सचिवालय बैठक स्थगित गरेर नेकपाका अध्यक्षद्वय गहन परामर्शमा

साउन २९, २०७६

काठमाडौँ - पार्टी एकीकरणलाई पूर्णता दिने क्रममा विभागको नेतृत्व कसले लिने भन्ने विषयमा देखिएको विवाद हल गर्न सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षद्वय पुष्पकमल दाहाल 'प्रचण्ड' र केपी ओलीको छलफल चलिरहेको छ ।

पार्टीभित्र जिम्मेवारी बांडफांडमा देखिएको समस्या समस्या र समाधानका बारेमा प्रधानमन्त्री निवास बालुवाटारमा उक्त छलफल चलिरहेको प्रचण्ड निकट स्रोतले बतायो ।


ADVERTISEMENT

बुधवार बस्ने भनिएको सचिवालय बैठक अध्यक्षद्वयको सहमति नजुटेपछि बिहीवारसम्मका लागि स्थगित भएको थियो । बैठक स्थगित भएपछि अध्यक्षद्वय छलफलमा जुटेका हुन् ।

उपचारका लागि सिंगापुर गएका प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष ओली गत सोमवार नेपाल आएलगत्तै प्रचण्डसँग छलफलमा जुटिरहेका छन् । 

सिंगापुरबाट ओली फर्केपछि प्रचण्डसँग निरन्तर छलफल गरिरहे पनि विवाद सुल्झिएको थिएन ।

 

साउन २९, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस