×

NMB BANK
NIC ASIA

भारतीय जासुस प्रमुखको रहस्यमय काठमाडौँ यात्रा : भेट्न जाने, मुख नखोल्ने नेपाली नेताहरू !

साउन ७, २०७६

NTC
Premier Steels

काठमाडौँ - गत शनिवारदेखि भारतीय खुफिया एजेन्सी 'रअ' प्रमुख सामन्त गोयलले नेपालमा गरेको उच्चस्तरीय भेटघाटसम्बन्धी चर्चा व्यापक रूपमा चुलिएपनि भेटघाटमा संलग्न सम्बन्धित पक्षबाट जनतासमक्ष औपचारिक पुष्टि या खण्डन केही आएको छैन ।

Muktinath Bank

सम्बन्धित पक्षले यसबारेमा मुख नखोल्दा गोयलको भ्रमण झन् संकास्पद र विवादास्पद बनिरहेको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

लोकान्तरलाई प्राप्त सूचना अनुसार गोयल शनिवारै नेपाल आएपछि र ह्यात होटेलमा कोठा बुक गरेर बसेका थिए  । तर सम्बन्धित पक्षले गोयलसँगको भेटवार्ताबारे मुख नखोल्दा उनको भ्रमण शंकास्पद हुन पुगेको हो ।


Advertisment
Nabil box
Kumari

सोमवार बिहान गोयलले सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'लाई उनकै निवासमा भेटेको चर्चा चल्यो । लोकान्तरलाई प्राप्त सूचना अनुसार गोयल र प्रचण्डबीच करीब २ घन्टा भेटवार्ता चलेको थियो । तर यसबारेमा प्रचण्डको सचिवालय हालसम्म केही बोलेको छैन । 

Vianet communication

गोयलको प्रधानमन्त्रीसँगको भेटवार्ताबारे सरकारले पनि औपचारिक रूपमा मुख खोलिसकेको छैन । 

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सभापति शेरबहादुर देउवाको गोयलसँग भएको भेटवार्ताबारे आफूलाई कुनै जानकारी नभएको प्रष्ट पारे । मंगलवार लोकान्तरसँग कुराकानी गर्दै शर्माले उक्त भेटबारे आफूलाई हालसम्म केही जानकारी नभएको दाबी गरेका हुन् ।

त्यस्तै नेपाल-भारत सम्बन्धमा जानकार सांसद अमरेशकुमार सिंहले पनि भेटवार्ताबारे आफूलाई कुनै जानकारी नभएको बताए । 'गोयलको नेपाल भ्रमण हुनु कुनै नौलो कुरा होइन,' सिंहले लोकान्तरसँग भने, 'तर कहिले आए, क-कसलाई भेटे भन्ने कुरा अहिले मेरो जानकारीमा छैन ।'

राजपाका नेता महेन्द्र राय यादवले पनि भेटवार्ता सम्बन्धमा आफू जानकार नरहेको बताए । उच्च स्रोतका अनुसार गोयल राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री ओली, नेकपाका अध्यक्ष प्रचण्ड, प्रतिपक्षी दलका सभापति देउवा, राष्ट्रिय जनता पार्टीका शीर्ष नेताहरू लगायतलाई भेटेर भारत फर्किसकेका छन् ।  

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

x