कात्तिक ३०, २०८०
केही वर्षअघि विद्वान प्राध्यापक डा. अभि सुवेदीले कान्तिपुरमा लेख्नुभएको एउटा प्रसंगबाट आजको चर्चा शुरू गर्नु उपयुक्त हुनेछ । त्यस प्रसंगमा नेपाली कांग्रेसका वर्तमान सभापति शेरबहादुर देउवाले पूर्व प्रधानमन्त्रीको हैस...
‘गुरुर्ब्रह्मा गुरुर्विष्णु गुरुर्देवो महेश्वर: । गुरुः साक्षात् परब्रह्म तस्मै श्रीगुरवे नमः ।’ ऋषिमुनिहरूले गुरुवन्दनामा गाएका संस्कृत सूक्ति हो यो । समाजमा गुरुको स्थान र देनबारे प्रष्ट पारेको छ यस एउटै सूक्तिले ।
गुरुको अर्थ हुन्छ– ‘अध्यारोबाट उज्यालोतर्फ लाने व्यक्ति, शक्ति वा संस्था । व्याकरणशास्त्र अनुसार यसको व्युत्पत्ति हुन्छ– ‘गुः अज्ञानं रौतीति गुरुः ।’ अर्थात् जसले अज्ञानरूपी अन्धकारलाई हटाउँछ उसलाई गुरु भनिन्छ । अनेकार्थवाचक भएर रहेको छ यो शब्द । शब्दकोषमा यसका दर्जनौं अर्थ भेटिन्छ, विशाल, गहन, छन्दशास्त्र तथा सङ्गीतशास्त्रका चिह्न यस्तै यस्तै ।
तथापि ज्ञानरूपी सलाईको काँटीद्वारा मानिस वा समाजलाई अज्ञानरूपी अन्धकारबाट जसले मुक्त गर्छ, गर्न सक्छ त्यही नै गुरु हो । वस्तुतः गुरु व्यक्ति होइनन्, संस्था हुन् । शास्त्रीय तथा व्यावहारिकं ज्ञान दिएर जसले व्यक्तित्व निर्माण गर्छन् वा व्यक्तित्व निर्माणमा सहयोग पुर्याउँछन् ती सबै गुरु हुन् । यस अर्थमा बाबु, आमा, घरपरिवार, समाज तथा छरछिमेक लगायत शिक्षालय, महाविद्यालय, विश्वविद्यालय तथा तिनका व्यवस्थापक, सञ्चालक सबै गुरु हुन् । तिनै गुरुहरूप्रति सम्मान प्रकट गर्ने पर्व हो गुरु पूर्णिमा ।
प्राचीनकालदेखि नै गुरुको विशिष्टतम स्थान रहदै आएको छ समाजमा । उपनिषद् दर्शनले ‘आचार्यदेवो भव’ भनेर गुरुलाई देवता समान ठानेर सम्मान गर्नुपर्छ भनेको छ । (तैत्तिरीयोपनिषद् शिक्षावल्ली ११।२) । आठवर्षको उमेरमा गुरुको आश्रममा गएर विद्याध्ययन गर्नुपथ्र्यो प्राचीनकालमा । २५ वर्षको उमेरसम्म गुरुको सान्निध्यमा रहेर विद्याध्ययन गरी गृहस्थाश्रममा फर्कन्थे विद्यार्थीहरू । विद्यार्थीलाई गृहस्थाश्रममा फिर्ता पठाउँदा समावर्तन संस्कार गरेर पठाउँथे । अहिले त्यस्तो अवस्था छैन । गुरुकुल शिक्षाको स्थान आधुनिक शिक्षाले लिएको छ, गुरुको स्थान सर मिसहरूले तर समावर्तन संस्कार भने प्रतीकात्मकरूपमा आधुनिक शिक्षामा पनि हुँदै आएको छ, जसलाई दीक्षान्त समारोह भनिन्छ । परम्परागतरूपमा भने ब्रतबन्धकै दिन सम्पन्न गरिन्छ यस संस्कारलाई ।
धर्मशास्त्रले गुरुलाई केदार तीर्थको संज्ञा दिएको छ । तीर्थका अनेक भेद छन् । तिनमा गुरु पनि एक हुन् । पद्मपुराणमा गुरु समान अर्को तीर्थ छैनन् भनेका छन् व्यासजीले । ‘अज्ञानाख्यं तमस्तस्य गुरुः सर्वं प्रणाशयेत् । तस्माद् गुरुः परमं तीर्थं शिष्याणामवनीपते ।’ (पद्मपुराण भूमिखण्ड ८५।१४ं) ज्ञान प्राप्त गर्न गुरुको आवश्यकता पर्छ । गुरु विनाको ज्ञान कोरा हुन्छ, परेको बेला काम दिंदैन । गुरु नै सर्वोपरि मार्गदर्शक हुन् व्यक्ति, समाज तथा राष्ट्रकै लागि । गुरु पाउन नसकिए गुरुको सम्झना गरेर भए पनि नयाँ काम शुरु गर्थे पहिलेका मानिस । महाभारतका अनुसार एकलब्यले द्रोणाचार्यको मूर्तिलाई गुरु थापेर धनुर्विद्या सिकेका थिए ।
भगवान् कृष्णलाई संसारकै प्रथम जगद्गुरु मानेका छन् व्यासजीले । कृष्णपछिको आदि जगद्गुरु व्यासजी नै मानिएका छन् । उनको सम्झना गर्ने दिन पनि हो गुरु पूर्णिमाको दिन । तिनै कृष्ण र व्यासजीलाई समेत गुरुको आवश्यता परेको थियो । कृष्णले सान्दीपिनि गुरुसित ६४ दिनमा १४ विद्या ६४ कला सिकेका थिए रे । व्यासजीले यसबारे राम्रो झाँकी प्रस्तुत गरेका छन् भागवतमा । ‘अहोरात्रैश्चतुःषष्ठ्या संयन्तौ तावतीः कलाः । गुरुदक्षिणयाऽऽचार्यं छन्दयामासतुर्नृप ।’ (श्रीमद्भागवत १०।४५।३६) राम जो मर्यादा पुरुषोत्तम मानिएका छन् आफै । उनलाई समेत गुरुको आवश्यकता परेको थियो । उनका गुरु महर्षि वसिष्ठ हुन् । महर्षि विश्वामित्र पनि गुरु बन्न आएका छन् कुनै समयमा । पाण्डवहरूको जीवनमा पनि गुरुको उत्तिकै ठूलो भूमिका छ । यसबारे विषद् चर्चा भेटिन्छ महाभारतमा । आध्यात्मिक दृष्टिले उनीहरूका गुरु कृष्ण नै थिए तर उनीहरूका विद्यागुरु भने द्रोणाचार्य र कुलगुरु कृपाचार्य थिए ।
देवताहरूलाई पनि गुरुको आवश्यकता परेका प्रशस्तै उदाहरण भेटिन्छ इतिहास र पुराणमा । देवताहरू मूलतः पृथिवी स्थानीय, अन्तरिक्ष स्थानीय र द्युस्थानीय तीन किसिमका छन्, जसमा क्रमशः अग्नि, वायु, सूर्य पर्छन् । यास्काचार्यले निरुक्तमा दानको अर्थमा, प्रकाशकको अर्थमा र आफै प्रकाशित हुन सक्ने अर्थमा देवता शब्दको व्युत्पत्ति गरेका छन् । ‘देवो दानाद् द्योतनाद् दीपनाद् वा ।’ (निरुक्त ७।४।१५) जसले सबैको सहयोग गर्छन्, जो सबैका प्रकाशक छन् र जुन आफै प्रकाशित हुन सक्छन् उनीहरू नै देवता हुन् । तिनै देवताहरूलाई समेत गुरुको आवश्यकता परेको प्रशस्तै उदाहरण छन् । उनीहरूका गुरु बृहस्पति हुन् ।
उनले पटक पटक उद्धार गरेका छन् देवताहरूलाई । एकपटक बृहस्पति रिसाएर कतै गएका थिए । त्यतिबेला बरु त्वष्टा प्रजापतिका छोरा विश्वरूपलाई गुरु बनाउन पुगेका छन् तैपनि गुरुको स्थान खाली हुन दिएका छैनन् । दानवहरूको अवस्था पनि त्यस्तै हो । उनीहरूका गुरु शुक्राचार्य हुन्, जसले पटक पटक उतारेका छन् दुःखको खाडलबाट उनीहरूलाई । सबैका लागि र सँधैका लागि गुरु अत्यावश्यक मानिएका छन्, रहेका छन् । चिन्तामणिले लोक सुख र कल्पबृक्षले स्वर्गीय सुख मात्र दिन सक्छन् तर गुरु खुशी भए भने योगी दुर्लभ वैकुण्ठलोककै बाटो देखाउन सक्छन् भनिएको छ पद्मपुराणमा । ‘चिन्तामणिर्लोकसुखं सुरद्रुः स्वर्गसम्पदम् । प्रयच्छति गुरुः प्रीतो वैकुण्ठं योगिदुर्लभम् ।’
गुरु जीवन हुन्, जीवनदर्शन हुन्, जीवनी तत्वबोधक हुन् । उनले सर्वव्यापक बनेर जीवनका हरेक मोडमा सघाइरहेका छन् । चिन्नसक्नुपर्छ गुरु पदपदमै भेटिन्छन् खोज्न जानुपर्दैन । परमहंस शिरोमणि दत्तात्रय महाराजका २४ गुरु थिए । सूर्य, चन्द्र, अग्नि, वायु, सूर्य, आकाश, पृथिवी, समुद्र, सर्प, अजिङ्गर, माकुरो, मौरी, पुतली, मृग, कुमलकोटी, बालक, कुमारीकन्या, हात्ती, परेवादेखि व्याधा र नगरबधुसम्म उनका गुरु रहेका छन्, जसबाट कुनै कुनै शिक्षा लिएर अवधूतको भेषमा पृथिवी भ्रमण गर्न सफल भएका छन् उनी । ‘पृथिवी वायुराकाशमापोऽग्निचन्द्रमा रविः । कपोतोऽजगरः सिन्धुः पतङ्गो मधुकृद् गजः । मधुहा हरिणो हरिणो मीनः पिङ्गला कुररोऽर्भकः । कुमारी शरकृत् सर्प ऊर्णनाभिः सुपेशकृत् ।’ (श्रीमद्भागवत ११।७।३३–३४) यसको अर्थ हो गुरु सर्वव्यापक छन् । चिन्न सके सबै गुरु । प्रकृति गुरु, धर्ती, गुरु, आकाश गुरु, आगो, पानी गुरु, रुख, विरुवा वनस्पति, पशुपक्षी, कीटपतङ्ग आब्रह्म स्तम्भपर्यन्त गुरु, नसके सबै अगुरु ।
गुरु चिन्नका लागि केही समय उनको सङ्गत गर्नुपर्छ भनिएको छ मुण्डकोपनिषद्मा । कतिपय कुरा जो देखिन्छ त्यो हुँदैन । जुन हुन्छ त्यो देखिंदैन । स्वरूप हेरेर कसैलाई पनि गुरु मान्नु हुन्न । हरेक गतिविधि हेरी परीक्षण गरेर मात्र गुरु मान्नुपर्छ भन्ने उसको आशय हो । ‘परीक्षा लोकावन्कर्मचितान्ब्राह्मणो निर्वेदमायान्नास्त्यकृतः कृतेन । तद्विज्ञार्थं स गुरुमोभिगच्छेत् समित्पाणिः श्रोत्रियं ब्रह्मनिष्ठम् ।’ (मुण्डकोपनिषद् १।२।१२) तर नाना किसिमका भेषधारी पनि गुरु बनेर निस्कन थालेका छन् हिजोआज । यस्ता गुरुको पछि लाग्नु भनेको समय र साधनको दुरुपयोग गर्नु हो ।
हिजोआज शिक्षाको नाममा समेत व्यपार हुन थालेका छन् । गुरुहरू आफै बसेका छन् ट्युशन सेन्टर खोलेर व्यपार गर्न । व्यपार गर्न आएको शिक्षाले सिकाउने व्यापार नै हो । यसले गुरु विद्यार्थीबीचको सम्बन्धलाई नै धमिल्याएको छ । गुरुहरूलाई कालो मोसो र जुत्ताको मालाले स्वगत गर्न पनि पछि नपर्ने भइसकेका छन् आजको विद्यार्थी । पहिलेको शिक्षा निःशुल्क हुन्थ्यो । गुरुहरू जति बढी विद्यार्थीलाई पढाउन पाइयो त्यति खुशी हुन्थे । विद्यार्थीहरू पनि गुरुलाई देवता जस्तै ठानेर सम्मान गर्थे । पुनः त्यस्तै शिक्षाको आवश्यकता छ अहिले । पहिले जस्तै पूर्ण निःशुल्क बनाउन नसके पनि न्यूनतम आधारभूत विशेषतातर्फ भने ध्यान दिनैपर्ने भएको छ ।
केही वर्षअघि विद्वान प्राध्यापक डा. अभि सुवेदीले कान्तिपुरमा लेख्नुभएको एउटा प्रसंगबाट आजको चर्चा शुरू गर्नु उपयुक्त हुनेछ । त्यस प्रसंगमा नेपाली कांग्रेसका वर्तमान सभापति शेरबहादुर देउवाले पूर्व प्रधानमन्त्रीको हैस...
धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले राष्ट्रपति र प्रधानमन्त्रीको फोटो नगरपालिकाबाट हटाएको विषय अहिले निकै चर्चामा छ । २०५४ मा त्यही प्रकृतिको क्रियाकलाप गरेका थिए, लीला थापा मगरले । जिल्ला विकास समिति...
नेपालको सार्वजनिक प्रशासन, विशेषतः निजामती सेवामा व्यावसायिक सदाचारिता विकास भएन भन्ने प्रश्न समय समयमा उठ्दै आएको छ । कर्मचारीमा स्वाभाविक रूपमा हुनुपर्ने कार्यसम्पादनलाई व्यवस्थित बनाउने सीप, संस्कार र अनुभवजन्य...
मखमली फुल्दा, मार्सी धान झुल्दा बहिनी आउने छिन्, दैलाको तस्वीर छातीमा टाँसी आँसु बगाउने छिन् .....। हाम्रो समयका चर्चित गायक नारायण रायमाझीको ‘नमुछे आमा दहीमा टीका’ बोलको गीत नि...
गरिबको घरआँगन कसैलाई मन पर्दैन । गरिबको लुगाफाटो कसैलाई मन पर्दैन । गरिबले ठूला कुरा गरेको कसैलाई मन पर्दैन । गरिब नाचेको, गरिब हाँसेको कसैलाई मन पर्दैन । यतिखेर गरिबले लडेको जनयुद्ध दिवस पनि कसैलाई मन ...
राजधानी काठमाडौंबाट कयौं सय माइल टाढा रहेका जाजरकोट र रुकुम पश्चिम यतिबेला भूकम्पले इतिहासकै सर्वाधिक पीडामा छन् । गोधूलि साँझसँगै ओठ काँप्ने जाडो शुरू हुन थाल्छ । आमाको मजेत्रोमा लपेटिएका बच्चाहरू चि...
नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...
निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...
जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...