×

NMB BANK
NIC ASIA

उपनिर्वाचनको चहलपहल

उपनिर्वाचनमा प्रदेश राजधानी मुख्य मुद्दा, जोगिएला नेकपाको साख ?

साउन २७, २०७६

NTC
Premier Steels

बुटवल – आगामी मंसिरमा उपनिर्वाचन गर्ने गरी निर्वाचन आयोगले मिति तय गरेको छ । प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहका रिक्त ५० स्थानका लागि उपनिर्वाचन गर्न लागिएको हो ।

Muktinath Bank

निर्वाचन आयोगका प्रवक्ता शंकरप्रसाद खरेलले मंसिर १४ गते रिक्त प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहको एकसाथ निर्वाचन हुने लोकान्तरलाई बताए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘३६ जिल्लामा उपमहानगरपालिका प्रमुख १, गाउँपालिका प्रमुख ३, गाउँपालिका उपाध्यक्ष १, गाउँपालिका तथा नगरपालिका वडा अध्यक्ष ४१, प्रदेशसभा सदस्य ३ र प्रतिनिधिसभा सदस्य १ गरी कूल ५० पदको लागि उपनिर्वाचन हुँदैछ,’ उनले भने ।


Advertisment
Nabil box
Kumari

स्थानीय तह निर्वाचन ऐन २०७३ बमोजिम स्थानीय तहको उपनिर्वाचनको मिति निर्वाचन आयोगको परामर्शमा नेपाल सरकार र प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन २०७४ र प्रदेशसभा सदस्य निर्वाचन ऐन २०७४ बमोजिम प्रदेशसभा सदस्यको उपनिर्वाचन मिति राजनीतिक दल र सम्बद्ध सरोकारवालासँग छलफल गरी तय गरिएको छ ।

Vianet communication

प्रतिनिधिसभा/प्रदेश सभामा कहाँ–कहाँ हुँदैन उपनिर्वाचन ?

कास्की क्षेत्र नम्बर २ मा प्रतिनिधि सभाको निर्वाचन हुँदैछ । त्यहाँबाट निर्वाचित पूर्व संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीको दुर्घटनामा मृत्यु भएपछि निर्वाचन हुन लागेको हो ।

बाग्लुङ निर्वाचन क्षेत्र नम्बर २ (ख) मा पनि निर्वाचन हुँदैछ । बाग्लुङबाट निर्वाचित राष्ट्रिय जनमोर्चाका सांसद टेकबहादुर घर्तीको उपचारको क्रममा गएको मंसिरमा भारतको नयाँ दिल्लीमा निधन भएको थियो ।

भक्तपुर क्षेत्र नम्बर १ को (ख) मा पनि निर्वाचन हुँदैछ । उक्त क्षेत्रबाट निर्वाचित सांसद हरिशरण लामिछानेको गएको वैशाखमा निधन भएको थियो । तत्कालीन नेकपा एमालेबाट निर्वाचित सांसद लामिछानेको उपचारको क्रममा काठमाडौंमा निधन भएको थियो ।

दाङ क्षेत्र नम्बर ३(ख) मा पनि निर्वाचन हुँदैछ । प्रदेशसभा सांसद उत्तरकुमार ओलीको सवारी दुर्घटनामा परी निधन भएपछि निर्वाचन हुन लागेको हो । उनी तत्कालीन नेकपा एमालेबाट निर्वाचित सांसद थिए । 

प्रदेश ५ मा कहाँ–कहाँ हुँदैछ उपनिर्वाचन ?

प्रदेश ५ का ७ जिल्लामा उपनिर्वाचन हुन लागेको छ । १ प्रदेशसभा सदस्य र ८ वडाध्यक्ष पद रिक्त छन् । दाङको क्षेत्र नम्बर ३(ख) मा प्रदेशसभा, गुल्मीको रूरू गाउँपालिका वडा नम्बर ६, अर्घाखाँचीको मालारानी गाउँपालिका वडा नम्बर ३, प्यूठान नगरपालिका वडा नम्बर २, प्यूठानकै ऐरावती गाउँपालिका वडा नम्बर १ र २, रोल्पाको थवाङ गाउँपालिका वडा नम्बर १ र कपिलवस्तुको शिवराज नगरपालिका वडा नम्बर १०, दाङ घोराही उपमहानगरपालिका वडा नम्बर १६, बाँकेको कोहलपुर नगरपालिका वडा नम्बर ६ मा उपनिर्वाचन हुँदैछ । 

उपनिर्वाचनमा मुख्यमन्त्रीको गृहजिल्लामा जोगाएला नेकपाले साख ?

उपनिर्वाचनको मिति तय भएसँग दाङमा निर्वाचनको सरगर्मी शुरू भएको छ । जिल्लामा क्रियाशील राजनीतिक दलले मंसिर १४ गते २ पदका लागि हुने उपनिर्वाचनको लागि चुनावी कसरत शुरू गरेका छन् । राजनीतिक दलमा उम्मेदवारका आकांक्षीको नाम सार्वजनिक हुने क्रम बढेको छ । 

गएको निर्वाचनमा वलीले कांग्रेसका उम्मेदवार बुद्धिराम भण्डारीलाई पराजित गरेका थिए । वलीले २३ हजार ९ सय ७० मत प्राप्त गरेका थिए भने उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका बुद्धिराम भण्डारीले १७ हजार ५ सय ३६ मत पाएका थिए । 

नेकपा, कांग्रेस, राप्रपा, समाजवादीलगायत दलले उपनिर्वाचनको लागि सक्रियता बढाएका छन् । विशेष गरी ठूला २ दल नेकपा र कांग्रेसमा उम्मेदवारका आकांक्षी धेरै देखिएका छन् । नेकपाको तर्फबाट स्व. ओलीकी पत्नी विमला ओली, पुराना नेता शोभाराम बस्नेत, देवराज गिरी, हुकुम बस्नेत लगायतको नाम उम्मेदवारका लागि चर्चामा छ ।

नेकपा दाङका सभापति टीकाराम कँडेलले आफूहरू निर्वाचनको तयारी जुटेको बताए । ‘उत्तरकुमारको परिवार पनि निर्वाचनमा उठ्ने मनस्थिति देखाउनुभएको छ,’ कँडेलले भने, ‘हाम्रो चुनावी मुद्दा हो दाङ प्रदेशको राजधानी बन्नुपर्छ । हाम्रा मुख्यमन्त्रीले त्यो माग पूरा गर्नुपर्छ । दाङ राजधानी मुख्य चुनावी मुद्दा बन्नेछ ।’

कांग्रेसमा पनि आकांक्षीको पनि सूची लामो छ । कांग्रेस क्षेत्र नम्बर ४ का सभापति जगतबहादुर खड्का, महासमिति सदस्य खीमप्रसाद खराल, केशव आचार्य, जिल्ला सचिव शंकर डाँगी, टिका घर्ती, सुरेश हमाल, मदन रसिक, किरण शाह, गोविन्दबहादुर शाह आकांक्षी रहेको बताइन्छ । यद्यपि दुवै पार्टीले उम्मेदवारका बारेमा कुनै प्रतिक्रिया दिएको छैन । 

दाङमा हुने २ पदको निर्वाचनका लागि ३४ वटा मतदानस्थल तोकिएको छ । उपनिर्वाचन हुने प्रदेशसभा सदस्य ३(ख) मा ७० हजार ७ सय ८९ जनाले मतदात नामावली दर्ता गराएका छन् । घोराही उपमहानगर–१६ मा ४५ हजार ७१ जनाले मतदाता नामावली दर्ता गराएका छन् । कांग्रेस दाङका सभापति कृतिबहादुर खड्काले यस पटकको उपनिर्वाचन कांग्रेसले जित्ने दाबी गरे ।

‘अहिलेको दुईतिहाइको संघ र प्रदेशको सरकारले केही गर्न सकेन । दाङ प्रदेशका राजधानी बन्ने समेत सकेको छैन । दाङ राजधानी आवश्यक छ,’ खड्काले भने, ‘गएको निर्वाचनमा हाम्रो मत अन्तर कम छ । जनता सरकारबाट सन्तुष्ट छैनन् । हाम्रो पक्षमा माहोल बन्ने हाम्रो अपेक्षा छ ।’

चुनावको विषयमा छलफल र बहस शुरू भएको जानकारी दिँदै उनले समयमै उम्मेदवार सार्वजनिक गर्ने जानकारी दिए । ‘हामी औपचारिक अनौपचारिक छलफलमा जटेका छौं,’ उनले भने, ‘मिति घोषणासँग चुनावी सरगर्मी बढेको छ ।’

नेकपाका प्रदेश सचिव जगप्रसाद शर्माले नेकपा निर्वाचन र पार्टी एकताका क्रियाकलाप सञ्चालन गरिरहेको बताए । अहिले एकताको क्रियाकलाप बढाएको र निर्वाचन त्यसैसँगै जोडिएको उनको भनाइ छ । उम्मेदवारका आकांक्षीले भने पार्टीको आधिकारिक धारणा आएपछि मात्रै बोल्ने र निर्णयलाई मान्ने प्रतिक्रिया दिने गरेका छन् ।

२०७६ सालको उपनिर्वाचनमा झण्डै ५ लाख मतदाताले निर्वाचनमा भाग लिनेछन् । निर्वाचन आयोगका प्रवक्ता खरेल उपनिर्वाचनमा ४६ निर्वाचन अधिकृतको कार्यालय, १५४ वडामा निर्वाचन हुने बताए । ‘गएको निर्वाचनमा अहिले उपनिर्वाचन हुने क्षेत्रमा ४ लाख ३० हजार मतदाता थिए । अहिले मतदाता नामावली अध्यावधिक गर्दा झण्डै ५० हजार थप हुने हाम्रो अनुमान छ,’ उनले भने ।

hAMROPATRO BELOW NEWS
TATA Below
पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x