×

NMB BANK
NIC ASIA

थरुहट सम्मेलनमा आउने सहभागीलाई टीकापुरवासीले पुष्पगुछाले स्वागत गर्ने

साउन ३०, २०७६

NTC
Premier Steels

धनगढी - भदौ ७, ८ र ९ गते कैलालीको टीकापुरमा हुने थरुहट/थारुवान राष्ट्रिय सम्मेलनले टीकापुरबासी उत्साहित भएका छन् ।

Muktinath Bank

सम्मेलनको तयारी चलिरहेकै बेला टीकापुरबासीले नै सम्मेलनमा विभिन्न रचनात्मक कार्यक्रम तथा गतिविधि सञ्चालन गर्ने भएपछि उत्साह थपिदै गएको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

विहिबार टीकापुरमा सम्मेलन आयोजक समिति र स्थानीय संवाद समिति टीकापुरबीच भएको छलफल कार्यक्रममा सम्मेलनको अवधीमा सद्भाव रक्तदान कार्यक्रम, खानेपानी र पुुष्प गुछाले सहभागी हुन आउनेलाई स्वागत गर्ने, प्रतीकात्मक रुपमा थारुको घरमा पहाडी र पहाडीको घरमा थारु समुदायका मानिसलाई बसाउँने कार्यक्रम गरिने कार्यक्रम तय भएको थारु कल्याणकारिणी सभाकी केन्द्रीय सदस्य एंव नेतृ इन्दु थारुले जानकारी दिइन् ।


Advertisment
Nabil box
Kumari

संवाद समिति टीकापुुरका भैरव रावल, नेपाल रेडक्रस सोसाइटी टीकापुरका दमोदर पण्डित, स्थानीय बुद्धिजीवी भुवनेश्वर अधिकारीलगायतको अगुवाईमा भएको छलफल कार्यक्रममा स्थानीयहरुले टीकापुरको सामाजिक सद्भावलाई थप बलियो बनाउनमा प्रतिवद्ध हुनुको साथै निकै उत्साहित र संवेदनशिल भएको नेतृ थारुले बताइन् ।

Vianet communication

छलफल कार्यक्रममा स्थानीय राजनीतिक दल, संघ संस्थाका प्रतिनिधि, पत्रकार, बृद्धिजीवीलगायतको सहभागिता रहेको थियो । सम्मेलनको तयारी अन्तिम चरणमा पुुगेको बताउदै नेतृ थारुले स्थानीय राजनीतिक दल, बडघर/भलमन्सा, सुरक्षा निकायलगायत संगको छलफल तथा सहकार्य तीव्र पारेको पनि जानकारी गराइन् ।

थरुहट/थारुवान आन्दोलनकारी र प्रहरीबीच दोहोरो झडप हुँदा २०७२ भदौ ७ गते ८ सुरक्षाकर्मी र १ नाबालक गरी ९ जनाले ज्यान गुमाएका थिए ।

भोलिपल्ट भदौ ८ गते कफ्र्यु जारी भएकै अवस्थामा थारु समुदायका घर, पसल, एफएमलगायत ८८ वटा गरी करोडौंको संरचनामाथि आगजनि भएको गरिएको थियो ।

 संविधान लेखनकै क्रममा आफूहरूको माग नसमेटिएको असन्तुष्टि पोख्दै संविधान संशोधनको मागसहितको मुद्दा अघि सार्दै थरुहट÷थारुवान संघर्ष समितिले घटना घटेको अवधिभर आगामी भदौ ७, ८ र ९ गते टीकापुरमै राष्ट्रिय सम्मेलनको तयारी अगाडी बढाएको हो ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x