×

NMB BANK
NIC ASIA

साताको शेयर बजार : १ अर्ब ९१ करोडको कारोबार

असार ७, २०७६

NTC
Premier Steels

काठमाडौं – धितोपत्र बजारमा यस साता शेयर कारोबार मापक नेप्से परिसूचक उतारचढावपूर्ण अवस्थामा रह्यो ।

Muktinath Bank

शुरूका केही दिन ओरालो लागेको नेप्से साताको अन्तिम तिर आइपुग्दा उकालो लाग्ने संकेत गर्‍यो । यद्यपी कारोवार रकममा भने उल्लेख्य वृद्धि हुन सकेन ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नेपाल स्टक एक्सचेञ्जका अनुसार कूल १७४ कम्पनीका ६४ लाख ३० हजार ८४ कित्ता शेयर १ अर्ब ९१ करोड ४९ लाख ७५ हजार ११२ मूल्यमा खरीद बिक्री भए । गत बिहीबार अर्थात जेठ ३० गते एक हजार २६९.५५ बिन्दुमा पुगेर कारोवार बन्द भएको नेप्से यस साताको शुरूको दिन अर्थात असार १ गते आइतबार  ११.३६ बिन्दुले घटेर १ हजार २५८.२७ मा झर्‍यो । 


Advertisment
Nabil box
Kumari

कूल १७४ कम्पनीका १४ लाख ७३ हजार ८०८ कित्ता शेयर ४७ करोड २५ लाख २० हजार ८ सय ११ रुपैयाँमा खरीद बिक्री भए । निरन्तर ओरालो लाग्दै आएको  नेप्से परिसूचक सोमबार भने सामान्य सुधार देखियो । सो दिन नेप्से परिसूचक २.६३ बिन्दुले वृद्धि भई १ हजार २६०.९० अंकमा पुग्यो ।  कूल १७३ कम्पनीका १३ लाख ७३ हजार १३० कित्ता शेयर ४० करोड ३५ लाख ३८ हजार १ सय ४७ रुपैयाँमा खरीद बिक्री भए । स्टकका अनुसार कूल ११ उपसमूहको कारोवार भएकामा आज तीन उपसमूहको शेयर घटेको छ भने ८ उपसमूहको शेयर बढ्यो ।

Vianet communication


मंगलबार भने कारोवार मापक नेप्से परिसूचक पुनः ओरालो लाग्यो ।  सो दिन परिसूचक २.२३ बिन्दुले घटेर एक हजार २५६.६६ बिन्दुमा पग्यो । घटेको बजारमा कारोवार रकममा पनि गिरावट आयो । कूल १ सय ७७ कम्पनीका १२ लाख २६ हजार ६८६ कित्ता शेयर ३५ करोड ९४ लाख ११ हजार ३ सय ५ रुपैयाँ मूल्यमा कारोबार भयो । स्टकका अनुसार कारोबार भएका कबुल ११ उपसमूहमध्ये शनिवार ३ उपसमूहको मात्रै शेयरमा वृद्धि भयो । 

साताको शुरूआतदेखि नै अस्थिर रहेको धितोपत्र बजारमा नेप्से परिसूचक बुधबार पुनः ओरालो लाग्यो । परिसूचक ०.२० बिन्दुले घटेर एक हजार २५८.४६ अंकमा पुग्यो । टकका अनुसार शनिवार १६९ कम्पनीका नौ लाख ८० हजार ९१९ कित्ता शेयर ३० करोड ४१ लाख ८९ हजार ६ सय ४५ रुपैयाँमा खरीद बिक्री भए । 

साताको अन्तिम दिन भने परिसूचक उकालो लागि बन्द भयो ।  सो दिन परिसूचक ५.९० अंकले बढेर एक हजार २६४.३६ बिन्दुमा पुग्यो । परिसूचक उकालो लागेपनि कारोबार रकम भने सस्तैमा समेटियो । कूल १ सय ७१ कम्पनीका १३ लाख ७५ हजार ५४१ कित्ता शेयर ३७ करोड ५३ लाख १५ हजार २ सय ४ रुपैयाँमा खरीद बिक्री भए । 

३ कम्पनीका शेयर सूचीकृत

नेपाल स्टक एक्सचेञ्ज लिमिटेडमा बिहीवार विभिन्न ३ कम्पनीका शेयर सूचीकृत भएका छन् । मेरो माइक्रोफाइनान्स वित्तीय संस्थाको ३२ लाख ८९ हजार कित्ता हकप्रद शेयर सूचीकृत भएको छ । मिथिला लघुवित्त वित्तीय संस्थाका ३ लाख २९ हजार ८ सय ८९ कित्ता हकप्रद शेयर सूचीकृत भए ।  स्टकमा जेविल्स फाइनान्स लिमिटेडका ३ लाख ४० हजार ९ सय ५५ कित्ता हकप्रद र ३ लाख ८९ हजार २ सय ८१ कित्ता शेयर लाभांश सूचीकृत भएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २४, २०८०

एनएमबि बैंकले तिहारको अवसरमा क्याशब्याक  अफर सार्वजनिक गरेको छ ।​ बैंकले एनएमबि डेबिट कार्ड प्रयोग गर्ने ग्राहकहरूको लागि तुरुन्तै २०० रुपैयाँ क्याशब्याक प्राप्त गर्न सकिने अफर सार्वजनिक गरेको हो । ति...

बैशाख १०, २०८१

नयाँ वर्ष २०८१ लागेयता लगातार घटेर आइतवार बल्ल सुधार देखिएको सेयर बजार कारोबार सोमवार पुनः घटेको छ ।  साताको दोस्रो दिन १५.४१ अंकले घट्दै नेप्से परिसूचक १९६९.०२ विन्दुमा रहँदा कारोबार रकम पनि घटे...

कात्तिक ६, २०८०

ग्लोबल आइएमई बैंकले डिजिटल बैंकिङ सेवालाई प्रवर्द्धन गर्न आफ्ना ग्राहकहरूलाई ग्लोबल स्मार्ट प्लसमार्फत् हुने कारोबारमा क्यासब्याक दिने योजना सार्वजनिक गरेको छ । बैंकको ग्लोबल स्मार्ट प्लस ए्याप प्रयोगकर्ताहरूले विजया ...

मंसिर १०, २०८०

कुमारी बैंक लिमिटेडले ‘परिवार सुरक्षा बचत खाता योजना’ अन्तर्गत ८ करोड रुपैयाँ बराबरकोे बीमा रकम भुक्तानी गरेको छ । बैंकले हालसम्म ४ हजार ५ सय ग्राहकहरूलाई उक्त रकम प्रदान गरेका हो ।​ बैंकले ...

मंसिर ४, २०८०

एनएमबि बैंक लिमिटेडले 'प्रिमियम सुपर तलब खाता'मा आकर्षक सुविधा उपलब्ध गराउँदै आएको छ, सोही कारण उक्त खाता एनएमबि बैंकको लोकप्रिय 'प्रोडक्ट'का रूपमा चर्चित छ । निक्षेपमा उच्च ब्याजदर, कर्पोरे...

कात्तिक २, २०८०

नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेड (एनआईएमबी)ले देशको विभिन्न क्षेत्रहरूमा रहेका ११ वटा यातायात व्यवस्था कार्यालयहरूबाट क्यूआर कोडमार्फत विभिन्न शीर्षकमा राजश्व संकलनको व्यवस्था मिलाएको छ । यो सुविधाले गर्दा ...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x