एनआईसी एशिया रेमिटको चाडपर्व लक्षित उपहार योजना

साउन २९, २०७६

काठमाडौं – एनआईसी एशिया बैंकले ग्राहकको उल्लासमय सहभागिता र सुझावलाई मध्यनजर गर्दै एनआईसी एशिया रेमिटको चाडपर्व योजना सञ्चालनमा ल्याएको छ ।

योजनाअन्तर्गत अब एनआईसी एशिया रेमिटबाट नेपालभित्र एक पटक रकम पठाउँदा अर्को पटक सित्तैमा पठाउन पाउने व्यवस्था बैंकले गरेको छ ।


ADVERTISEMENT

बैंकले आगामी चाडपर्वको अवसरलाई ध्यानमा राख्दै समस्त ग्राहकलाई एक ठाउँबाट अर्काे ठाउँमा रकम पठाउँदा हरेक दोस्रो कारोबार सित्तैमा गर्न पाउने सुविधा प्रदान गरेको छ ।

विप्रेषण रकम बैंकका देशभर फैलिएको २९५ शाखा कार्यालयहरु, ५७ वटा एक्सटेन्सन काउण्टर, ४१ वटा शाखारहित बैंकिङ्ग इकाई एवं ९ हजारभन्दा बढी सहायक प्रतिनिधिहरुमार्फत् सरल र सुलभ रुपमा भुक्तानी पाउन सकिने छ । 

यो सुविधाबाट चाडपर्वको समयमा ग्राहक महानुभावहरुले रकम पठाउँदा उच्चतम् लाभ हुने र झन्झटरहित तरिकाबाट धेरै शाखा सञ्जाल भएको यस बैंकमार्फत् सजिलै रकम पठाउन र निकाल्न सकिने विश्वास बैंकले लिएको छ । यो योजना २०७६ साल भदौ १ देखि असोज ३० गतेसम्म लागू हुनेछ ।

बैंकलाई आमजनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंकप्रतिको भरोसाले गर्दा बैंकको मुलुकभर २९५ शाखा कार्यालयहरु, ३३५ एटिएम, ५७ वटा एक्स्टेन्सन काउण्टर एवं ४१ वटा शाखारहित बैंकिङमार्फत् बैंकिङ सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको छ । 

संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालना गर्दै आएको छ ।

साउन २९, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस