×

NMB BANK
NIC ASIA

नियमकानून कागजमै सीमित

कर्णालीका ‘अबुझ’ मन्त्री र सांसद : पोशाक अनुशासन बुझ्दैनन्, कारवाही हुँदैन !

असोज ९, २०७६

NTC
Premier Steels

सुर्खेत – कर्णाली प्रदेशसभा सांसदले पोशाक लगाउनुपर्ने नियम बनाए तर त्यो नियम आफैं पालन गर्दैनन् ।

Muktinath Bank

प्रदेश सभाले अनुमोदन गरेको संसद नियमावलीमा पोशाक लगाउनुपर्ने प्रस्ट उल्लेख छ तर सांसद ‘हाफ टिसर्ट’ लगाएर सदनमा आउँछन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नियमावलीमा सांसदलाई आकाशे निलो रंगको कोट अनिवार्य गरिएको छ । महिलाको हकमा कोट र सारी तथा पुरुषको हकमा दौरा सुरुवाल लगाउने व्यवस्था छ । 


Advertisment
Nabil box
Kumari

असोज ८ गते दिउँसो साढे ३ बजेको बैठकमा ३१ जना उपस्थित भए । सभामुखसहित ४० सदस्यीय प्रदेश सभामा ३१ जनाको सहभागिता रहँदा २४ जना सांसद गैरपोशाकमा सदनमा उपस्थित भए ।

Vianet communication

बैठकमा प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वाला मात्रै दौरा सुरुवालमा उपस्थित भए । सरकारका आन्तरिक मामिला तथा कानून मन्त्री नरेश भण्डारी, उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री नन्दसिंह बुढा, सामाजिक विकास मन्त्री दल रावल सरकारले तोकेको पोशाकमा थिएनन् । भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विमला केसी कोट र सारीमा आएपनि उनले पनि तोकिएको पोशाक प्रयोग गरिनन् ।

प्रमुख प्रतिपक्षी दलका नेता जीवनबहादुर शाही पनि पोशाकमा थिएनन् । नेकपाका प्रभावशाली नेता यामलाल कँडेल ‘हाफ टिसर्ट’ लगाएर सदनको पहिलो रोमा बसे । नेकपाका सचेतक सीता नेपाली पोशाकमा भएपनि नेपाली कांग्रेसका सचेतक हिमबहादुर शाही गैरपोशाकमा थिए ।

संसदमा रहेका ४ वटा संसदीय समितिका अध्यक्षमध्ये पदमबहादुर रोकाया मात्रै सदनको पोशाकमा उपस्थित भए । अन्य राजु नेपाली, दीनबन्धु श्रेष्ठ र अम्मरबहादुर थापा गैरपोशाकमै सदनमा उपस्थित भए ।

बैठकमा नियमित रुपमा सदनले तोकेको पोशाकमा आउने सांसद हुन् पदमा खड्का, कृष्णा शाह । संसदले पोशाकबारे डेढ वर्षअघि नै निर्णय गरेको थियो । संसदले निर्णय गरेको केही दिन नियमित रुपमा पोशाकमा देखिएका सांसद पछिल्लो समय पोशाक अनुशासन मिच्दै आएका छन् ।

सदनमा उपस्थित सांसद सोशिला शाही, कौशिल्यावती खत्री, गोपाल शर्मा, वीरबहादुर शाही, रातो कामी, देवी ओली, धर्मराज रेग्मी, चन्द्रबहादुर शाही, दानसिंह परियार, झोवा विक, यज्ञबहादुर विसी, कुर्मराज शाही लगायतले तोकिएको पोशाक लगाएनन् ।

पोशाक अनुशासन किन मान्दैनन् सांसद ?

सांसद अम्मर थापा सबैभन्दा पहिले नेताले नै कानूनको पालना गर्नुपर्ने बताउँछन् । ‘नेताहरूलाई हामीले बारम्बार पोशाक लगाउन भनेकै हौं,’ उनले भने, ‘मैले शुरूशुरूमा पोशाक लगाएकै हो । नेताले जे मन लाग्यो त्यही लगाउने, हामीले मात्रै लगाउनुपर्ने कहाँ लेखेको छ र ? कार्टुन बन्नको लागि किन दौरा सुरुवाल लगाउने ?’

अर्का प्रदेशसभा सदस्य चन्द्रबहादुर शाहीले संसदीय दलका हिजोका नेताद्वय महेन्द्रबहादुर शाही, यामलाल कँडेलले नै संसद नियमावली पालना नगरेको बताए । ‘हिजोका संसदीय दलका नेता, आजका संसदीय दलका नेता, दलका प्रमुख सचेतक, सचेतकले नै टोपी लगाउँदैनन्, कटनका पाइन्ट तथा हाफ सर्टमा सदन आउने गरेका छन्,’ उनी भन्छन्, ‘नीति बनाउने तहको नेतृत्वकर्ताले नै पालना नगरेपछि हामीले किन गर्ने ? हामी त दोस्रो दर्जाको सांसद हौं त ।’ उनले नेतृत्वकर्ताले ह्वीप लगाएको खण्डमा पोशाक लगाउन तयार रहेको बताए ।

कारवाही गर्न सक्दैनन् सभामुख

कर्णाली प्रदेशका सभामुख राजबहादुर शाही सबैले पोशाक लगाए राम्रो हुने बताउँछन् । ‘हामीले पोशाक तयार गरिसकेका छौं,’ उनले भने, ‘स्पेसल कार्यक्रम बाहेकमा पनि सांसदले पोशाक लगाएको खण्डमा त्यसले राम्रो सन्देश जाने थियो ।’

सभामुख शाहीले संसद नियमावलीमा पोशाक नलगाए कारवाही हुने भन्ने कुनै प्रावधान नरहेको बताए । ‘उहाँहरूलाई पोशाक लगाउन रुलिङ गर्ने, उत्प्रेरित गर्ने काम गर्छौं,’ उनले भने, ‘उहाँहरू आफैंले बुझ्ने कुरा हो ।’ तर सांसदहरूले आफैं बुझ्ने गरेका छैनन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x