×

NMB BANK
NIC ASIA

हङकङको विरोध प्रदर्शन रोक्न चीनले कस्तो उपाय अपनाउँदैछ ?

भदौ ४, २०७६

NTC
Premier Steels

काठमाडौं – चीनले हङकङमा भइरहेको विरोध प्रदर्शन रोक्नका लागि तीन किसिमको रणनीति अंगीकार गरेको छ : प्रचारबाजी, आर्थिक शक्ति तथा धाकधम्की । 

Muktinath Bank

बेइजिङले प्रदर्शन रोक्नका लागि गरेको प्रयासको चर्चा गरौं । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

संकथन निर्माण
जुन महिनामा विरोध प्रदर्शन हुन थालेपछि चीनभित्र यसको चर्चा गर्न दिइएको थिएन, सामाजिक सञ्जालमा यसको चर्चामा प्रतिबन्ध लगाइएको थियो र सरकारी सञ्चारमाध्यममा यसलाई कुनै महत्त्व दिइएको थिएन । 


Advertisment
Nabil box
Kumari

तर हङकङमा अव्यवस्था बढ्दै गएपछि बेइजिङले आफ्नो पक्षमा संकथन मोड्नका लागि प्रयास थालेको थियो । 

Vianet communication

विरोधकर्ताहरूले दुई चिनियाँ नागरिकलाई जासूसी गरेको भन्दै आक्रमण गरेपछि विमानस्थलमा तनाव छाएको थियो । त्यसपछि बेइजिङले विरोधकर्ताहरूले आतंकवादीको जस्तो क्रियाकलाप गरेको आरोप लगाएको थियो । 

चीनको ‘ग्रेट फायरवाल’ मा फेसबूक र ट्विटरमा प्रतिबन्ध लगाइएको छ र सूचनामा नियन्त्रण राखिने गरेको छ । हङकङमा भइरहेको प्रदर्शनलाई हिंस्रक अनि देश अस्थिर बनाउनका लागि विदेशी लगानी गरेको रूपमा चित्रित गरिँदैछ । 

तर विरोधकर्ताहरूले हङकङमा चीनको प्रभावका विषयमा चिन्ता जनाएको भन्दा पनि उनीहरू निहित स्वार्थ भएका समूहका रूपमा प्रस्तुत गर्नुका पछाडि चिनियाँ जनतालाई खुशी पार्ने मात्र अभीष्ट हैन ।

सोमवार अमेरिकाका ठूला कम्पनीहरू ट्विटर र फेसबूकले चीनमा चलाइएको सामाजिक सञ्जाल अभियानमा जोडिएका अनि हङकङको विरोध प्रदर्शनको वैधतालाई अवमूल्यन गर्ने लगभग एक हजार अकाउन्ट बन्द गरेको जानकारी दिए ।

ट्विटरले थप दुई लाख अकाउन्टबाट कुनै हानि पुग्नुअघि तिनलाई बन्द गरेको बतायो । 

चिनियाँ राजदूतहरूले विश्वका टेलिभिजन नेटवर्कहरूमा विरोधकर्ताहरूको भर्त्सना गरेका छन् ।

पैसाको बल
संसारको दोस्रो सबभन्दा ठूलो अर्थतन्त्रले विरोधप्रतिको समर्थन घटाउनका लागि आर्थिक शक्ति समेत प्रयोग गरेको छ । यसले गर्दा आर्थिक केन्द्रका रूपमा हङकङमा कारोबार समस्यामा परेको छ । 

हङकङको एयरलाइन्स कम्पनस् क्याथे प्यासिफिकका २७ हजार कर्मचारीमध्ये केहीले विरोध जुलुसमा भाग लिएको वा समर्थन गरेको पाइएपछि चीनले कडा आलोचना गरेको थियो । 

चीनको उड्डयन विभागले विरोधको खुला समर्थन गर्ने कर्मचारीहरूलाई चिनियाँ मुख्यभूमि आउने वा चिनियाँ एयरस्पेस हुँदै उड्ने उडानमा काम गर्नबाट रोक्न आदेश दिएको छ । 

क्याथे प्यासिफिकको शेयर मूल्य ह्वात्तै घटेपछि उक्त एयरलाइनका सीईओले अघिल्लो शुक्रवार राजीनामा दिएका थिए । 

चीनको सामाजिक सञ्जालमा क्याथे प्यासिफिकलाई बहिष्कार गरौं भनेर अभियान नै चलाइएको थियो ।

विश्लेषकहरूका अनुसार, यो घटनाले हङकङका संस्थाहरूलाई निकै तर्साएको छ । अधिकांश संस्थाहरूको चीनसँग व्यापारिक सम्पर्क छ । 

ताइवानको एउटा चिया कम्पनी र लोकप्रिय जापानी पेयपदार्थले पनि अन्लाइन क्रोधको सामना गर्नुपरेको छ । अनि हङकङका कथित चार ठूला लेखा संस्थाहरूलाई विरोधका लागि बनाइएको विज्ञापनमा लगानी गर्ने कर्मचारीलाई नरोकेकोमा कारवाही गरिएको छ । 

बेइजिङले हङकङमा रहेका चीनपक्षधर धनाढ्यहरूलाई स्थानीय विचार नियन्त्रण गर्ने प्रयासमा खटाएको छ । 

सयौं चीनपक्षधर व्यापारी र सांसदहरूले खुलापत्र लेखेर क्यारी लाम सरकारको समर्थन गरेका छन् । उक्त खुलापत्र बेइजिङपक्षधर पत्रिकाको पहिलो पृष्ठमा छापिएको छ । 

धाकधम्की
हिंसा चर्किंदै जाँदा चीनको केन्द्र सरकारले दमनको धम्की दिएको छ । 

जुलाई महिनाको अन्त्यमा हङकङमा रहेको जनमुक्ति सेनाको टुकडीले एउटा भिडियो सार्वजनिक गरेर सैनिकहरूले दंगाविरोधी अभ्यास गरिरहेको देखाएको थियो । 

गत साता हजारौं चिनियाँ सैनिकहरूले रातो झण्डा फहराउँदै शेनझेन शहरको एक रंगशालामा परेड गरेका थिए । उक्त शहर हङकङको सीमापारि छ । 

पंक्तिबद्ध सशस्त्र सैनिकहरू उभिएको अनि देशभक्तियुक्त गीत बजेको भिडियो पनि सरकारी सञ्चारमाध्यममा देखिएको थियो । 

सैनिकहरू हङकङ सीमा नजिकै रहेको र कुनै पनि बेलामा परिचालित गरिने सन्देश चीनले दिन खोजेको छ ।

एजेन्सी
 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

कात्तिक २९, २०८०

हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...

कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x