×

NMB BANK
NIC ASIA

कांग्रेसको विरोधका कारण संसद्को दोस्रो बैठक पनि अवरुद्ध

भदौ २९, २०७६

NTC
फाइल तश्वीर
Premier Steels

काठमाडौं– बाँकेमा आफ्नो पार्टीका सभापति किरण कोइरालामाथि भएको आक्रमणमा संलग्नलाई कारवाहीको माग गर्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले विरोध जनाएपछि प्रतिनिधि सभाको बैठक सोमवार दिउँसो सम्मका लागि स्थगित भएको छ । 

Muktinath Bank

आइतवार बसेको प्रतिनिधि सभाको दोस्रो बैठक शुरू हुनासाथ कांग्रेस सांसदहरूले उभिएर विरोध जनाएका थिए । त्यसअघि आइतवार बसेको पहिलो बैठकमा गृहमन्त्री रामबहादुर थापा बादलले बाँकेमा कांग्रेसको कार्यक्रममाथि विरोध गर्ने तीन जनालाई प्रहरीले नियन्त्रणमा लिइसकेको र दोषीमाथि कारवाही गर्ने प्रतिबद्धता जनाएका थिए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

गृहमन्त्रीको जवाफ चित्तबुझ्दो नभएको भन्दै कांग्रेस सांसदहरूले किटानी जाहेरी दिएका नेकपा कार्यकर्तालाई पक्राउ गरेर दोषीमाथि कारवाही नथाल्दासम्म संसद चल्न नदिने बताएका थिए । त्यसपछि सभामुख कृष्णबहादुर महराले १० मिनेटका लागि संसदको बैठक स्थगित गरेका थिए । 


Advertisment
Nabil box
Kumari

दुई घण्टापछि अपराह्न बसेको बैठकमा पनि कांग्रेस सांसदहरू उभिएर विरोध जनाएपछि सभामुख महराले संसद्को बैठक सोमवार दिउँसो ३ बजे सम्मका लागि स्थगित गरेका छन् ।

Vianet communication

कांग्रेसले शुरू गरेको दोस्रो चरणको जनजागरण कार्यक्रमअन्तर्गत २६ गते बाँकेको खजुरामा आयोजित कार्यक्रममा नेकपाका कार्यकर्ताले आक्रमण गर्दा कांग्रेसकी जिल्ला सभापति कोइरालाको हात भाँचिएको छ । 

नेकपा सरकारले सर्वसत्तावाद लागू गर्न खोजेको भन्दै कांग्रेसले बाँके घटनाका दोषीमाथि कारवाही नभएसम्म संसद चल्न नदिने बताएको छ । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x