कात्तिक २०, २०८०
जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...
धनगढी- कैलालीको अत्तरिया नगरपालिकाको नगरसभामा अवरोध गरेको आरोपमा अत्तरिया उद्योग वाणिज्य संघका अध्यक्ष अशोक देवकोटासहित ३ जनालाई प्रहरीले बुधवार पक्राउ गरेको छ ।
आफ्नो धारणा राख्न आयोजना गरिएको पत्रकार सम्मेलनमा सहभागी भएका अध्यक्ष देवकोटा, संघका सदस्य विपिन कुमार साउद र दिनेश विष्टलाई प्रहरीले पक्राउ गरेको हो । ईलाका प्रहरी कार्यालय मालाखेतीका डीएसपी ज्ञानबहादुर विष्टको नेतृत्वमा गएको प्रहरीको टोलीले नियन्त्रणमा लिएको छ ।
गोदावरी नगरपालिकाले यही असार १० आयोजना गरेको तेस्रो नगर सभाको उद्घाटन कार्यक्रममा माइक तोडफोड गरेको, माइकको तार काटेको र कार्यक्रम बिथोल्ने प्रयास गरेको भन्दै नगरपालिकाले देवकोटासहितका ८ जनाविरुद्ध किटानी दिएकाले पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी प्रमुख प्रहरी उपरिक्षक सुदिप गिरीले जानकारी दिए ।
नगरपालिकाले केही दिन पहिले अध्यक्ष देवकोटासहित ८ जना विरुद्ध सार्वजनिक हित विपरीतको क्रियाकलाप गरेको भन्दै जिल्ला प्रहरी कार्यालयमा मुद्दा दायर गरेको थियो । पक्राउ परेका तीनै जना जिल्ला प्रहरी कार्यालय कैलालीको हिरासतमा रहेको र कानूनी कारवाही अगाडि बढिरहेको प्रहरी प्रमुख प्रहरी उपरिक्षक गिरीले बताए ।
नगरसभाको उद्घाटन सत्रको कार्यक्रममा आफूहरूले पनि स्थानीय व्यापारीका समस्याहरू राख्न पाउनुपर्ने भन्दै अत्तरिया उधोग वाणिज्य संघका अध्यक्ष देवकोटा नेतृत्वको समूहले अवरोधको प्रयास गरेको थियो । कार्यक्रममा प्रमुख अतिथि रहेका पूर्वमन्त्री लेखराज भट्ट र विशिष्ट अतिति रहेका सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीले बोल्ने बेला पटक–पटक माइकको तारमा अवरोधको प्रयास गरिएको थियो ।
नगरपालिकाले अध्यक्ष देवकोटासहित सचिव शंकर खड्का, सदस्य दिपिन कुमार साउद, सदस्य रविन्द्र खनाल, स्थानीय व्यापारी राजेन्द्र बोगटी, केशव नौन्याल, दिनेश विष्ट र मोहन पाठकको नाममा जिल्ला प्रहरी कार्यालयमा सार्वजनिक हितविरुद्धको मुद्दा दर्ता गरेको छ । मुद्दा दर्ता भएपछि प्रहरीले देवकोटालगायत सबैको खोजी गरिरहेको थियो । अन्यको पनि खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।
यसैबीच पक्राउको विरोधमा व्यापारीहरूले अत्तरिया बजार बन्द गराएका छन् । प्रहरीले पक्राउ गरेपछि अत्तरिया उद्योग वाणिज्यको आह्वानमा बजार बन्द गरिएको छ । व्यवसायीहरूको साझा समस्यालाई नगरपालिकाको नगरसभामा राख्न नपाएको विषयमा विरोध गर्दा मुद्दा लगाएर पक्राउ गर्नु गलत भएको भन्दै अत्तरियाका व्यवसायीहरूले स्वच्छिक रूपमा बजार बन्द गराएको अत्तरिया उद्योग वाणिज्य संघका महासचिव यज्ञराज जोशीले जानकारी दिए ।
जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...
सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...
जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो । जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...
गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ । बाँचेकाहरू शोक र पीडामा छन् । ...
दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो । दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...
गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ । ...
नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...
निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...
जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...