×

NMB BANK
NIC ASIA

विश्वकपपछि धोनीले संन्यास लिने भारतीय सञ्चारमाध्यमको अनुमान

असार १९, २०७६

NTC
Premier Steels

काठमाडौं – क्रिकेट विश्वकपमा महेन्द्र सिंह धोनीले सुस्त गतिमा ब्याटिङ गरेको भन्दै क्रिकेट विज्ञ र प्रशंसकहरूले लगातार आलोचना गरिरहेका छन् । यसबीच विश्वकप लगत्तै धोनीले क्रिकेटबाट संन्यास लिने खबर भारतीय सञ्चारमाध्यमहरूमा आएका छन् । 

Muktinath Bank

बीसीसीआईका एक अधिकारीले धोनी विश्वकपमा नै अन्तिम खेल खेल्ने र त्यसपछि संन्यास लिने दाबी गरेका छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

विगत केही समययता धोनीको आलोचना भइरहेको छ । उनले सुस्त गतिमा खेल्दा भारतलाई गाह्रो परेको बताइएको छ । 


Advertisment
Nabil box
Kumari

विगत एक वर्षदेखि उनले राम्रो फिनिशरको भूमिका निर्वाह गर्न नसकेको बताइएको छ । त्यसो त विश्वकपमा छानिनुअघि नै उनले यो प्रतियोगितापछि संन्यास लिने अनुमान गरिएको थियो । 

Vianet communication

बीसीसीआईका एक वरिष्ठ अधिकारीले नाम नबताउने शर्तमा पीटीआई समाचार संस्थालाई भने, ‘धोनीको बारेमा केही भन्न सकिन्न । तर विश्वकपपछि उनले खेल जारी नराख्ने सम्भावना छ । उनले क्रिकेटका तीनै फर्ममा कप्तानी नगर्ने फैसला अचानक लिएका थिए । त्यसैले उनका बारेमा भविष्यवाणी गर्न एकदम गाह्रो छ ।’

अफगानिस्तानविरुद्धको खेलमा ५२ बलमा २८ रन बनाउँदा धोनीको कडा आलोचना भएको थियो । प्रशंसक मात्र नभई सचिन तेन्दुलकर समेत निराश बनेका थिए । इंग्ल्यान्डविरुद्ध अन्तिम ओभरमा ठूला शट नहानेको भन्दै धोनीको आलोचना भएको थियो । 

विश्वकपमा स्पिनरहरूले धोनीलाई अत्याइरहेका छन् । बंगलादेशविरुद्धको खेलमा पनि धोनी सहज देखिएका थिएनन् ।

एजेन्सी
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

एकदिवसीय विश्वकपमा वर्षाले खेल रोकेपछि पाकिस्तानलाई फाइदा भएको । पाकिस्तानले डीएलएस मेथडमा न्युजिल्यान्डलाई २१ रनले पराजित गरेको हो । न्युजिल्यान्डले दिएको ४०२ रनको विशाल लक्ष्य पछ्याउने क्रममा पाकिस्तानले २५....

कात्तिक १७, २०८०

यूएईलाई ८ विकेटले पराजित गरेर नेपाल सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा हुने टी–ट्वान्टी विश्वकपमा छनोट हुँदै गर्दा एउटा दृश्यले सबैको ध्यान तान्यो ।  सामाजिक सञ्जालदेखि अन्तर्राष्ट्रिय स्तरसम्म चर्चा...

बैशाख २०, २०८१

नेपालले वेस्ट इन्डिज ‘ए’सँगको टी–२० क्रिकेट श्रृंखला एक खेलअगावै गुमाएको छ । पाँच खेलको श्रृंखलाअन्तर्गत चौथो खेलमा पराजित भएसँगै नेपालले अन्तिम खेल नखेली वेस्ट इन्डिजलाई नतिजा सुम्प...

मंसिर ३, २०८०

फाइनलअघि १० खेलमा १० जीत, व्यक्तिगततर्फ सर्वाधिक रन (विराट कोहली- ७६५), अनि सर्वाधिक विकेट (मोहम्मद शमी- २४) को बलमा तेस्रोपटक विश्वकप विजेता बन्ने भारतको सपना सपनामै सीमित रहन पुगेको छ । अहमदावादस्थित नर...

कात्तिक २१, २०८०

चितवनको भरतपुरस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बागमती प्रदेश सरकार र भरतपुर महानगरपालिकाले मिलेर बनाउने सहमति गरेका छन् । प्रदेशको ७० प्रतिशत र महानगरको ३० प्रतिशत लगानीमा बनाउने सहमति भएको हो ।...

कात्तिक १७, २०८०

कम उमेरमै विश्व क्रिकेटमा प्रभाव छोडेका नेपालका लेग स्पीनर सन्दीप लामिछाने अर्को दुर्लभ विश्व कीर्तिमान निकट पुगेका छन् । यस अघि गत वैशाखमा कीर्तिपुरमा ओमानविरुद्ध एकदिवसीयमा सबैभन्दा छिटो ४२ खेलमा एक सय विक...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x