असोज २४, २०८०
बुधबार गोलभेँडा ठुलो (भारतीय) को अधिकतम थोक मूल्य प्रतिकिलो ४० रुपैयाँ रहेको छ । यस्तै गोलभेँडा सानो (लोकल) को ४५ रुपैयाँ रहेको छ । यसैगरी आलु रातोको ६५, प्याज सुकेको (भारतीय) को ७५, काउली स्थानी...
काठमाडौं– सरकारले नेपालीहरुको महान चाड दशैं, तिहार र छठ पर्वलक्षित सहुलियत पसल सञ्चालनमा ल्याएको छ ।
उद्योग, वाणिज्य तथा आपुर्ति मन्त्रालयको सहकार्यमा साल्ट ट्रेडिङ, खाद्य व्यवस्था तथा व्यापार कम्पनी र दुग्ध विकास संस्था (डीडीसी)मार्फत सहुलियत मूल्य पसल सञ्चालनमा ल्याएको हो ।
चाडपर्वको अवसरमा उपभोक्तालाई सहुलियत दिने उद्देश्यसहित सरकारले सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको वाणिज्य सचिव बैकुण्ठ अर्यालले बताए । उनले सहुलियत मूल्य पसलले बजारमा हस्तक्षेप नभइ दशैं तिहारका बेलामा उपभोक्तालाई बजारको अवस्थाबारे जानकारी दिने बताए ।
‘यो सुपथ मूल्य पसल होइन, सुपथ मूल्य पसल सधैं सञचालनमा हुन्छन्’ उनले भने, ‘यो सहुलियत मूल्य पसल हो । यसले बजार हस्तक्षेप भन्दा पनि बजारमा सिग्नल दिन्छ । यो वस्तुको मूल्य यो हो है भनेर जानकारी दिन्छ ।’
सोमवारदेखि सञ्चालनमा आएका सहुलियत मूल्य पसल मुलुकभरि ७३ स्थानमा सञ्चालनमा आउने उनले बताए ।
साल्ट ट्रेडिङ कर्पोरेसनले काठमाडौं उपत्यकामा ११ वटा र उपत्यका बाहिर २४ वटा सहुलियत पसल सञ्चालनमा ल्याउनेछ । मुलुकभरि साल्ट्रेडिङका ३५ वटा पसल रहनेछन् । त्यस्तै खाद्य व्यवस्था तथा व्यापार कम्पनीले २३ वटा र डीडीसीले १५ वटा सहुलियत पसल सञ्चालनमा ल्याउने छन् ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनीले काठमाडौं उपत्यकामा ५ स्थानमा र उपत्यका बाहिर १८ स्थानमा पसल सञ्चालन गर्नेछ । त्यस्तै डिडिसीले काठमाडौं उपत्यकामा ४ स्थानमा र उपत्यका बाहिर ११ स्थानमा यस्ता पसल सञ्चालनमा ल्याउने छ ।
उपत्यकामा यस्ता पसलहरू कालीमाटी, कोटेश्वर, टेकु, रामशाह पथ, सतुंगल, ललितपुर, भक्तपुर लगायतका स्थानमा रहने उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जानकारी दिएको छ । सहुलियत पसलमा चिनीमा प्रतिकिलो ५ रुपैयाँ, नूनमा प्रतिकिलो २ रुपैयाँ, घिउमा प्रतिकिलो ५० रुपैयाँ, खसी बोकामा प्रतिकिलो १० रुपैयाँ छुट दिइने वाणिज्य आपुर्ति तथा उपभोक्ता हित संरक्षण विभागका महानिर्देशक योगेन्द्र गौचनले जानकारी दिए ।
खसी, बोका ढुवानीका लागि टेन्डर प्रक्रिया शुरू भएको गौचनले बताए । सुहलियत पसल आगामी १६ कार्तिकसम्म सञ्चालनमा रहने छन् ।
उपभोक्तालाई राहतः मन्त्री
यसैबीच उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृका प्रसाद यादवले सहुलियत मूल्य पसलले उपभोक्तालाई राहत मिल्ने बताएका छन् । सुपथ मूल्य पसलको उद्घाटन कार्यक्रममा सहुलियत मूल्य पसलको उद्घाटन कार्यक्रममा मन्त्री यादवले यस्तो बताएका हुन् ।
किसान र उपभोक्तालाई भगवान तथा व्यापारीलाई उजेली उच्चारण गरेका मन्त्री यादवले भगवान दुब्लाउँदै गएका र उजेली मोटाउँदै गएको बताए । ‘भगवान दुब्लाउँदै जाने र उजेली मोटाउँदै प्रचलन छ’ मन्त्री यादवले भने, ‘त्यस्तो नहोस् दशैं चाहिँ सबैको सुखद होस् ।’
यसअघि डीडीसीका आयोजना प्रमुख राजेन्द्र अधिकारीले डिडिसीको सुपथ मूल्य पसलबारे जानकारी दिँदै किसान र उपभोक्तालाई धन्यवनद दिएका थिए ।
किसान र उपभोक्ता भगवान भएको र दुवैको सहयोगले डिडिसीले सजिलै दुध पाउने तथा विक्री गर्न सहज भएको अधिकारीले बताए ।
सोही प्रसंग कोट्याउँदै मन्त्री यादवले उद्योगीलाई उजेलीको संज्ञा दिँदै भगवान दुब्लाउने र उजेली मोटाउने प्रचलनको अन्तको आपेक्षा गरिएको बताए ।
यस्तो छ साल्टट्रेडिङको मूल्य-
बुधबार गोलभेँडा ठुलो (भारतीय) को अधिकतम थोक मूल्य प्रतिकिलो ४० रुपैयाँ रहेको छ । यस्तै गोलभेँडा सानो (लोकल) को ४५ रुपैयाँ रहेको छ । यसैगरी आलु रातोको ६५, प्याज सुकेको (भारतीय) को ७५, काउली स्थानी...
काठमाडौँको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बुधबारका लागि कृषि उपजहरुको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठुलो नेपालीको अधिकतम मूल्य प्रतिकिलो ५० रुपैयाँ तोकेको ...
हुन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिको मुख्य कम्पनी लक्ष्मी ग्रुपको सहायक कम्पनी लक्ष्मी मोटर कर्पोरेसन (एलएमसी)ले 'हुन्डाई मोटर एसेम्बलिङ प्लान्ट' शुभारम्भ गरेक...
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शनिबारका लागि कृषि उपजहरुको थोक मूल्य निर्धारण गरेको छ । जसअनुसार गोलभेँडा ठुलो नेपालीको अधिकतम मूल्य प्रतिकिलो ८० रुपैयाँ कायम भएको छ भने गोलभेँडा...
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि कृषि उपजको थोक मूल्य निर्धारण गरेको छ । जसअनुसार तरुलको अधिकतम मूल्य प्रतिकिलो ५० रुपैयाँ तय भएको छ । यस्तै पिँडालुको ७०, सखर खण्डको ८० रुपैय...
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ । जसअनुसार गोलभेँडा ठुलो नेपालीको अधिकतम थोक मूल्य ५० र गोलभेँडा ठुलो भारतीयको ७० रुपैयाँ कायम...
नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...
निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...
जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...