कात्तिक १७, २०८०
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...
धनगढी – नेपाल–भारत सीमा जोडिएको जिल्लामा नक्कली नोटको कारोबारमा ठूलो गिरोह सक्रिय रहेको पाइएको छ ।
भारतसँग सीमा जोडिएको सुदूरपश्चिम प्रदेशको कैलाली र कञ्चनपुर जिल्लाको सीमावर्ती क्षेत्रमा गिरोह सक्रिय रहेको प्रहरीको दाबी छ ।
हालसम्म पक्राउ पर्नेमा भारतीय र नेपाली नागरिक हुनु र ठूलो परिमाणमा नेपाली र भारतीय नक्कली नोट बरामद गरिनुले ठूलै गिरोह सक्रिय रहेको प्रहरीको दाबी छ ।
नक्कली नोट कारोबारमा नेपाल–भारत ‘कनेक्सन’ समेत भएको पुष्टि हुँदै आएको कैलालीका प्रहरी नायव उपरीक्षक दक्षकुमार बस्नेतले दाबी गरे । नियन्त्रणको लागि भारतीय प्रहरीसँग सहकार्य गरेर अनुसन्धान समेत गरिरहेको उनको बताए ।
प्रहरीले साउन महिनामा मात्रै नक्कली नोट छाप्ने मसिनसहित ७ जनालाई पक्राउ गरेको छ । शुक्रवार प्रहरीले धनगढी उपमहानगरपालिका–१ नैनादेवी टोलबाट नक्कली नोट छाप्ने मेसिनसहित पक्राउ परेका ४ जनालाई सार्वजनिक गरेको छ ।
पक्राउ पर्नेमा कैलालीको चुरे गाउँपालिका–१ का २५ वर्षीय खग्रेन्द्र बम भन्ने खगे्रन्द्र रजवार, चुरे गाउँपालिका–१ कै २२ वर्षीय भोजबहादुर बम, धनगढी उपमहानगरपालिका–३ का २४ वर्षीय पल्लभराज भट्ट र महोत्तरी जिल्लाको बर्दिवास नगरपालिका–६ का २५ वर्षीय गोकुल खड्का रहेका छन् ।
उनीहरूमध्ये ३ जनालाई फरक–फरक मितिमा धनगढीबाट पक्राउ गरिएको र गोकुल खड्कालाई सीआईबीको टोलीको सहयोगमा काठमाडौंबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
उनीहरूको साथबाट खोटा नोट छाप्ने १ मेसिन, नोट छाप्न प्रयोग भएको २ सय २० थान सेतो पेपर लगायतका नेपाली र भारतीय नक्कली नोट समेत बरामद गरिएको छ ।
प्रहरीले साउन ३ गते २ जना भारतीयलाई पनि नक्कली भारतीय रुपैयाँसहित पक्राउ गरेको थियो । भारतको लखिमपुर खिरीका श्रवणकुुमार सिंह र गुरुजित सिहलाई धनगढी क्षेत्रबाट ४० हजार ९ सय भारुसहित पक्राउ गरेको हो भने साउन १५ गते कैलारी गाउँपालिका–५ का छेदुराम डंगौरा चौधरीलाई नक्कली १ हजार नेपाली दरको २१ थान नोटसहित पक्राउ गरेको प्रहरीले जनाएको छ ।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...
नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...
पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...
मोरङमा २२ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ग्रामथान गाउँपालिका १ लखनतरी टावर चोकका १८ वर्षीय किशोर रहेका छन् । उनलाई शुक्रवार दिउँसो पक्राउ गरिएको प्र...
उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...
नेपाल प्रहरीको साइबर ब्युरोले सामाजिक सञ्जाल (टिकटक र फेसबूक)को दुरुपयोग गरी चरित्रहत्या गर्ने एक जनालाई बिहीव्ँरु पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिराहा, लहान नगरपालिका स्थायी घर भइ हाल काठमाडौं बस्ने ३६ व...
नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...
निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...
जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...