×

NMB BANK
NIC ASIA

प्रतिनिधि र राष्ट्रिय सभा बैठक बस्दै, यस्ता छन् कार्यसूची

भदौ २६, २०७६

NTC
Premier Steels

काठमाडौं– संघीय संसदअन्तर्गतको प्रतिनिधि सभा बैठक आज (विहिवार) बस्दैछ । आजको बैठक दिउँसो १ बजे बस्ने संघीय संसदका महासचिव मनोहर प्रसाद भट्टराईले बताएका छन् । 

Muktinath Bank

आज बस्ने प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले “लोक सेवा आयोग विधेयक, २०७५ माथि विचार गरियोस्” भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यस्तै परराष्ट्रमन्त्री प्रदिपकुमार ज्ञवालीले “राष्ट्रपतिबाट सन्देश सहित फिर्ता भएको राहदानी विधेयक, २०७५ माथि पुर्नविचार गरियोस्” भनी प्रस्ताव प्रस्तुत गर्नेछन् ।


Advertisment
Nabil box
Kumari

छलफल पछि परराष्ट्रमन्त्री ज्ञवालीले “राष्ट्रपतिबाट सन्देश सहित फिर्ता भएका राहदानी विधेयक, २०७५ लाई पारित गरियोस्” भनी प्रस्ताव प्रस्तुत  गर्ने कार्यसूची रहेको छ  । 

Vianet communication

राष्ट्रिय सभा बैठक बस्दै

संघीय संसदअन्तर्गतको राष्ट्रिय सभा बैठक आज (विहिवार) बस्दै छ । आजको राष्ट्रिय सभा बैठक दिउँसो एक बजे बस्ने संघीय संसदका महासचिव मनोहरप्रसाद भट्टराईले बताएका छन् ।

आज बस्ने बैठकमा गृहमन्त्री राम बहादुर थापाले प्रतिनिधि सभाबाट सन्देश सहित प्राप्त “राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विधेयक, २०७६ माथि विचार गरियोस्” भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ । 

यस्तै, आजको बैठकमा माननीय सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल प्रसाद बाँस्कोटाले “विज्ञापन (नियमन गर्ने) विधेयक, २०७५ माथि प्रतिनिधि सभाबाट भएको संशोधन उपर विचार गरियोस्” भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।

महासचिव भट्टराईका अनुसार, आजको बैठकमा वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतले विधायन व्यवस्थापन समितिको प्रतिवेदन सहितको वातावरण संरक्षण विधेयक, २०७६ माथि सदनमा छलफल र पारितका लागि प्रस्ताव प्रस्तुत गर्नेछन् । 

त्यस्तै उनले विधायन व्यवस्थापन समितिको प्रतिवेदन सहितको वन विधेयक, २०७६ माथि सदनमा छलफल र पारितका लागि प्रस्ताव प्रस्तुत गर्नेछन् । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

x