ्यासभन्दा पनि दलका नेताको ‘इगो’ हावी हुँदा जनप्रतिनिधिमूलक संस्था बेकामे बन्ने खतरा बढाएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x